एनआरएनए अमेरिकाको महासचिव पदमा आरसी पन्तद्वारा उम्मेदवारी घोषणा
कोलोराडो । एनआरएनए एनसीसी अमेरिका (२०२५–२०२७) कार्यकालका लागि कोलोराडो निवासी रामचन्द्र (आरसी) पन्तले महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
पन्तले यसअघि एनआरएनए कोलोराडो च्याप्टरको सचिव, उपाध्यक्ष हुँदै सन् २०२१–२०२३ मा अध्यक्ष पदमा रहेर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
नेपालमा गोरखा घर भएका पन्त सन् २००६ देखि अमेरिकाको कोलोराडोमा बस्दै आएका छन् । एमबिए उत्तीर्ण गरेका उनी हाल सरकारी सेवामा आबद्ध छन् । उनी क्यापिटल एसेस्ट, ग्राण्ट रिपोर्टिङ र फाइनान्सियल रिपोर्टिङमा दख्खल राख्छन् ।
कोलोराडो क्षेत्रका विभिन्न सामाजिक संघसंस्थामा आबद्ध उनी युवाहरुबीच चिरपरिचित छन् । उनीसंग एनआरएनए आईसीसी र एनसीसीका विभिन्न कमिटीसँग कार्य गरेको अनुभव छ ।
पन्तका यस्ता छन् प्रतिबद्धता
-म निर्वाचित भएको खण्डमा मेरो नेत्तृवमा चुनाव लगत्तै हुने पहिलो वार्षिक साधारण सभा (AGM) बाटै पारदर...









