शान्तिपूर्ण प्रदर्शनमा भएको हिंसात्मक घटना दुखद्; एनआरएनए आईसीसी
प्रेस विज्ञप्ति
भ्रष्टाचारको विरोध, सुशासनको माग र फेसबुक, एक्स, युट्युब लगायतका सामाजिक सञ्जालहरूमा लगाइएको प्रतिबन्ध विरुद्ध ‘जेनजी’ पुस्ताको आह्वानमा २०२५ सेप्टेम्बर ८ तारिखमा काठमाडौँसहित देशका विभिन्न सहरहरूमा आयोजना गरिएको शान्तिपूर्ण प्रदर्शन र सो क्रममा भएको हिंसात्मक घटनाप्रति गैरआवासीय नेपाली संघ गहिरो दुख प्रकट गर्दछ ।
प्रहरीले चलाएको गोलीका कारण हालसम्म १९ जनाको मृत्यु भएको र ३४७ जना व्यक्ति घाइते भएका खबरहरूले गम्भीर चिन्ता उत्पन्न गरेको छ। संघ मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ।
लोकतान्त्रिक मुलुकका हरेक नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण रुपमा आफ्ना विचार राख्ने संवैधानिक अधिकार प्रत्याभूत हुन्छ । यसर्थ गैरआवासीय नेपाली संघ घाइतेहरुको निशुल्क उपचार गर्न, मृतकका परिवारलाई अविलम्ब राहत तथा क्षतिपूर्ति उपलब्ध...






