नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर. थम्सनले बिहीबार राष्ट्रपति भवनमा बिदाइ भेट गर्नुभएको छ ।
त्यस अवसरमा उहाँहरूबीच नेपाल–अमेरिका सम्बन्धका साथै आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
नेपाल । नेपालको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण र सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसार रोकथामका लागि नेपाल र संयुक्त राज्य अमेरिकाबिच ऐतिहासिक द्विपक्षीय सांस्कृतिक सम्पत्ति सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतामा नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा. सुरेश सुरस श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो ।
यस सम्झौताअन्तर्गत नेपाल सरकारद्वारा जारी भई म्याद ननाघेको निर्यात प्रमाणपत्रबाहेक नेपालबाट निश्चित पुरातात्त्विक तथा मानवजातीय सामग्री अमेरिकामा आयात गर्न अमेरिकी कानुनबमोजिम प्रतिबन्ध लगाइने व्यवस्था गरिएको छ ।
सम्झौताले पुरापाषाण युगको करिब इसापूर्व ३२,००० देखि इस्वी संवत् १७७० सम्मका पुरातात्त्विक सामग्री तथा १३औँ शताब्दीदेखि इस्वी संवत् १९५० सम्मका मानवजातीय सामग्रीलाई समेटेको छ । यसमा धार्मिक वास्तुकलाका सामग्री, धार्मिक तथ...
अमेरिका (वासिंटन) । उटाहको साल्ट लेक सिटीमा बिहीबार भएको गोली हानाहानमा दुई जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएको अमेरिकी प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता ग्लेन मिल्सले प्रारम्भिक रिपोर्टले पार्किङ स्थलमा घटना भएको सङ्केत गरेको बताउँदै त्यहाँ झगडाको समयमा गोली चलाइएको पत्रकारलाई बताउनुभएको छ ।
प्रहरीले आठ जना पीडितमध्ये कम्तीमा दुई जनाको चोट पटकबाट मृत्यु भएको उल्लेख गर्दै घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको र बाँकीको अवस्था अज्ञात रहेको बताएको छ । प्रहरीले संदिग्धको खोजीको लागि अनुसन्धान सुरु गरेको बताएको छ ।
पछिल्लो समयमा गोली हानाहानको हिंसा अमेरिकामा सबैभन्दा दबाबपूर्ण सुरक्षा र सामाजिक सङ्कट बनेको जनाइएको छ भने बारम्बार सामूहिक गोलीबारीका कारण उल्लेख्य मानवीय, आर्थिक तथा मनोवैज्ञानिक सङ्कट निम्त्याएको जनाइएको छ ।...
अमेरिका । नेपालीहरूले अब अमेरिकाको बिजनेस (बी१) र भिजिट (बी२) भिसा प्राप्त गर्न धरौटी राख्नुपर्ने भएको छ ।
अमेरिकी विदेश मन्त्रालयले आउँदो माघ ७ जनवरी २१ देखि यस्तो नियम लागू हुने जनाएको छ । जसअनुसार यी दुई प्रकारका भिसामा अमेरिका जाने व्यक्ति बढीमा ६ महिनासम्म बस्न पाउनेछन् ।
भिसा प्राप्त गर्ने व्यक्तिलाई भिसा अन्तर्वार्ता क्रममा दूतावासका अधिकारीले ५ हजार डलर (७ लाख २२ हजार रूपैयाँ), १० हजार डलर (१४ लाख ४४ हजार रूपैयाँ) वा १५ हजार डलर (२१ लाख ६६ हजार रूपैयाँ) मध्ये कुनै एउटा रकम धरौटी राख्न लगाउनेछन् । यस्तो रकम बुझाउँदा अमेरिकी अध्यागमन तथा भन्सार कार्यालय (आइसिई) को फाराम भरेर बुझाउनु पर्नेछ । रकम भिसा प्राप्त गर्ने व्यक्तिले नै तिर्नुपर्नेछ । अन्य तेस्रो पक्षको वेवसाइटबाट रकम तिर्न पाउने छैन ।
कुनै व्यक्ति भिसा प्राप्त गरेभन्दा बढी समय अमेरिका बसेको अवस्थामा यस्तो धरौटीबाट रकम काटि...
