२ आश्विन २०८३, शुक्रबार

अन्तराष्ट्रिय/प्रवास

गैरआवासीय नेपाली संघका प्रतिनिधिमण्डल र प्रधानसेनापतिबीच शिष्टाचार भेटघाट

गैरआवासीय नेपाली संघका प्रतिनिधिमण्डल र प्रधानसेनापतिबीच शिष्टाचार भेटघाट

नेपाल । गैरआवासीय गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डल र नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देलबीच शिष्टाचार भेटघाट सम्पन्न भएको छ । उक्त भेटघाटमा गैरआवासीय नेपाली संघका तर्फबाट अध्यक्षद्वय डा. बद्री केसी तथा महेश कुमार श्रेष्ठ र सचिवालयका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतको उपस्थिति रहेको थियो । भेटका क्रममा गैरआवासीय नेपाली संघ र नेपाली सेनाबीच विगतमा महाभूकम्प, विभिन्न प्राकृतिक विपद् तथा कोभिड–१९ महामारीका समयमा गरिएको सहकार्यका विषयमा चर्चा भएको थियो । सो अवसरमा प्रधानसेनापति सिग्देलले गैरआवासीय नेपाली संघले नेपालको आर्थिक समृद्धि तथा राष्ट्रिय हितका लागि पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो। उहाँले आगामी दिनहरूमा पनि संघ र नेपाली सेनाबीच सहकार्य थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।...
नेपाली समाज टेक्ससको अध्यक्षमा विजय भुसाल विजयी, यस्तो बन्यो कार्यसमिति

नेपाली समाज टेक्ससको अध्यक्षमा विजय भुसाल विजयी, यस्तो बन्यो कार्यसमिति

अमेरिका । नेपाली समाज टेक्ससको अध्यक्षमा विजय भुसाल विजयी भएका छन् । नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा भुसालले २३१८ मत ल्याउँदा प्रतिस्पर्धी जनक भण्डारीले १३९१ मत पाएका थिए ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन फेब्रुअरी २३, २४ र २५ मा हुने

एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन फेब्रुअरी २३, २४ र २५ मा हुने

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय सम्मेलन तथा १२ औँ महाधिवेशन आगामी फेब्रोअरी महिनामा हुने भएको छ। एनआरएनएको १२ औँ महाधिवेशनको तयारीका लागि गठन गरिएको स्टेरिङ कमिटीको आइतवार बसेको दोस्रो बैठकले संघको बृहत् एकता महाधिवेशन फेब्रोअरी २३ देखि २५ तारिखसम्म काठमाडौँमा गर्ने निर्णय गरेको हो । बैठकमा संघको १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशनको मिति तय गर्नुका साथै विभिन्न समसामयिक विषयमा विस्तृत छलफल भएको छ । Press-release 42/023-25 प्रेस विज्ञप्ति गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीले आफ्नो कार्यलाई तीव्र गतिमा अघि बढाइरहेको छ। यसै सिलसिलामा कमिटीले मिति २०८२ साल मंसीर २८ गते (तदनुसार डिसेम्बर १४, २०२५), आइतबार दोस्रो बैठक आयोजना गरेको छ। उक्त बैठकमा संघको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनको मिति तय गर्नुका साथै विभिन्न समसामयिक विषयहरूमा...
अष्ट्रेलियास्थित सिड्नीको बोन्डी बिचमा भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको

अष्ट्रेलियास्थित सिड्नीको बोन्डी बिचमा भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको

अमेरिका । अष्ट्रेलियास्थित सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञात समूहको आक्रमणमा ‘केही व्यक्ति’ को मृत्यु भएको र घटनामा संलग्नता रहेको आशङ्कामा दुई जनालाई हिरासतमा लिइएको जनाएको छ। यहूदी समुदायका धेरै सदस्य साँझमा दीप प्रज्वलन गरी मनाइने आठ दिन लामो यहूदी पर्व हनुक्का मनाउने क्रममा छुट्टीमा समुद्र तटमा भेला भएका थिए। अस्ट्रेलियाको यहुदी सङ्घका प्रमुख रोबर्ट ग्रेगरीले सिड्नीको बोन्डी समुद्री तटमा हनुक्का कार्यक्रमका क्रममा आइतबार भएको गोलीकाण्ड ‘त्रासदीपूर्ण तर पूर्णरूपमा पूर्वानुमानित’ भएको बताउनु भएको छ। ...
अमेरिकाको रोड आइल्याण्ड स्थित ब्राउन युनिभर्सिटीमा गोली चल्दा दुई जनाको मृत्यु

