२ आश्विन २०८३, शुक्रबार

अन्तराष्ट्रिय/प्रवास

अष्ट्रेलियामा अनियन्त्रित कार घरभित्र पस्दा ५३ वर्षीया विष्णुकुमारी गुरुङको मृत्यु

अष्ट्रेलियामा अनियन्त्रित कार घरभित्र पस्दा ५३ वर्षीया विष्णुकुमारी गुरुङको मृत्यु

अमेरिका । अस्ट्रेलियामा गाडी दुर्घटनामा एक नेपाली महिलाको मृत्यु भएको छ । अस्ट्रेलियाको पर्थ शहरमा शुक्रबार मध्यराति अनियन्त्रित कार घरभित्रै पस्दा ५३ वर्षीया नेपाली महिला विष्णुकुमारी गुरुङको ज्यान गएको हो । उक्त दुर्घटना शुक्रबार राति करिब ११ः४० बजे भएको हो । अलेक्जेन्डर रोड हुँदै रिभरभेल क्षेत्रतर्फ जाँदै गरेको कार अचानक अनियन्त्रित भई एक घरमा ठोक्किएको थियो । दुर्घटनाका बेला विष्णुकुमारी गुरुङ घरको अघिल्लो कोठामा सुतिरहेकी थिइन् । कार ठोक्किएर घरभित्रै पस्दा उनी गम्भीर घाइते भइन् र घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । विष्णुकुमारी केही दिनअघि मात्रै पर्थ पुगेकी थिइन् । उनी छोरी–ज्वाइँको घरमा बस्दै आएकी थिइन् । छोरीले सन्तान जन्माएपछि सहयोगका लागि उनी अस्ट्रेलिया गएकी थिइन् । मृतककी छोरी निशा गुरुङले आफूहरू गहिरो शोकमा रहेको बताइन् । दुर्घटनामा संलग्न कार चालक ३६ वर्षीय...
जापानी प्रधानमन्त्री साने ताकाइचीको पार्टीलाई दुई तिहाइ बहुमत

जापानी प्रधानमन्त्री साने ताकाइचीको पार्टीलाई दुई तिहाइ बहुमत

नेपाल । जापानी प्रधानमन्त्री साने ताकाइचीको पार्टीलाई दुई तिहाइ बहुमत प्राप्त भएको छ । आइतबार सम्पन्न संसदीय आमनिर्वाचनमा उहाँको सत्तारूढ दल लिबरल डेमोक्रेटक पार्टी (एलडिपी) ले दुई तिहाइ बहुमत प्राप्त गरेको हो । प्रधानमन्त्री सानेले आफ्नो लोकप्रियताबाट प्राप्त चुनावी लाभलाई सुरक्षा, अर्थतन्त्र, आप्रवासन र सामाजिक नीतिमा व्यापक रूपान्तरण गर्ने प्रक्रिया अघि बढाउनुहुने भएको छ । संसदीय चुनावमा दुई तिहाइ बहुमत प्राप्त भएपछि उहाँले उक्त शक्तिलाई ठोस कानुनी र नीतिगत कदममा अनुवाद गर्ने तयारी सुरु गर्नुभएको हो । सोमबार उहाँले मन्त्रीपरिषद् पुनर्गठन गरी ढिलाइ भएको बजेटलाई अघि बढाउने प्रक्रिया सुरु गर्नुभयो । यसबाट आगामी साता हुने मतदानमार्फत उहाँ प्रधानमन्त्रीका रूपमा पुनः चयन हुने अपेक्षा गरिएको छ । प्रधानमन्त्री सानेले आफ्नो प्रयासले जापानलाई अझ बलियो र समृद्ध बनाउने विश्वास व्यक्त गर्नुभयो ।...
नृपेन्द्रलाल श्रेष्ठलाई युगल किशोर शुक्ला अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान

नृपेन्द्रलाल श्रेष्ठलाई युगल किशोर शुक्ला अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान

