२ आश्विन २०८३, शुक्रबार

अन्तराष्ट्रिय/प्रवास

राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा पहिलो पटक भिटो !

राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा पहिलो पटक भिटो !

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस हप्ता पानी पाइपलाइन र मूल अमेरिकी आरक्षणको विस्तार सम्बन्धी दुई विधेयक खारेज गर्दै आफ्नो दोस्रो कार्यकालमा पहिलो पटक भिटो शक्तिको प्रयोग गर्नु भएको छ । ह्वाइट हाउसले सामाजिक सञ्जालमा घोषणा गरे अनुसार सोमबार ट्रम्पले द्विदलीय समर्थन प्राप्त विधेयक भिटो गर्नुभयो । सिनेट र हाउसले राष्ट्रपतिलाई ओभरराइड गर्न दुई तिहाइ बहुमतले विधेयक फेरि पारित गर्नु पर्ने छ । एउटा बिल, ‘अर्कान्सास भ्याली कन्डुइट एक्ट समाप्त गर्नुहोस्’ले कोलोराडोको पूर्वी मैदानमा दशकीय योजना पूरा गर्दै सफा पानी पाइपलाइन निर्माण गर्ने उद्देश्य राखेको थियो । भिटोको व्याख्या गर्दै राष्ट्रपति ट्रम्पले यसलाई धेरै खर्चिलो ठहर गर्दै ‘अमेरिकी करदातालाई महँगो र अविश्वसनीय नीतिको वित्त पोषणबाट रोक्ने’ बताउनु भएको छ । यो विधेयकमा कोलोराडोका दुई डेमोक्रेटिक सिनेटर र रिपब्लिकन प्रतिनिधि लरेन...
बृहत् एकताको सहमतिअनुसार सबै एनसीसीहरूमा एनआरएनए सदस्यता खुला

बृहत् एकताको सहमतिअनुसार सबै एनसीसीहरूमा एनआरएनए सदस्यता खुला

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) को फेब्रुअरीमा हुने १२औँ महाधिवेशनका लागि विश्वभर सदस्यता वितरण खुला गरिएको छ । यसअघि सदस्यता लिन छुटेका व्यक्तिहरूले Smart NRNA App डाउनलोड गरी जनवरी ९ तारिखसम्म सदस्यता लिन संघले आग्रह गरेको छ । संघका उपाध्यक्ष डा. हेमराज शर्माका अनुसार बृहत् एकताको सहमतिअनुसार संसारभरिका सबै सक्रिय राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूमा एनआरएनए सदस्यता खुला गरिएको हो । फेब्रुअरी २२–२५ सम्म आयोजना हुने १२औँ महाधिवेशनका लागि प्रतिनिधि बन्न तथा उम्मेदवार बन्न अनिवार्य रूपमा सदस्यता लिनुपर्ने व्यवस्था गरिएको छ । स्मार्ट एनआरएनए एप बाहेक अन्य पोर्टलमार्फत सदस्य बनेकाहरूको विवरण सम्बन्धित देशमा बसोबास गरेको प्रमाणका कागजातसहित सम्बन्धित एनसीसीबाट प्राप्त भएपछि एमआरएस प्रणालीमा एकीकृत गर्ने सहमति भएको छ । हाल एकीकृत हुन बाँकी जम्मा २० वटा एनसीसी रहेका छन् । विभाजन र...
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा निधन

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा निधन

नेपाल । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री तथा बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) की अध्यक्ष बेगम खालिदा जियाको ८० वर्षको उमेरमा मङ्गलबार बिहान निधन भएको छ । पार्टीले जारी गरेको विज्ञप्तिमा उहाँको निधन फजरको प्रार्थनापछि बिहान ६ बजे भएको जनाइएको छ । वर्षौदेखि कमजोर स्वास्थ्य, लामो कारावास र राजनीतिक उतारचढावबिच पनि सक्रिय राजनीतिमा रहनुभएकी जियाको निधनले बङ्गलादेशी राजनीतिमा गहिरो शून्यता सिर्जना गरेको छ । खराब स्वास्थ्य अवस्थाका बाबजुद पनि जियाले आगामी फेब्रुअरी २०२६ मा तय गरिएको आम निर्वाचनमा सक्रिय रूपमा सहभागी हुने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । ...
एनआरएनए स्टेरिङ कमिटीको चौथो बैठकले गर्यो महत्वपूर्ण निर्णय

