३ आश्विन २०८३, शनिबार

अन्तराष्ट्रिय/प्रवास

माल्टामा यूरोप क्षेत्रीय सम्मेलनः सरकार एनआरएनएको सम्बन्धमा स्पष्ट छ-उद्योगमन्त्री

माल्टामा यूरोप क्षेत्रीय सम्मेलनः सरकार एनआरएनएको सम्बन्धमा स्पष्ट छ-उद्योगमन्त्री

अमेरिका । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गैरआवासीय नेपाली संघको विषयमा सरकारमा कुनै दुविधा नरहेको स्पष्ट पार्नुभएको छ । यूरोपेली मुलुक माल्टामा आयोजित गैरआवासीय नेपाली संघको १६ औँ यूरोप क्षेत्रीय सम्मेलनलाई शुक्रबार साँझ सम्बोधन गर्दै संस्थाका विषयमा विभिन्न कोणबाट विचार आए पनि नेपाल सरकार वर्तमान कार्यसमितिको पक्षमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल सरकार, परराष्ट्र मन्त्रालयमा विभिन्न कोणबाट विषय प्रवेश भएका छन् । यही संस्थाले अस्ती थाइल्याण्ड र कम्बोडियामा आयोजना गरेको कार्यक्रममा नेपाल सरकारको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सहभागी हुनुभएको थियो । म, नेपाल सरकारकै प्रतिनिधित्व गरेर कार्यक्रममा आएको छु, यति भएपछि यो स्पष्ट छ कि सरकारको बुझाइमा कुनै दुविधा छैन ।“ उहाँले आफ्नो अस्तित्वको लडाइँको रूपमा नलिएर गैरआवासीय नेपाली संघको आन्तरिक...
नेजाद्वारा अमेरिकाको टेक्सासमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम आयोजना

नेजाद्वारा अमेरिकाको टेक्सासमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम आयोजना

अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा) द्वारा मार्च २९, २०२५, सोमबार टेक्सासको ड्यालसस्थित युलेसमा आयोजित स्वागत एवम् अन्तरक्रिया आयोजना गरिएको छ । कार्यक्रममा विशेष अतिथिको रूपमा नेपाल पत्रकार महासंघका उपाध्यक्ष नितु पण्डित एवम् गण्डकी प्रदेश सरकारका प्रेस रजिस्ट्रार बिमला भण्डारीको उपस्थिति थियो । यसैगरी कार्यक्रममा एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, उपाध्यक्ष भानु खरेल, कोषाध्यक्ष सरोज सिग्देल, एभरेस्ट फेडरल क्रेडिट युनियनका पूर्वअध्यक्ष मोहन ज्ञवाली, नेपाली सोसाइटी टेक्सासका महासचिव विजय भुसालको उपस्थिति थियो । सामाजिक अभियन्ताहरू केशव लामिछाने, भुवन अधिकारी, विवेक कँडेल, कृष्ण कुसुम, लक्ष्मी भट्ट, हेमा पौडेल, सोबिका खनाल, कृतिका तिमल्सिना, क्षितिज महत, पत्रकारहरू नारायण पुरी, रामचन्द्र भट्ट, लेखनाथ गौतम, मनोज जोशी, शिव शर्मा, अर्जुन बिष्ट, सुदीप सिवाकोटी, प्रदीप ...
एनआरएनएको १६औं यूरोप क्षेत्रीय सम्मेलन माल्टामा हुँदै

एनआरएनएको १६औं यूरोप क्षेत्रीय सम्मेलन माल्टामा हुँदै

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १६ औं यूरोप क्षेत्रीय सम्मेलन मार्च २८ देखि ३० सम्म माल्टाको एक्स ओडिवाइसी होटलमा आयोजना हुँदैछ । गैरआवासीय नेपाली संघका माल्टाको अध्यक्ष रेम्स खनालका अनुसार सम्मेलनमा भाग लिन आउने प्रतिनिधिहरु माल्टा पुगिसकेका छन् । सम्मेलन एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को मुख्य आयोजना तथा यूरोप क्षेत्र र एनसीसी माल्टाद्वारा होस्ट गरिएको हो । सम्मेलनमा उद्योग मन्त्री दामोदर भण्डारीको प्रमुख अतिथिको रूपमा रहनेछन् । लगानी बोर्डका प्रतिनिधि हिमाल चन्द्र अर्याल, गैरआवासीय नेपाली संघका अध्यक्ष डा। बद्री केसी, राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरू, नेपाल लगानी बोर्डका प्रतिनिधि, नेपाल सरकारका विभिन्न निकायका अधिकारीहरू, उद्योगी–व्यवसायी, सञ्चारकर्मी तथा यूरोप र विश्वभरका ३०० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । नेपालमा लगानी, एकता र समृद...
जय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्ने