नेपाल । भारतको नयाँ दिल्लीस्थित भारतीय विद्यापीठ र सार्क जर्नालिस्ट फोरम इन्डिया चाप्टरले नेपालका नृपेन्द्रलाल श्रेष्ठलाई युगल किशोर शुक्ला अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरेको छ । नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष श्रेष्ठसँगै भारतका शशिभूषण कुमारलाई पनि सम्मानित गरिएको थियो । ‘दक्षिण एसियाको शान्ति स्थापना र सहयोगमा पत्रकारिताको भूमिका’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा श्रेष्ठ सम्मानित हुनुभएको हो । सो सम्मेलनमा नेपाल, भारत, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान, भुटान,लगायतका देशबाट आएका पत्रकारबिच छलफल भएको छ ।...
बाल जोशीले दौरा सुरुवालमा ‘विश्व म्याराथन च्यालेञ्ज’ पूरा गरेर गिनिज बुकमा लेखाए नाम

बाल जोशीले दौरा सुरुवालमा ‘विश्व म्याराथन च्यालेञ्ज’ पूरा गरेर गिनिज बुकमा लेखाए नाम

अमेरिका । नेपाली मूलका अमेरिकी धावक बाल जोशीले दौरा सुरुवालमा ‘विश्व म्याराथन च्यालेञ्ज’ पूरा गरेर गिनिज बुकमा नाम लेखाएका छन् । जोशीले सात महादेशमा, सात दिन लगातार सञ्चालन भएको सातवटा म्याराथनमा दौरा सुरुवालमा दगुरेर विश्व किर्तिमान कायम गर्दै गिनिजबुकमा नाम लेखाएका हुन् । शुक्रवार अमेरिकाको मायामीमा आयोजित ‘विश्व म्याराथन च्यालेञ्ज’ को समापन समारोहमा गिनिजबुकका प्रतिनिधि माईकल ईम्प्रिकले जोशीलाई प्रमाणपत्र प्रदान गर्नुभयो । अन्टार्टिकाबाट सुरु भएको म्याराथन, अफ्रिकाको केप टाउन, अष्ट्रेलियाको पर्थ, एशियाको दुबई, स्पेनको म्याड्रिड, ब्राजिल हुदै सातौ दिनमा अमेरिकाको मायामीमा सम्पन्न भएको हो । अत्यन्त चुनौतीपूर्ण मानिने ‘विश्व म्याराथन च्यालेञ्ज’ २०१५ बाट सञ्चालन हुँदैआएको छ । सात महादेशमा लगातार सात दिनसम्म सात म्याराथन सञ्चालन हुने भएकोले यो प्रतियोगितालाई ‘७७७ म्याराथन’ भनिन्छ । म्याराथ...
अमेरिका-भारत बिटिए वार्तालाई अगाडि बढाउन अन्तरिम व्यापार सम्झौताको घोषणा

अमेरिका-भारत बिटिए वार्तालाई अगाडि बढाउन अन्तरिम व्यापार सम्झौताको घोषणा

अमेरिका । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२५ फेब्रुअरी मा सुरु गरेको अमेरिका–भारत द्विपक्षीय व्यापार सम्झौता (बिटिए) वार्तालाई अगाडि बढाउन अन्तरिम व्यापार सम्झौताको घोषणा गरेका छन् । संयुक्त राज्य अमेरिका र भारत बिचको अन्तरिम सम्झौताले व्यापारमा ऐतिहासिक कोसेढुङ्गाको प्रतिनिधित्व गर्दै आपसी हित र पारस्परिक सन्तुलित व्यापारको साझा प्रतिबद्धता प्रदर्शन गर्ने जनाइएको छ । सम्झौताको एक हिस्साको रूपमा, भारतले सबै अमेरिकी औद्योगिक सामान र अमेरिकी खाद्य र कृषि उत्पादनको विस्तृत श्रृङ्खलामा शुल्क हटाउने वा घटाउने छ । जसमा सुकेको अन्न, रूख बदाम, ताजा र प्रशोधन गरिएका फलफूल, सोयाबिन तेल, वाइन लगायत समावेश छन् । संयुक्त वक्तव्य अनुसार संयुक्त राज्य अमेरिकाले कपडा, छाला जुत्ता, प्लास्टिक, रबर, जैविक रसायन, घरको सजावट, र केही मेसिनरी क्षेत्रलाई समेट्ने ...
पाकिस्तानको बलूचिस्तानमा सुरक्षा चुनौती, २५० भन्दा बढीको मृत्यु

