तीन महिनाको अवधिमा ५६६ जनाले पाए गैरआवासीय नेपाली नागरिकता
नेपाल । पछिल्लो तीन महिनाको अवधिमा ५६६ जनाले गैरआवासीय नेपाली (एनआरएन) नागरिकता प्राप्त गरेका छन्। गृह मन्त्रालयले सार्वजनिक गरेको कात्तिक १ गतेदेखि पुस मसान्तसम्मको तथ्यांक अनुसार उक्त संख्यामा नागरिकता वितरण भएको हो।
सोही अवधिमा कुल दुई लाख दुई हजार ९५६ वटा विभिन्न प्रकारका नागरिकता प्रमाणपत्र जारी गरिएको मन्त्रालयको विवरणमा उल्लेख छ। यसमध्ये वंशजका आधारमा नागरिकता लिनेको संख्या एक लाख १९ हजार १२ रहेको छ। त्यस्तै २६ जनाले अंगीकृत नागरिकता प्राप्त गरेका छन् भने वैवाहिक अंगीकृत नागरिकता लिनेको संख्या तीन हजार ३४० पुगेको छ ।
नेपालको नेपालको संविधानको धारा १४ ले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी प्रावधान व्यवस्था गरेको छ। उक्त व्यवस्थाअनुसार विदेशमा बसोबास गर्ने नेपाली मूलका व्यक्तिहरूलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न मिल्ने गरी नागरिकता दिने कानुनी आधार तयार गरिएको हो ।...