नेपाल । पश्चिमी जापानको शिमाने प्रान्तमा मङ्गलबार ६.४ म्याग्निच्युडको भूकम्प आउदा धेरै जना घाइते भएको स्थानीय मिडियाले जनाएको छ ।
भूकम्प स्थानीय समय अनुसार बिहान १०ः१८ मा पूर्वी शिमाने प्रान्तमा करिब १० किलोमिटरको गहिराइमा आएको उल्लेख गर्दै, मौसम विज्ञान विभागले भूकम्पले जापानको शिमाने र टोटोरी प्रान्त सबैभन्दा बढी प्रभावित भएको जनाएको छ ।
विभागका अनुसार भूकम्पको केन्द्र ३५.३ डिग्री उत्तरी अक्षांश र १३३.२ डिग्री पूर्वी देशान्तरमा रहेको थियो । जेएमएका अनुसार ५.१ र ५.४ म्याग्निच्युड मापन गरिएका दुई वटा पराकम्पले समान क्षेत्रलाई स्थानीय समय अनुसार क्रमशः १०ः२८ र १०ः३७ मा प्रहार गरेको थियो । भूकम्पमा घाइते भएका कारण सिमाने प्रान्तको माट्सु सिटीका चार जनालाई अस्पताल लगिएको थियो ।
भूकम्पले सहरका धेरै घरको छतमा क्षति पुगेको सार्वजनिक प्रसारणकर्ता एनएचकेले जनाएको छ । छिमेकी टोट्टोरी प्रान्तको स...
नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) को फेब्रुअरी २३–२५ गते काठमाडौंमा आयोजना हुने १२ औँ महाधिवेशनमा भाग लिन चाहनेका लागि सदस्यता लिने म्याद १६ जनवरीसम्म थप गरिएको छ।
एनआरएनएका स्टेरिङ कमिटीले आइतबार बसेको बैठकमा ९ जनवरीसम्मको म्यादलाई बढाउँदै नयाँ म्याद घोषणा गरेको हो । महाधिवेशनमा प्रतिनिधि बन्न र निर्वाचनमा भाग लिन एमआरएस प्रणालीमार्फत सदस्यता लिन अनिवार्य छ ।
यसअघि एनआरएनएका अध्यक्ष डा. बद्री केसी र महेश कुमार श्रेष्ठले फेब्रुअरी महिनामा बृहत् एकता महाधिवेशन गर्ने सहमति गरिसकेका छन् ।
महाधिवेशनलाई राष्ट्रिय स्तरमा विवाद रहेका देशमा एकता कायम गर्ने उद्देश्यसहित गंगाधर गौतमको संयोजकत्वमा समन्वय समिति पनि गठन गरिएको छ ।
१२ औँ महाधिवेशनमा करिब ४ हजार प्रतिनिधिहरुको सहभागिता हुने अपेक्षा गरिएको छ।...
नेपाल । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले प्रधानमन्त्री सुशीला कार्कीसँग बिदाइ भेट गरेका छन् ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको बिदाई भेटका क्रममा नेपाल र अमेरिकाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका बारेमा कुराकानी भएको थियो ।
प्रधानमन्त्री कार्कीले आफ्नो कार्यकालमा नेपाल–अमेरिका सम्बन्धलाई सुदृढ बनाउन राजदूत थम्प्सनले निर्वाह गरेको भूमिकाप्रति धन्यवाद व्यक्त गरेका थिए ।
यस क्रममा राजदूत थम्प्सनले आगामी दिनमा दुई देशबीचको सम्वन्ध थप प्रगाढ हुने र अमेरिकाले नेपाललाई गर्दै आएको सहयोग जारी रहने विश्वास व्यक्त गरेका थिए ।...