पाकिस्तानको बलूचिस्तानमा सुरक्षा चुनौती, २५० भन्दा बढीको मृत्यु

नेपाल । पाकिस्तानको बलूचिस्तान प्रान्तमा अलगाववादी समूहले गत शनिबारदेखि सुरु गरेको समन्वित आक्रमणमा दुई सय पचासभन्दा बढी मानिसको मृत्यु भएको छ । सुरक्षा अधिकारीले जनाएअनुसार, आक्रमणमा कुल १९७ आतङ्ककारी मारिएका छन् भने ३६ सर्वसाधारण नागरिक र २२ सुरक्षा अधिकारी पनि ज्यान गुमाएका छन् । बलूचिस्तान प्रान्तका धेरै जिल्लामा अलगाववादीले बैँक, जेल, प्रहरी थाना र सैनिक अड्डालाई लक्षित गर्दै घातक हमला गरेका थिए । प्रान्तको प्रमुख सहर क्वेटामा आयोजित पत्रकार सम्मेलनमा बलूचिस्तानका मुख्यमन्त्रीले भन्नुभयो, “सुरक्षित जिल्ला सफा गरिएका छन्, तर अलगाववादी अझै भागिरहेका छन् र खोजी अभियान जारी छ ।” पाकिस्तान सरकारले बलूच मुक्ति सेना ९बीएलए० लाई यी हमला गरेको जिम्मेवार ठहराएको छ । उक्त समूहले बयान जारी गर्दै सैनिक अड्डा, प्रहरी र प्रशासनिक कार्यालयमा हमला गरेको र आत्मघाती हमला पनि गरेको दाबी गरेको छ । सरकार...
स्पेनमा रहेका नेपालीको समस्या समाधानका लागि एनआरएनए अध्यक्ष डा. केसीको पहल

स्पेनमा रहेका नेपालीको समस्या समाधानका लागि एनआरएनए अध्यक्ष डा. केसीको पहल

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले स्पेनमा रहेका नेपाली नागरिकहरूको पासपोर्टसम्बन्धी समस्या तत्काल समाधान गर्न राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालको ध्यानाकर्षण गराउनुभएको छ । स्पेन सरकारले कागजातविहीन आप्रवासीलाई कानुनी हैसियत दिने घोषणा गरे पनि नेपाली नागरिकहरूले पासपोर्ट नवीकरण तथा नयाँ पासपोर्ट प्राप्तिमा ढिलाइ र प्राविधिक कठिनाइ भोगिरहेको गुनासो आएपछि अध्यक्ष डा. केसीले यो विषयबारे ध्यानाकर्षण गराउनुभएको हो । उहाँले स्पेन सरकारले कागजातविहीन आप्रवासी श्रमिकलाई अभिलेखीकरणका लागि दिएको अवसर उपयोग गर्न राहदानी विभागले तत्काल घुम्ती राहदानी शिविर पठाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । “अहिले त्यहाँ राहदानी नभएका तथा म्याद सकिएका नेपालीको संख्या ठूलो छ,” उहाँले भन्नुभयो, “स्पेनस्थित नेपाली दूतावासमा उपलब्ध जनशक्तिले मात्र यस समस्यालाई सम्बोधन गर्न नस...
अमेरिका-भारत व्यापार सम्झौताको घोषणालाई भारतद्वारा खुसीका साथ स्वागत