एनआरएनए स्टेरिङ कमिटीको चौथो बैठकले गर्यो महत्वपूर्ण निर्णय

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकतापछि गठित स्टेरिङ कमिटीको चौथो बैठक आइतबार सम्पन्न भएको छ । श्रम, आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखा प्रमुख पुष्पराज भट्टराई, परराष्ट्र मन्त्रालयका उपसचिव कृष्णकुमार सुबेदी तथा उपसचिव राजाराम दाहाल आमन्त्रित बैठकमा गैरआवासीय नेपाली संघको आगामी बाह्रौँ बृहत् महाधिवेशन, संघको विधान तथा निर्वाचन प्रक्रियासँग सम्बन्धित विषयमा घनिभूत छलफल भएको थियो । महासचिव बाबुराम (बीआर) लामाद्वारा सञ्चालित बैठकमा विभिन्न महत्वपूर्ण विषयमा छलफल गर्दै आवश्यक निर्णयहरू गरिएको छ । बैठकले एनआरएनए विधान, २०२२ लाई पालना गर्दै बाह्रौँ बृहत् महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । बृहत् एकतापछिको विधानगत व्यवस्थामा देखिन सक्ने जटिलताका विषयमा कानुनी विज्ञहरूसँग परामर्श लिने, प्राप्त परामर्श स्टेरिङ कमिटीमा छलफल गर्ने र अन्ततः परराष्ट्र मन्त्रालयसँग आव...
थाइल्यान्ड र क्याम्बोडियाबीच तीन हप्तापछि शान्ति सम्झौता हुँदै

थाइल्यान्ड र क्याम्बोडियाबीच तीन हप्तापछि शान्ति सम्झौता हुँदै

अमेरिका । थाइल्यान्ड र क्याम्बोडियाले शनिबार तत्काल युद्धविराममा सहमति जनाएका छन् । दुवै देशले केही हप्तादेखि जारी सीमा संघर्ष रोक्ने र शान्ति स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यस क्रममा तीन हप्ताभित्र कम्तीमा ४७ जनाको मृत्यु भएको र एक लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । सहमति अनुसार दुवै पक्षले सबै प्रकारका हतियार प्रयोग रोक्ने, नागरिक र संरचनामा कुनै पनि प्रकारको आक्रमण नगर्ने र सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई छिट्टै घर फर्कन अनुमति दिने व्यवस्था लागु गरिने छ । साथै साइबर अपराध नियन्त्रणमा सहकार्य गर्ने पनि दुवै देशले प्रतिबद्धता जनाएका छन् । यो युद्धविराम तीन दिने सीमा वार्तापछि आएको हो, जसमा आसियान, संयुक्त राज्य अमेरिका, चीन र मलेसियाले मध्यस्थता गरेका थिए । विवाद पुरानो उपनिवेशकालीन सिमाङ्कनको कारण सुरु भएको हो, जहाँ प्राचीन मन्दिरमा दुवै देशको दाबी छ । थाइल्य...
एनआरएनएद्वारा इराकमा कार्यरत नेपाली श्रमिकलाई श्रम स्वीकृति दिने निर्णयको स्वागत

एनआरएनएद्वारा इराकमा कार्यरत नेपाली श्रमिकलाई श्रम स्वीकृति दिने निर्णयको स्वागत

नेपाल । नेपाल सरकारले इराकमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रम स्वीकृति प्रदान गरी अभिलेखीकरण गर्ने निर्णय गरेको छ । सरकारको यस निर्णयलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले स्वागत गर्दै यसलाई नेपाली श्रमिकहरूको हक–हित संरक्षणतर्फको महत्वपूर्ण र सकारात्मक कदम भएको बताएको छ । संघले जारी गरेको विज्ञप्तिमा विगत दुई दशकदेखि इराक प्रतिबन्धित श्रम गन्तव्यको सूचीमा रहँदा हजारौँ नेपाली श्रमिकहरू विभिन्न कानुनी तथा कन्सुलर समस्यामा परिरहेको उल्लेख गरिएको छ । सरकारको पछिल्लो निर्णयले ती श्रमिकहरूलाई कानुनी दायराभित्र ल्याई उनीहरूको रोजगारीलाई वैधानिक बनाउने विश्वास संघले व्यक्त गरेको छ । ...
एनआरएनए स्टेरिङ कमिटीको तेस्रो बैठकमा बृहत् महाधिवेशन र निर्वाचन प्रक्रियाबारे छलफल