अमेरिकाको रोड आइल्याण्ड स्थित ब्राउन युनिभर्सिटीमा गोली चल्दा दुई जनाको मृत्यु

अमेरिका । अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन युनिभर्सिटीमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने आठ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ । उनीहरुको अवस्था स्थिर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । विश्वविद्यालय रहेको शहर प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले गोलीबाट हताहती हुनेको संख्या बढ्न सक्ने बताएका छन् । घटना स्थानीय समय अनुसार शनिबार साँझ ४ बजेर ५ मिनेटमा भएको थियो। गोली चलाउने व्यक्ति फरार छन् । प्रहरीले उनको खोजी जारी रहेको जनाएको छ। प्रहरीका अनुसार शंकास्पद एक व्यक्तिलाई नियन्त्रणमा लिइएको थियो तर गोली काण्डमा संलग्नता पुष्टि नभएपछि उनलाई रिहा गरिएको छ । –अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरु...
अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

अमेरिका । अस्ट्रेलियामा धेरै मानिसले सङ्घीय सरकारले लगाएको १६ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धलाई समर्थन गरेका छन् । मोनाश विश्वविद्यालयको तर्फबाट रोय मोर्गन रिसर्चले एक हजार ५९८ जनामा गरेको सर्वेक्षण अनुसार ७९ प्रतिशतले यस प्रतिबन्धलाई समर्थन गरेका छन् । यो प्रतिबन्ध बुधबारदेखि लागु भएको हो । उमेर समूह अनुसार समर्थन फरक देखियो । १८–२४ वर्षका युवामा समर्थन ७२ प्रतिशत रहेको छ भने ५०–६४ वर्षका बिच ८० प्रतिशत र ६५ वर्ष माथिका समूहमा ८७ प्रतिशत पुगेको छ । मोनाश विश्वविद्यालयका प्रोफेसर मार्क आन्द्रेभिकका अनुसार,“यो प्रतिबन्ध मुख्यतया केही शक्तिशाली विदेशी प्लेट फर्मलाई लक्षित गरेको हो, जसले युवा प्रयोग कर्तालाई ट्र्याक गरेर विज्ञापनमार्फत लाभ उठाउँछन् ।” उहाँका अनुसार यी एपले युवा प्रयोग कर्तालाई अनियमित विज्ञापन, गलत सूचना र मनोवैज्ञानिकरूपमा प्रभावित गर्ने एल्गोरिदम...
मौसमी फ्लुका कारण अमेरिकामा करिब २९ लाख व्यक्ति सङ्क्रमित

मौसमी फ्लुका कारण अमेरिकामा करिब २९ लाख व्यक्ति सङ्क्रमित

अमेरिका । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका पछिल्लो अनुमानअनुसार, हाल मौसमी फ्लुका कारण संयुक्त राज्य अमेरिकामा करिब २९ लाख व्यक्ति सङ्क्रमित भएका छन्, जसमा तीस हजार जना अस्पताल भर्ना भएका छन् भने एक हजार दुई सय जनाको मृत्यु भएको छ । केन्द्रका अनुसार मौसमी इन्फ्लुएन्जा देशका अधिकांश भागमा बढ्दो क्रममा छ र यस सिजनमा इन्फ्लुएन्जा ए (एच३एन२) प्रमुख भाइरसको रूपमा फैलिरहेको छ । छ डिसेम्बरसम्मको हप्तामा अमेरिकी सार्वजनिक स्वास्थ्य प्रयोगशालाले राष्ट्रव्यापीरूपमा पाँच सय सत्तालिस इन्फ्लुएन्जा भाइरस पत्ता लगाएका छन् । यसै हप्तामा यस सिजनको पहिलो बालबालिका मृत्युसँग सम्बन्धित फ्लुको रिपोर्ट पनि आएको छ । केन्द्रले विशेष गरी छ महिनाभन्दा माथिका व्यक्तिलाई, वार्षिक फ्लु खोप लगाउन सिफारिस गरेको छ । त्यसैगरी, केन्द्रका अनुसार, फ्लु उपचारका लागि केही औषधी उपलब्ध छन् । यी औषधी समयमै सुरु गर्दा...
‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड सञ्चालनका लागि सरकार सकारात्मक’

‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड सञ्चालनका लागि सरकार सकारात्मक’

