१४ भाद्र २०८३, आईतवार

बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलर सहायता उपलब्ध गराउने

कोलोराडोखबर संवाददाता , August 30th, 2026

नेपाल । अमेरिकी सरकारले नेपालका बाढीपीडित नागरिकहरूका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको अतिरिक्त मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयले शनिबार एक आधिकारिक प्रेस विज्ञप्ति जारी गर्दै नेपालका बाढीपीडित जनताको यस कठिन र दुःखद घडीमा संयुक्त राज्य अमेरिकाले सदैव साथ दिने प्रतिबद्धता व्यक्त गर्दै उक्त जीवनरक्षक मानवीय सहायता प्रदान गर्ने जनाएको हो।

जारी विज्ञप्तिमा उल्लेख भएअनुसार प्राप्त हुने सोही सहायता रकममार्फत आगामी तीन महिनासम्मका लागि १० हजार बाढीपीडित परिवार तथा व्यक्तिहरूलाई अत्यावश्यक खाद्य सामग्रीहरू उपलब्ध गराइनेछ ।

यस कठिन परिस्थितिमा आएको अमेरिकी सहयोगले नेपालका बाढी प्रभावित क्षेत्रका नागरिकहरूको राहत तथा खाद्य सुरक्षाका लागि ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्