अमेरिका-भारत व्यापार सम्झौताको घोषणालाई भारतद्वारा खुसीका साथ स्वागत

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गर्नुभएको अमेरिका–भारत व्यापार सम्झौतालाई भारतले खुसीका साथ स्वागत गरेको छ । यस सम्झौताले राष्ट्रका निर्यात वस्तुमा कर कटौती गर्ने प्रतिज्ञासँगै महिनौँदेखि कायम अनिश्चितताको अन्त्य गर्ने अपेक्षा गरिएको छ । यद्यपि विश्लेषकले यसको कार्यान्वयन र विवरणबारे सतर्क रहन आग्रह गरेका छन् । ट्रम्पले प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेन युद्धका सन्दर्भमा रुसी तेल खरिद बन्द गर्ने वाचा गरेपछि यो सम्झौता सम्भव भएको बताउनु भएको छ । उहाँले गत वर्ष लागु गरिएको २५ प्रतिशत कर घटाएर १८ प्रतिशतमा झार्ने घोषणा गर्नु भएको हो । साथै नयाँदिल्लीले अमेरिकी ऊर्जा, प्रविधि, कृषि, कोइला तथा अन्य वस्तु पाँच खर्ब डलरभन्दा बढी मूल्यका खरिद गर्न सहमत भएको पनि उहाँले बताउनु भएको छ । भारतको रुसी तेल खरिदमा लगाइएको अतिरिक्त २५ प्रतिशत शुल्क हटाइएको ह्वाइट हाउसका एक अधिकारी...
एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा, परराष्ट्र मन्त्रालयमा गरियो संयुक्त पत्रकार सम्मेलन

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा, परराष्ट्र मन्त्रालयमा गरियो संयुक्त पत्रकार सम्मेलन

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा बृहत् अन्तरराष्ट्रिय महाधिवेशन आगामी फागुन ३० देखि हुने भएको छ । महाधिवेशनको तयारीबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनपछि जारी संयुक्त विज्ञप्तिमा महाधिवेशन आगामी फागुन ३० देखि चैत २ गतेसम्म सम्मेलन तय भएको जनाइएको छ । ‘हाम्रो एकता, समृद्धिको आधार’ नाराका साथ हुने उक्त सम्मेलन आयोजनाका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा एक उच्चस्तरीय आयोजक समिति गठन भइसकेको र समितिको सचिवालयका रूपमा सङ्घको सचिवालयले काम सुरु गरेको जानकारी दिइयो । ‘नेपालीका लागि नेपाली’ भन्ने नाराका साथ सन् २००३ मा सुरु भएको गैरआवासीय नेपाली अभियान विश्वभर रहेका नेपालीलाई एकैसुत्रमा बाँध्ने उद्देश्यका साथ अघि बढिरहेको पनि जनाइएको छ । “सङ्घको १० औँ र ११ औँ महाधिवेशनपछि संस्थाभित्र देखिएका सङ्गठनात्मक जटिलताहरूलाई आत्मसमीक्षा, स...
न्युयोर्क सहरमा चिसोका कारण १४ जनाको मृत्यु

न्युयोर्क सहरमा चिसोका कारण १४ जनाको मृत्यु

अमेरिका । गएको हप्तादेखि न्युयोर्क सहरमा चिसोका कारण १४ जनाको मृत्यु भएको मेयर जोहरान ममदानीले पुष्टि गर्नु भएको छ । प्रारम्भिक अनुसन्धानले चिसोका कारण आठ जनाको मृत्यु भएको पुष्टि गरेको स्थानीय मिडियाले जनाएका छन् । अमेरिकामा जाडोको ठुलो आँधीका कारण जनवरी २५ मा उल्लेख्य मात्रामा हिँउ परी सडक तथा फुटपाथ अवरुद्ध गरेको जनाइएको छ । ममदानीले अहिलेसम्म छ करोड ७० लाख पाउन्ड हिउँ पग्लि सकेको पुष्टि गर्दै हिउँ पगाली उक्त स्थान सफा गर्न १८ करोड ८० लाख पाउन्ड नुन प्रयोग गरिएको बताउनु भएको छ । घरबार विहीन तथा विस्थापितलार्ई चिसो तापक्रमसँग जुझ्न मद्दत गर्न सुरक्षात्मक उपाय अपनाइएको जनाइएको छ । नयाँ आश्रय तथा एकाइ घरबार विहीनका लागि खुला हुने र तातो र सुरक्षित आश्रय न्युयोर्क सहरका पाँच वटा स्थानमा मानिसका लागि खुला रहने जनाइएको छ । २४ सय भन्दा बढी उडान अवरुद्ध संयुक्त राज्य अमेरिकामा फैलिएको शक्ति...