जय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्ने

अमेरिका । जय नेपाल इन्टरनेशनल फाउन्डेसन- ग्लोबल युथ नेटवर्कले अप्रिल १२, २०२५ मा नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ । कार्यक्रम नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाको प्रमुख आतिथ्यतामा हुन् लागेको जय नेपाल इन्टरनेशनल फाउन्डेसन–ग्लोबल युथ नेटवर्कका अध्यक्ष मदनराज पौडेलले जानकारी दिनु भयो । मानवअधिकार, वाक स्वतन्त्रता तथा प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास राख्नेहरूको नेटवर्कमार्फत आफू रहेको समुदाय र नेपालको विकासमा समेत सहभागिता बढाउने उद्देश्यले फाउन्डेसनको स्थापना भएको छ । यो संस्थाले विश्व भरिका युवाहरूको सञ्जाल ‘ग्लोबल युथ नेटवर्क’, महिलाहरूको ग्लोबल वुमेन नेटवर्क, सञ्चारकर्मीहरूको ग्लोबल मिडिया नेटवर्क, विज्ञहरूको ग्लोबल नलेज नेटवर्क र खेलाडीहरूको ग्लोबल स्पोर्ट नेटवर्कमार्फत विभिन्न कार्यक्रम आयोजना गर्दछ । संस्थाको अन्तर्राष्ट्रिय अध्यक्षम...
थाइल्यान्डकी प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्राले पाइन विश्वासको मत

थाइल्यान्डकी प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्राले पाइन विश्वासको मत

अमेरिका । थाइल्यान्डकी प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्राले संसदमा विश्वासको मत प्राप्त गर्नुभएको छ । संसदमा विपक्षी दलहरूले उहाँमाथि उहाँका अर्बपति पिता एवं पूर्वप्रधानमन्त्री थाकसिन सिनावात्राको कठपुतली भएको आरोप लगाएका थिए । दुई दिनसम्म चलेको चर्को बहसपछि अविश्वास प्रस्तावमा सांसदहरूले सात अनुपस्थितिका साथ एक सय ६२ का विरूद्ध तीन सय १९ मतले विश्वासको पक्षमा मतदान गरेका थिए । विपक्षीले ३८ वर्षीया पेटोङटार्नको देशको व्यवस्थापन र उहाँको अनुभवहीनतामाथि आक्रमण गरेको थियो । आधुनिक थाई राजनीतिका सबैभन्दा प्रभावशाली तर विवादास्पद नेता थाकसिन १५ वर्षको स्व–निर्वासनपछि सन् २०२३ मा देश फर्किनुभएको थियो । उहाँले ऐतिहासिक भ्रष्टाचार र शक्तिको दुरुपयोगको आरोपमा प्रहरी अस्पतालमा आठ वर्षको जेल सजायको केही महिना बिताउनुभएपछि राजाद्वारा क्षमादान पाउनुभयो ।...
६०औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवस तथा काउन्सिल मिटिङ सम्पन्न

६०औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवस तथा काउन्सिल मिटिङ सम्पन्न

अमेरिका । जातीय विभेद विरुद्ध विश्व मञ्च (ग्लोबल फोरम) को आयोजनामा मार्च २२, २०२५ का दिन भर्चुअल माध्यमबाट ६०औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवस तथा काउन्सिल मिटिङ सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पदम विश्वकर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा एनआरएन आइसीसीका अध्यक्ष डा. बद्री के.सी., विशेष अतिथि एनआरएन अमेरिकाका अध्यक्ष डा. अर्जुन बन्जाडे, ग्लोवल फोरमका सल्लाहकारहरू डा. मानबहादुर बिके, डा. द्रोण रसाली, डा. बिष्णुमाया परियार, डा. निर्मल विश्वकर्मा, आइसीडिआरका अध्यक्ष डिवी सागर, डिएनफका पूर्व अध्यक्ष भक्त विश्वकर्माले मार्च २१ को सन्दर्भ, वर्तमान अवस्था र कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए । प्रमुख अतिथि के.सी. र विशेष अतिथि बन्जाडेले दलित समुदायको हकहितका निम्ति आवश्यक पहल गर्ने, दलित समुदायका सदस्यहरूलाई आवश्यकरूपमा समावेश गर्दै जानेमा जोड ...
अष्ट्रेलियाको राजधानी क्यानबेरामा ‘नेपाल महोत्सव-२०२५’ सम्पन्न