एनआरएनए स्टेरिङ कमिटीको तेस्रो बैठकमा बृहत् महाधिवेशन र निर्वाचन प्रक्रियाबारे छलफल

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीको तेस्रो बैठक डिसेम्बर २३, २०२५ मंगलबार सम्पन्न भएको छ । संघका पूर्वअध्यक्ष बिनोद कुँवरको अध्यक्षतामा तथा महासचिव बाबुराम (बीआर) लामाद्वारा सञ्चालित उक्त बैठकमा आगामी १२औँ बृहत् महाधिवेशन र निर्वाचन प्रक्रिया केन्द्रित महत्वपूर्ण छलफल तथा निर्णयहरू गरिएका छन् । ...
लिबियाका सेना प्रमुखसहित आठ जनाको विमान दुर्घटनामा मृत्यु

लिबियाका सेना प्रमुखसहित आठ जनाको विमान दुर्घटनामा मृत्यु

अमेरिका । टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । लिबियाली अधिकारीका अनुसार विमानमा आएको प्राविधिक खराबीका कारण उक्त दुर्घटना भएको हो । लिबियाका सैन्य प्रमुख, अन्य चार जना वरिष्ठ अधिकारी र तीन जना चालक दलका सदस्य सवार उक्त निजी जेट अङ्काराबाट उडान भरेको केही समयपछि दुर्घटनामा परेको टर्की र लिबियाका अधिकारीले जानकारी दिएका छन् । दुई देशबिच सैन्य सहकार्य विस्तार गर्ने उद्देश्यले उच्चस्तरीय रक्षा वार्ताका लागि लिबियाली प्रतिनिधिमण्डल अङ्कारामा रहेको टर्कीका अधिकारीले बताएका छन् । लिबियाका प्रधानमन्त्री अब्दुल(हामिद दबीबाहले फेसबुकमार्फत विज्ञप्ति जारी गर्दै जनरल मुहम्मद अली अहमद अल–हदद र चार जना अन्य अधिकारीको निधन भएको पुष्टि गर्नु भएको छ । उहाँले प्रतिनिधिमण्डल स्वदेश फर्कने क्रममा भएको ...
विश्वभर एनआरएनएको सदस्यता वितरण प्रक्रिया सुरु

विश्वभर एनआरएनएको सदस्यता वितरण प्रक्रिया सुरु

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विश्वभर रहेका नेपालीहरूका लागि एमआरएस (Membership Registration System) मार्फत सदस्यता वितरण प्रक्रिया सुरु गरेको छ । आगामी फेब्रुअरी २३, २४ र २५, २०२५ मा काठमाडौँमा हुने १२औँ महाधिवेशनमा सहभागी हुन चाहने सबै गैरआवासीय नेपालीहरूका लागि यो सदस्यता अनिवार्य हुनेछ । गत मे महिनामा सम्पन्न एकता महाधिवेशनका कारण सदस्यता लिन नसकेकाहरूलाई पुनः अवसर प्रदान गर्ने तथा नयाँ रूपमा सहभागी हुन इच्छुक नेपाली समुदायलाई समेट्ने उद्देश्यले सदस्यता वितरण पुनः सुरु गरिएको एनआरएनएले जनाएको छ । संघको एकता प्रक्रियापछि, विश्वव्यापी रूपमा एमआरएस मार्फत सहज र पारदर्शी सदस्यता सुविधा उपलब्ध गराइने तथा अभियानलाई थप प्रभावकारी रूपमा अघि बढाइने बताइएको छ । अध्यक्षद्वय डा. बद्री केसी र महेश कुमार श्रेष्ठद्वारा प्रस्तुत एकता मार्गचित्रअनुसार, विश्वभरका नेपाली समुदायलाई समावेश ...