२ आश्विन २०८३, शुक्रबार

अन्तराष्ट्रिय/प्रवास

टेक्सासमा मेक्सिकन विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु

टेक्सासमा मेक्सिकन विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अमेरिका । अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ–सेनाको चिकित्सा सामाग्री बोकेको विमान दुर्घटना ग्रस्त भएपछि कम्तिमा पाँच जनाको मृत्यु भएको सेनाले जनाएको छ । मानवीय अभियानमा रहेको विमानमा आठ जना यात्रु सवार रहेको मेक्सिकोको सेना सचिवालयले एक विज्ञप्तिमार्फत जनाएको छ । सुरुवाती समयमा दुर्घटनामा दुई जनाको मृत्यु भएको रिपोर्ट गरिएकोमा हाल मृतकको सङ्ख्या बढेर पाँच जना पुगेको जनाइएको छ भने दुर्घटनाबाट दुई जना यात्रु बाच्न सफल भएको जनाइएको छ । अमेरिकी तटरक्षकको खोजी प्रयासका बावजुद उक्त उडानमा रहेका एक जना व्यक्ति अझै बेपत्ता रहेको सचिवालयले जनाएको छ । विमान टेक्सासको ग्यालभेस्टन नजिक पुग्दा दुर्घटना भएको जनाइएको छ । विशेष चिकित्सा वहाक मिसनलाई मेक्सिकन फाउन्डेसनसँग समन्वय गरिएको थियो जसले गम्भीर जलेका बच्चाको हेरचाह गर्दछ । फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइट रडारका अनुसार विमानले मेक्सिकोको युकाटन...
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी

अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी

अमेरिका । अमेरिकाका विभिन्न सात सहरमा बस्ने नेपाली जातिका प्रतिभाबीच भएको गायन प्रतियोगितामा कोलम्बसकी १३ वर्षीय किशोरी आर्या खनाल प्रथम भएकी छिन् भने नृत्य प्रतिस्पर्धामा कोलम्बसकै १३ वर्षीय खुसी अधिकारी विजयी भएकी छन् । नेपाली जातिहरुको बाक्लो बस्ती भएका ओहायोको कोलम्बस, एक्रोन, सिन्सिनाटी तथा पेन्सिलभेनियाको ह्यारिसवर्ग, ल्यानकास्टर, पिट्सवर्ग र स्क्रान्टनका प्रतिभाहरुले भाग लिएका थिए । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा ओहायोको एक्रोनमा भेला भएका यी प्रतिभाहरुबीच यही डिसेम्बर २० र २१ मा प्रतियोगिता आयोजना भएको थियो । प्रस्तुतिमा गायनतर्फ सिन्सिनाटीका दिगान्त गुरुङ दोस्रो भएका थिए भने नृत्यतर्फ ल्यानकास्टरकी आयुसा चापागाई दोस्रो भएको फाउण्डेसनले विज्ञप्तिमार्फत जनाएको छ । त्यसैगरी कोलम्बसकै कुञ्जन सुवेदी गायनतर्फ तेस्रो भइन भने ह्यारिसवर्गकी सामन्था क्षे...
एनआरएनएद्वारा प्रहरीबृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण

एनआरएनएद्वारा प्रहरीबृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण

नेपाल । गैरआवासीय नेपाली संघ ९एनआरएनए०ले नेपाल प्रहरीको दरबारमार्गस्थित प्रहरीबृत्तलाई १० थान ब्यारिकेड हस्तान्तरण गरेको छ । संघका अध्यक्ष डा. बद्री केसीले शुक्रबार दरबारमार्गमा आयोजित एक कार्यक्रममा बृत्तका प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीलाई हस्तान्तरण गर्नुभएको हो । गत भदौ २३–२४ को जेनजी आन्दोलनका क्रममा उक्त प्रहरी बृत्तमा पनि क्षति पुगेको थियो । कार्यक्रममा अध्यक्ष डा केसीले आन्दोलनका क्रममा भएको क्षतिलाई पूर्ण रुपमा पूर्ति गर्न नसके पनि केही हदसम्म सहयोग होस् भन्ने हेतुले ब्यारिकेड प्रदान गरिएको उल्लेख गर्नुभयो । उहाँले यसअघि पनि महानगरीय प्रहरी बृत्त रानीपोखरीमा फर्निचर सहयोग गर्नुका साथै उपत्यका ट्राफिक प्रहरी कन्ट्रोलरुम रामशाह पथमा अत्याधुनिक उपकरणहरु सहयोग गरेको स्मरण गराउँदै एनआरएनएले सामाजिक कार्यमा जहिले पनि नेपाल प्रहरीसँग सहकार्य गर्दै आएको बताउनुभयो । कार्यक्...
अमेरिकी प्रशासनद्वारा डीभी लटरी निलम्बन गर्न आदेश !

अमेरिकी प्रशासनद्वारा डीभी लटरी निलम्बन गर्न आदेश !