अष्ट्रेलियाको राजधानी क्यानबेरामा ‘नेपाल महोत्सव-२०२५’ सम्पन्न

अमेरिका । अष्ट्रेलियाको राजधानी क्यानबेरामा आयोजित ‘नेपाल महोत्सव–२०२५’ सफलताका साथ सम्पन्न भएको छ । नेपाली कला संस्कृति, नेपाली पहिरन, खानाको परिकार र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखी क्यानबेरामा आयोजित महोत्सवले राजधानी नेपालमय बनेको थियो । कमनवेल्थ पार्कमा आयोजित महोत्सवअन्तर्गत क्यान्बेराको सिभिकको गरिमा प्लेसबाट बिहान साढे दश बजेदेखि सुरु भएको प्रभातफेरी नगर परिक्रमा गरी कमन्वेल्थ पार्कको स्टेज ८८ मा पुगेर टुङ्गिएको थियो । पञ्चेबाजासहित निस्किएको प्रभातफेरीमा लाखे नाच र कुमारी नाच प्रस्तुत गरिएको थियो । सो अवसरमा अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवलगायत अष्ट्रेलियामा रहेका विभिन्न नेपाली सङ्घसंस्था, स्थानीय अष्ट्रेलियालीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो । त्यसैगरी राजदूत यादवको प्रमुख आतिथ्यमा भएको औपचारिक कार्यक्रममा अष्ट्रेलियाली सरकारका अर्थमन्त्री केटी गा...
एमसिसी अगाडि बढाउन अनुमति !

एमसिसी अगाडि बढाउन अनुमति !

नेपाल ।अमेरिकाको सरकारले एमसीसी नेपाल कम्प्याक्ट सम्झौता अन्तर्गतका केही कार्यक्रम अघि बढाउन अनुमति दिएको छ । तर उक्त अनुमतिले ट्रम्प प्रशासनले नेपालले अमेरिकाबाट कम्प्याक्ट अन्तर्गत पाएको अनुदानको समीक्षाबाट ‘निस्कने कुनै निश्चित परिणामप्रति सङ्केत नगर्ने’ एमसीए नेपालले आफ्नो वेबसाइटमा जनाएको छ। फेब्रुअरीमा अमेरिकी सरकारले एमसीसी अन्तर्गत नेपालले पाएको अनुदान अन्तर्गतका भुक्तानी समीक्षाका लागि ९० दिनका स्थगित गरिएको जानकारी नेपाल सरकारलाई दिएको थियो । –बीबीसीबाट ।...
अमेरिकाका लागि नेपालका राजदूत रेग्मीले साढे ४ महिनापछि सम्हाले कार्यभार

अमेरिकाका लागि नेपालका राजदूत रेग्मीले साढे ४ महिनापछि सम्हाले कार्यभार

अमेरिका । अमेरिकाका लागि नेपालका नवनियुक्त राजदूत लोकदर्शन रेग्मीले शुक्रबारदेखि कार्यभार सम्हालेका छन् । राजदूत नियुक्त भएको चार साढे ४ महिनापछि मात्रै अमेरिकाको राजधानी वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासको कार्यालय पुगेर उनले आफ्नो कार्यभार सम्हालेका हुन् । उनलाई नेपाल सरकारको मन्त्रिपरिषद्ले श्रावण १४, २०८१ मा अमेरिकाको राजदूतका लागि सिफारिस गरेको थियो  भने उक्त सिफारिसलाई संसदीय सुनुवाइ समितिले भदौ २७, २०८१ मा अनुमोदन गरेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले कात्तिक २५, २०८१ मा उनलाई राजदूत नियुक्त गरेका थिए ।...
एनआरएनएको १०औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन ‘संगम’ सम्पन्न, यी हुन १० निश्कर्ष

एनआरएनएको १०औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन ‘संगम’ सम्पन्न, यी हुन १० निश्कर्ष

अमेरिका । गैरआवासीय नेपाली संघको १०औँ एसिया (प्रशान्त क्षेत्रीय सम्मेलन) 'संगम' २०२५ मार्च १८ देखि १९ सम्म कम्बोडियाको राजधानी नोम पेन्हमा “संगम–एकता” भन्ने नाराका साथ भव्य रूपमा सम्पन्न भयो । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यता र कम्बोडियाका परराष्ट्र राज्य मन्त्री डा यून केहाङ, पूर्व कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरि, पूर्व मन्त्री एकनाथ ढकाल, लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी सहितको उपस्थितिमा सम्मेलन सम्पन्न भयो । सम्मेलनमा ३० देशका तीन सय भन्दा बढी प्रतिनिधिहरूको भौतिक तथा भर्चुअल सहभागिता रहेको थियो। सम्मेलनमा विभिन्न महत्त्वपूर्ण मुद्दामा छलफल गरियो। विशेषतः सम्मेलनले नीति सुधार र संसदीय योगदानका माध्यमबाट एनआरएनए–पीएनओका समस्याहरू समाधान गर्दै नेपालको आप्रवासी समुदायको संलग्नता बढ...