अष्ट्रेलियाको सिड्नीमा भानु जयन्तीमा अनेसासको कविता महोत्सव
अमेरिका । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यू साउथ वेल्स च्याप्टरले २१२औँ भानु जयन्तीका अवसरमा अष्ट्रेलियाको सिड्नीमा ‘अनेसास कविता महोत्सव, २०२५’ आयोजना गरेको छ ।
सिड्नीको प्रिशा इभेन्ट, ब्ल्याकटाउनमा कविता महोत्सव सम्पन्न भएको अनेसासका अध्यक्ष डा प्रकाश पौडेलले जानकारी दिनुभयो ।
महोत्सवको सुरुआतमा आदिकवि भानुभक्तप्रति श्रद्धासुमन व्यक्त गर्दै दमन्ती पराजुलीले भानुभक्तले रचना गर्नुभएको कविता वाचन गर्नुभएको थियो । महोत्सवमा विशेष अतिथिहरु वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, कवि एवं साहित्यिक सर्जकहरु जीवराज घिमिरे, त्रिपुरा पौडेललगायतले कविता वाचन गर्नुभएको थियो ।
साथै महेन्द्र पौडेल, सानु घिमिरे, निस्प्रभ सजी, जितेन्द्र मल्ल, महेश्वर शर्मा, सौरभ किरण श्रेष्ठ, प्रज्ञा पनेरु, सुरेन्द्र दवाडी, प्रकाश पन्थी, ऋचा गौतम, जानकी पौडेल, सन्तोष शर्मा, डा गणेश केसी, सुमन थापा सङ्गम, मुक्त...