अमेरिका । अमेरिकी सुरक्षा प्रमुख क्रिस्टी नोमले बिहीबार ब्राउन युनिभर्सिटीमा सामूहिक गोलीबारीमा संदिग्ध क्लाउडियो नेभेस भ्यालेन्टेले प्रयोग गरेको भन्दै ग्रिन कार्ड लटरी निलम्बन गर्ने आदेश दिनु भएको छ । पोर्चुगलका नागरिक नेभेस भ्यालेन्टे माथि डिसेम्बर १३ मा आइभी लिग स्कुलको भवनमा आक्रमण गरी परीक्षामा बसेका विद्यार्थीमाथि गोली चलाएको आरोप लगाइएको छ । जसमा दुई जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए । उनीमाथि दुई दिनपछि म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एम आ इटी) का एक जना प्राध्यापकको हत्या गरेको आरोप पनि लगाइएको जनाइएको छ । नोमले सामाजिक सञ्जालमा नेभेस भ्यालेन्टे सन् २०१७ मा डाइभर्सिटी लटरी इमिग्रेन्ट भिसा कार्यक्रम (डिभि १) मार्फत संयुक्त राज्य अमेरिकामा प्रवेश गरेर ग्रिन कार्ड प्राप्त गरेको बताउनु भएको छ । राष्ट्रपति ट्रम्पको निर्देशनमा, तुरुन्तै संयुक्त राज्य अमेरिकाको...
थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनाव हुँदै

थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनाव हुँदै

अमेरिका । थाइल्यान्डमा आगामी फेब्रुअरी–८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधानमन्त्रीका लागि आफ्ना उम्मेदवारको नाम सुचिकृत गर्नु पर्ने आयोगले जनाएको छ । निर्वाचन आयोगले परिस्कृत निर्वाचन विवरणको मस्यौदा तयार पारी प्रक्रिया पुरा गरेर सन् २०२६ फेब्रुअरी(८ आइतबार चुनाव गराउने सहमति जुटाएको आयोगले एक विज्ञप्तिमार्फत जनाएको छ । चुनावको लागि अग्रिम मतदान फेब्रुअरी १ मा हुने जनाइएको छ । रूढिवादी भूमजाइथाई पार्टीका प्रधानमन्त्री अनुतीन चार्नविराकुलले सेप्टेम्बरमा आफ्नन पूर्ववर्तीलाई नैतिकता उल्लङ्घनका कारण हटाइएपछि पदभार ग्रहण गर्नु भएको थियो । उहाँले शुक्रबार संसद विघटन गरी राष्ट्रिय चुनावको लागि मार्ग प्रशस्त गर्नु भएको छ भने जुन थाई कानूनअन्तर्गत विघटन पछि ४५ देखि ६० दिनको बिचमा चुनाव हुने व्यवस्था छ । यो कदम थाइल्यान्ड...
एनआरएनएले क्षेत्रीयस्तरमा अन्तरक्रिया र संवाद कार्यक्रम आयोजना गर्दै

एनआरएनएले क्षेत्रीयस्तरमा अन्तरक्रिया र संवाद कार्यक्रम आयोजना गर्दै

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले एकताको सन्देश दिन क्षेत्रीयस्तरमा अन्तरक्रिया र संवाद कार्यक्रम आयोजना गर्ने भएको छ । संघले फेब्रुअरी महिनामा हुने अधिवेशनको तयारी र हालै सम्पन्न भएको एकताको बारेमा जानकारी दिने उद्देश्यले डिसेम्बर १९, २० र २१ मा भर्चुअल अन्तरक्रिया तथा संवाद कार्यक्रम आयोजना गर्ने भएको हो । कार्यक्रमलाई संघका अध्यक्ष डा. बद्री केसी र महेश श्रेष्ठले संयुक्त रूपमा सम्बोधन गर्ने भएका छन् । यस कार्यक्रममार्फत विश्वभरका नेपाली समुदायलाई एकताको सन्देश दिने र सहकार्यमा जोड्ने विश्वास गरिएको छ । मध्यपूर्व तथा अफ्रिका क्षेत्रको कार्यक्रम डिसेम्बर १९ गते बेलुका ७ बजे आयोजना हुने छ । एशिया–प्रशान्त तथा ओसिनिया क्षेत्रको कार्यक्रम डिसेम्बर २० गते दिउँसो ३ बजे र अमेरिका तथा युरोप क्षेत्रको कार्यक्रम डिसेम्बर २१ गते साँझ ५ बजे सञ्चालन गरिनेछ । बृहत एकता सम्बन्धी क्षेत...
थप सात देश र प्यालेस्टाइनमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध

थप सात देश र प्यालेस्टाइनमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार सिरियासहित थप सात देशका नागरिक र प्यालेस्टिनी प्राधिकरणका पासपोर्टबाहकलाई संयुक्त राज्य अमेरिका प्रवेशमा पूर्ण यात्रा प्रतिबन्ध लगाउने निर्णय गर्नु भएको छ । यस कदमसँगै राष्ट्रियताको आधारमा मात्र अमेरिका प्रवेशमा रोक लगाइएका देशको सङ्ख्या करिब ४० पुगेको छ । यसका साथै पश्चिमी देशबाट हुने नियमित यात्रामासमेत नियम थप कडा पारिएका छन् । आप्रवासनप्रति कठोर दृष्टिकोणलाई आफ्नो प्रमुख राजनीतिक एजेन्डा बनाउँदै आउनु भएका राष्ट्रपति ट्रम्पले सामूहिक निर्वासनको आदेश जारी गरिसक्नु भएको छ । पूर्ण यात्रा प्रतिबन्धमा परेका नयाँ देशमा अफ्रिकाका बुर्किना फासो, माली, नाइजर, सिएरा लियोन र दक्षिण सुडान, साथै दक्षिणपूर्वी एसियाको लाओस रहेका छन् ।...
एनआरएनका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मकः मन्त्री इङ्नाम

एनआरएनका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मकः मन्त्री इङ्नाम

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्षद्वय डा. बद्री केसी तथा महेश श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नामसँग भेटवार्ता गरेको छ । भेटका क्रममा प्रतिनिधिमण्डलले नेपालको संविधानले प्रत्याभूत गरेको आर्थिक अधिकार अन्तर्गतको सम्पत्ति तथा भूमि सम्बन्धी अधिकारलगायत गैरआवासीय नेपाली नागरिकका संवैधानिक र कानूनी अधिकारको तत्काल कार्यान्वयनको विषयमा मन्त्री इङ्नामको ध्यानाकर्षण गराएको थियो । एनआरएनए अध्यक्षद्वयले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिलाई कानूनद्वारा प्रदत्त आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार पूर्णरूपमा कार्यान्वयन गर्न नेपाल सरकारबाट आवश्यक निर्णय तथा परिपत्र जारी गर्न पहल गरिदिन अनुरोध गर्नुभयो । प्रतिनिधिमण्डलले बुझाएको ध्यानाकर्षण पत्रमा नेपालको संविधान र नेपाल नागरिकता ऐन, २०६३ लगायतका प्रचलित...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा दर्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा दर्ता

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिनुभएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने गरी प्रस्तुत गरिएको आरोप लगाउँदै बेलायती प्रसारक बिबिसीविरुद्ध कम्तीमा १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर गर्नुभएको छ । फ्लोरिडाको मियामीस्थित संघीय अदालतमा सोमबार दायर गरिएको मुद्दामा बिबिसीमाथि कथित मानहानि तथा फ्लोरिडा भ्रामक र अनुचित व्यापार अभ्यास ऐनको उल्लङ्घन गरेको आरोप लगाइएको छ । मुद्दामा दुई छुट्टाछुट्टै गणनाअन्तर्गत प्रत्येकका लागि पाँच अर्ब डलरभन्दा कम नहुने गरी क्षतिपूर्तिको माग गरिएको छ, जसको कुल माग कम्तीमा १० अर्ब डलर पुग्छ ।...
दुई जना नेपालीका लागि ६ वर्षे एमबीबीएस पाठ्यक्रममा पूर्ण छात्रवृत्ति प्रदान गर्ने प्रक्रिया सुरु

दुई जना नेपालीका लागि ६ वर्षे एमबीबीएस पाठ्यक्रममा पूर्ण छात्रवृत्ति प्रदान गर्ने प्रक्रिया सुरु

नेपाल । स्वास्थ्य सेवा क्षेत्रमा पर्याप्त जनशक्तिको कमीका कारण बिरामीले समयमै उपचार नपाएर जीवन गुमाउने जोखिम उच्च बन्दै गएको छ । विशेषतः देशभरका प्राथमिक स्वास्थ्य केन्द्रहरूमा औषधि, उपकरण तथा दक्ष स्वास्थ्यकर्मीको कमीले स्वास्थ्य सेवा प्रभावकारी रूपमा उपलब्ध गराउन कठिनाइ भैरहेको देखिन्छ। यसै सन्दर्भमा, गैरआवासीय नेपाली संघ (NRNA) र एशिया इन्टरनेशनल युनिभर्सिटी (AIU), उज्बेकिस्तानको संयुक्त सहकार्यमा दुई जना नेपाली विद्यार्थीहरूका लागि ६ वर्षे MBBS पाठ्यक्रममा पूर्ण छात्रवृत्ति प्रदान गर्ने प्रक्रिया सुरु गरिएको छ । विशेषगरी जेहेन्दार तथा कमजोर आर्थिक अवस्था भएका र नेपालमा चिकित्सा शिक्षा आयोग (MEC) परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति आवेदन प्रक्रिया सुरु गर्न लागिएको छ । आवेदनको अन्तिम मिति २३ डिसेम्बर २०२५ सम्म रहनेछ । परीक्षा चिकित्सा शिक्षा आयोग (MEC) आधारित प...