अमेरिका । बेलायतमा सोमबारदेखि लागु भएको नयाँ नियमले दिउँसोको समयमा जङ्क फुडको टिभी र अनलाइन विज्ञापनमा प्रतिबन्ध लगाएको छ । यसलाई बेलायत सरकारले बाल्यकालको मोटोपनाको सामना गर्न “विश्वकै अग्रणी कार्य भनि” अर्थायएको छ ।
प्रतिबन्ध-चिल्लो पदार्थ, नुन वा चिनीमा उच्च उत्पादनका विज्ञापनलाई लक्षित गर्दै(हरेक वर्ष बच्चाको आहारबाट उल्लेख्य क्यालोरी हटाउने अपेक्षाले गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साँझ ९ः०० बजे भन्दा पहिले प्रसारण हुने यस्ता विज्ञापन बन्द गर्दै यसले मोटोपनासँग बाँचिरहेका बच्चाको सङ्ख्या २० हजारले घटाउने अपेक्षा राखेको मन्त्रालयले जनाएको छ ।
यसको कार्यान्वयन-पहिलो पटक डिसेम्बर २०२४ मा घोषणा गरिएको जनाइएको छ । जसमा पूर्व(प्याकेज गरिएका वस्तु जस्तै मिल्कशेक, रेडी(टु(गो कफी र मीठो दही पेय पदार्थ समावेश छ । स्थानीय अधिकारीलाई विद्यालय बाहिर स्थापना हुने फास्ट फूड पसल रोक्ने अधिक...
अमेरिका । बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लण्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।
दूतावासले एक विज्ञप्ति जारी गर्दै कामका लागि प्रायोजक खोजिदिने बहानामा नेपालीहरु ठगीमा परेका गुनासो बढेकाले ठगीबाट बच्न आग्रह गरेको हो । ठगीमा परेको गुनासो गर्नेहरुमा नेपालबाट बेलायत आउन चाहनेहरुको सङ्ख्या धेरै रहेको दुतावासले जनाएको छ ।
कतिपय बेलायतमै रहेका तर कामको खोजी गरिरहेका नेपालीसमेत ठगीमा परेको गुनासो बढिरहेको दूतावासले जनाएको छ । “ठगी गर्नेहरु कतिपय नेपालीमूलका व्यक्तिहरु नै रहेको बुझिएको छभने चिनेजानेकै नेपालीहरुमार्फत तेश्रो मुलुकका व्यक्तिहरुसँगको सम्पर्कमा पुगी ठगीमा परेकाहरुको गुनासो पनि आएको छ”, विज्ञप्तिमा उल्लेख छ ।
यस्ता अपराधहरु नेपाल र बेलायत दुवै मुलुकमा दण्डनीय हुने हुनाले समस्या परेको खण्डमा नेपालका अनुसन्धान गर्ने निकायहरु तथा बेलायतमा रह...
अमेरिका । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकाले भेनेजुएलाको विरूद्ध ठुलो आक्रमण गरेको उल्लेख गर्दै वर्तमान राष्ट्रपति निकोलस मादुरो र उहाँकी श्रीमतीलाई पक्राउ गरी देश निकाला गरिएको बताउनु भएको छ ।
संयुक्त राज्य अमेरिकाले भेनेजुएला र राष्ट्रपति निकोलस मादुरो विरुद्ध सफलतापूर्वक आक्रमण गरी पत्नीसहित पक्राउ गरी देश बाहिर निकालिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल मार्फत जनाउनु भएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपतिलाई बारम्बार “नार्को–आतङ्कवादी” सरकारको अध्यक्षता गरेको आरोप लगाएको जनाइएको छ ।
भेनेजुएलाले अमेरिका विरुद्ध काम गरेको आरोप लगाउँदै ट्रम्पले मादुरोलाई पदबाट हट्न आह्वान गरेको जनाइएको छ ।...