आगामी नीति तथा कार्यक्रमका लागि नेपाल सरकारलाई एनआरएनएद्वारा सुझाव पेश
अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीले आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट, नीति तथा कार्यक्रममा आफ्नो सुझाव पेश गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलय सिंहदरबारमा आयोजित कार्यक्रममा संघको तर्फबाट अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपालीहरुको लगानीहरुलाई सुनिश्चित गर्न र समृद्ध नेपालको अभियानमा विदेशमा रहेका नेपालीहरुलाई समेत सहभागी गराउनका लागि आगामी वर्ष २०८१/८२ को वार्षिक बजेट, नीति तथा कार्यक्रममा संघको तर्फबाट पेश गरिएका विषयहरु पनि समेट्न आग्रह गर्नुभएको हो ।
गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन, मताधिकार, लगानी प्रवर्दन लगायतका विषयहरुलाई समेट्न भनिएको छ । संघले गैरआवासीय नेपाली नागरिकता ग्रहण गरेका ब्यक्तिहरुलाई यसै आर्थिक वर्षबाट राष्ट्रिय परिचयपत्रको व्यवस्था सहितको कानूनी प्रावधानमा समेट्न, यसै आर्थिक वर्षदेखि विदेशमा रहेका गैरआवासीय नेपालीलाई...