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय प्रतिनिधि मण्डलले अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग भेटवार्ता सम्पन्न गरेको छ । भेटमा एनआरएन नेपाल डेभलपमेन्ट फण्ड सञ्चालनका क्रममा देखिएका विभिन्न चुनौतीबारे विस्तृत कुराकानी गरिएको थियो । प्रतिनिधि मण्डलले फण्ड सञ्चालनका लागि आवश्यक नीतिगत व्यवस्था, अनुमति तथा विद्यमान नियमावलीका परिमार्जनबारे आफ्नो धारणा पेस गरेको थियो। मन्त्री खनालले प्रतिनिधि मण्डलले उठाएका सबै विषयहरू ध्यानपूर्वक सुन्नुहुँदै समाधानतर्फ सकारात्मक तथा व्यवहारिक कदम चालिने आश्वासन दिनुभयो । बैठकमा मन्त्री खनालले धितोपत्र बोर्डमा रहेका सम्बन्धित नियमावलीहरू छिटो परिमार्जन गरी फण्ड सञ्चालनमा रहेका अवरोध हटाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस अवसरमा एनआरएनएका अध्यक्ष महेशकुमार श्रेष्ठले विश्वभर रहेका नेपालीहरू नेपालमा लगानी गर्न अत्यन्त उत्सुक रहेको बताउँदै आईपीओमा...
यूकेमा र्‍यापर स्यामुएद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार

यूकेमा र्‍यापर स्यामुएद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार

अमेरिका । चर्चित ब्रिटिस र्‍यापर क्लार्क स्यामुयलले आफूले चलाएको कारको ठक्करबाट एक नेपाली युवकको ज्यान गएको स्वीकार गरेका छन् । बेलायतको महानगरीय प्रहरी लन्डनले, दुर्घटनामा संलग्न भएका गेट्स नामले चर्चित कलाकार स्यामुयलले दुर्घटनामा आफ्नो संलग्नता स्वीकार गरेको जानकारी दिएको हो । आफ्नो आधिकारिक वेभसाइटमार्फत प्रहरीले भनेको छ,“३० माइल प्रतिघण्टा गति निर्धारण गरिएको सडकमा ४१ वर्षीय स्यामुयलले ६० माइलप्रति घण्टाभन्दा बढी गतिमा गाडी चलाइरहेका थिए र सडक पार गर्दै गरेका युविन तामाङलाई ठक्कर दिएका थिए ।” प्रहरीका अनुसार, स्थानीय समयअनुसार गत अक्टोबर १८ राति ११ः३० बजे इल्फोर्डको रेडब्रिजमा २० वर्षीय नेपाली विद्यार्थी युविन लामाङलाई ठक्कर दिएपछि स्यामुयल घटनास्थलमा नरोकिई भागेका थिए । ठक्कर दिएको दुई दिनपछि उपचारका क्रममा तामाङको मृत्यु भएको थियो । गतवर्ष सेप्टेम्बरमा बेलायत आएका उनी युनिभर्सिटी...
सन् २०२५ को जनवरीदेखि हालसम्म अमेरिकाद्वारा ८५ हजार भिसा रद्द

सन् २०२५ को जनवरीदेखि हालसम्म अमेरिकाद्वारा ८५ हजार भिसा रद्द

अमेरिका । अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा सुरक्षामा कडाई गरेपछि सन् २०२५ जनवरीदेखि ८५ हजार भिसा रद्द गरेको घोषणा गरेको छ । सामाजिक सञ्जाल एक्समार्फत विदेश विभागले कडा आप्रवासन निरीक्षणका लागि ट्रम्प प्रशासनको निरन्तर प्रतिबद्धतालाई जोड दिँदै यस्तो घोषणा गरेको जनाएको छ । घोषणाको साथमा राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर “अमेरिकालाई फेरि सुरक्षित बनाउनुहोस् भन्ने शब्दसहित राखिएको थियो, जसले कडा भिसा नियमन राष्ट्रिय सुरक्षा प्रयासको केन्द्रबिन्दु हो भन्ने प्रशासनको तर्कलाई बलियो बनाएको छ । भिसा प्रणालीमा भएको कडाइलाई प्रष्ट पार्दै विदेश विभागका एक वरिष्ठ अधिकारीले रद्द गरिएका भिसा मध्ये आठ हजारभन्दा बढी विद्यार्थीको रहेको खुलासा गर्नु भएको छ । असुरक्षित गाडी चलाउनु, चोरी र आक्रमण जस्ता अपराधका कारण पहिचान गरि गत वर्ष अधिकाशं भिसा रद्द गरेको अधिकारीलाई उद्धृत गर्दै सिएनएनले जनाएको ...