एनआरएनए र आईएलओबीच आप्रवासी श्रमिकहरूको क्षमता विकासका सहकार्य गर्ने सहमति
नेपाल । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र गैर–आवासीय नेपाली संघ (एनआरएनए) बीच नेपाली आप्रवासी श्रमिकहरूको क्षमता विकास, आप्रवासनसम्बन्धी नीतिगत पैरवी तथा मानसिक स्वास्थ्यलगायतका क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ ।
मंगलबार नेपालका लागि आईएलओका नेपाल कार्यालयका निर्देशक नुमान ओजकान र एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. बद्री केसीद्वारा काठमाडौंस्थित संघको कार्यालयमा सहमतिपत्रमा हस्ताक्षर गरिएको हो । यस परियोजनाका लागि आईएलओले संघलाई आर्थिक सहयोग गर्नेछ र यो करिव ९ महिनासम्म सञ्चालन हुनेछ ।
स्मरणीय छ, कोभिड–१९ महामारीका कारण प्रभावित आप्रवासी श्रमिकहरूको सहयोग तथा उद्धारका लागि आईएलओले संघलाई १० करोड रुपैयाँ सहयोग गरेको थियो। संघले कोभिडको समयमा गरेको कार्यको सकारात्मक मूल्याङ्कनका आधारमा नयाँ परियोजना अघि सारिएको हो ।
आप्रवासी श्रमिकको समस्या जटिल र गम्भीर भएकाले संघ...









