नेपालमा लगानी गर्न एनआरएनए उत्साहित, कानुनी झन्झट र सुरक्षा मुख्य चुनौती
ग्वाङ्झाउ (चीन) । नेपालमा लगानी गर्न आफूहरू सधैँ उत्साही रहेको तर लगानी गर्दा मुख्य रूपमा दुई वटा समस्या औँल्याइएको छ । चीनको ग्वाङ्झाउमा चलिरहेको ११औँ एसिया प्यासिफिक सम्मेलनमा उपस्थित सहभागीहरुले यस्तो साझा चिन्ता व्यक्त गर्नुभएको हो।
एसिया प्यासिफिक क्षेत्रदेखि अमेरिका र युरोपसम्म फैलिएका नेपालीहरू नेपालमै केही गर्न चाहने तर त्यहाँ लगानी गर्दा भोग्नुपर्ने झन्झटिलो कानुनी प्रक्रिया र सुरक्षा चिन्ताले मुख्य रूपमा सताउने गरेको बताउनुभएको छ।
एनआरएनएका पूर्वअध्यक्ष एवं कोरियालाई कार्यक्षेत्र बनाई सफल व्यवसाय गरिरहनुभएका विनोद कुँवरले नेपालमा काम कम गर्ने अनि गफ बढी गर्ने प्रवृत्ति पनि समस्या भएको बताउनुभयो। उहाँले नेपालमा कानुनी प्रक्रिया पनि झन्झटिलो र लामो समयसम्म अल्झनुपर्ने भएकाले लगानीकर्ता निरुत्साहित हुने बताउनुभयो।
‘मैले नेपाल र कोरिया दुवै देशमा बराबर लगानी गरिरहेको छु । नेपालमा ...








