१८ कार्तिक २०८३, बुधबार

अन्तराष्ट्रिय/प्रवास

एनआएएनएको नवनिर्वाचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष डा. केसीको बधाई

एनआएएनएको नवनिर्वाचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष डा. केसीको बधाई

नेपाल । नव निर्वाचित एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का अध्यक्ष डा. हेमराज शर्मा तथा सम्पूर्ण नयाँ कार्यसमिति टिमलाई निवर्तमान अध्यक्ष डा. बद्री केसीले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले विश्वभर रहेका नेपालीहरूको साझा संस्था एनआरएनए एकता, सहकार्य र सामूहिक नेतृत्वको आधारमा अघि बढ्ने संस्था भएको उल्लेख गर्नुभयो। आफ्नो कार्यकालमा संस्थालाई एकीकृत, सुदृढ र संस्थागत रूपमा अघि बढाउन गरिएका प्रयासलाई नयाँ नेतृत्वले अझ मजबुत बनाउँदै सबै पक्षलाई समेटेर संगठनलाई उच्च स्तरमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ । डा. केसीले वर्तमान अवस्थामा व्यक्तिगत वा समूहगत स्वार्थभन्दा माथि उठेर संस्थाको गरिमा, प्रतिष्ठा र साझा उद्देश्यलाई केन्द्रमा राखी एकताबद्ध रूपमा अघि बढ्नु आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले नयाँ कार्यसमितिले समावेशी, जिम्मेवार र दूरदर्...
एनआरएनएको नवनिर्वाचित कार्यसमितिको बैठकले तय गर्यो भावी कार्ययोजना

एनआरएनएको नवनिर्वाचित कार्यसमितिको बैठकले तय गर्यो भावी कार्ययोजना

गैरआवासीय नेपाली संघको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक तथा भावी कार्ययोजना (Future Roadmap of NRNA) सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न प्रेस विज्ञप्ति गैरआवासीय नेपाली संघ (NRAA) अन्तर्राष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक तथा रणनीतिक कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ। डा हेम राज शर्माको अध्य्यक्षतामा बसेको मिति १८ मार्च २०२६ देखि २० मार्च २०२६ सम्म भौतिक उपस्थिति तथा जुम माध्यमबाट सञ्चालन गरिएको उक्त बैठकमा नवनिर्वाचित कार्यसमितिले आफ्नो कार्यकालका आगामी योजनाहरू तथा संस्थागत विषयहरूमा विस्तृत छलफल गरी निम्नानुसार महत्वपूर्ण निर्णयहरू गरेको छ : नेपालमा आर्थिक लगानी १. नेपाल सरकार तथा गैरआवासीय नेपालीहरुको संयुक्त लगानीमा स्थापना भएको १० अर्ब पूँजीको एनआरएन नेपाल डेभलपमेन्ट फण्डको तत्काल संचालनका लागि आवश्यक नियमिक व्यवस्था गर्न नेपाल सरकारलाई अनुरोध गर्ने...
पश्चिम एसियामा रहेका नेपालीहरुलाई सुरक्षित रहन अपिल

पश्चिम एसियामा रहेका नेपालीहरुलाई सुरक्षित रहन अपिल

नेपाल । पछिल्लो समय पश्चिम एसियाका विभिन्न मुलुकका ऊर्जा केन्द्रमा आक्रमण बढेकाले आसपासमा रहेका नेपाली नागरिकलाई सुरक्षित रहन परराष्ट्र मन्त्रालयले अपिल गरेको छ । पश्चिम एसियामा युद्धका कारण हालसम्म एक जना नेपालीको मृत्यु हुनुको साथै २० जना नेपाली घाइते भएका छन् । १९ जना नेपाली सामान्य उपचारपछि फर्किसकेका छन् भने एक जना उपचाररत छन् । शुक्रबार परराष्ट्र मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत हालसम्मको अवस्थाबारे जानकारी दिएको हो । सामाजिक सञ्जालमा युद्धको दृश्य तस्बिर राख्ने सात जना नेपाली पक्राउ परेका छन् । जसमा तीन जना संयुक्त अरब इमिरेट्समा, एक जना कुवेतमा र तीन जना साउदीमा पक्राउ परेको प्रवक्ता लोकबहादुर क्षेत्रीले जानकारी दिनुभयो । यीबाहेक पानीजहाज कम्पनीमा काम गर्ने एक जना नेपालीलाई इरानी सेनाले पक्राउ गरेको पश्चिम एसिया, मध्यएसिया र अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले दिनुभयो...
एनआरएनएको नवनिर्वाचित कार्यसमितिलाई महासंघमा स्वागत

एनआरएनएको नवनिर्वाचित कार्यसमितिलाई महासंघमा स्वागत

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले गैरआवासीय नेपालीहरूको पूँजी, सीप र अनुभवलाई नेपालको आर्थिक विकासर समृद्धिसँग जोड्न आग्रह गर्नुभएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवनिर्वाचित कार्यसमितिलाई शुक्रवार महासंघ सचिवालय, टेकुमा स्वागत गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै गैरआवासीय नेपालीहरूको पूँजी, सीप र अनुभवलाई नेपालको विकासमा लगाउनु पर्ने बताउनु भयो । उहाँले महासंघको पहलमा धेरै नीतिगत सुधारहरु भएकाले अब लगानीको लागि पनि सहज वातावरण बन्दै भउको धारणा राख्नुभयो । “महासंघले नीतिगत तथा प्रक्रियागत जटिलता न्यूनीकरण गर्ने, वैदेशिक लगानी भित्र्याउन अनुकूल वातावरण निर्माण गर्ने तथा अन्य प्रक्रियागत सरलीकरणका विषयमा विषयमा नेपाल सरकारसंग धेरै ठूलो लविङ गरेर थुप्रै नीतिगत सुधारहरु गरेका छौं । हामीले राम्रो सहकार्य गर्न सक...
एनआरएनए नेतृत्वद्वारा परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट

एनआरएनए नेतृत्वद्वारा परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट

नेपाल । नव–निर्वाचित अध्यक्ष डा. हेमराज शर्मा नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलले काठमाडौंस्थित सिंहदरबारमा परराष्ट्र मन्त्रालयसँग शिष्टाचार भेट गरेको छ । उक्त भेटवार्तामा विश्वभर रहेका नेपाली डायस्पोराको हित प्रवर्द्धनमा एनआरएनए र नेपाल सरकारबीचको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा जोड दिइएको थियो। नवनिर्वाचित नेतृत्वका तर्फबाट बोल्दै डा. शर्माले नेपाल सरकारको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै एनआरएनएभित्र एकता कायम गर्न सरकारको भूमिकाको प्रशंसा गर्नुभयो । भेटका क्रममा माननीय मन्त्रीले नवनिर्वाचित एनआरएनए टोलीलाई बधाई दिँदै संघ एकताबद्ध रहँदै १२औं अन्तर्राष्ट्रिय महासभा तथा विश्व सम्मेलन २०८२ सफलतापूर्वक सम्पन्न गरेकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले एनआरएनएका पहलहरूमा मन्त्रालयको निरन्तर सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। नयाँ नेतृत्व तथा सम्पूर्ण टो...
नेपाली मूलका नेपालीलाई नेपालीको पहिचानसहितको परिचयपत्रको व्यवस्था गर्न माग

नेपाली मूलका नेपालीलाई नेपालीको पहिचानसहितको परिचयपत्रको व्यवस्था गर्न माग

नेपाल । एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले विश्वभरका नेपाली मूलका नेपालीलाई नेपालसँग जोड्न र नेपालीको पहिचानसहितको परिचयपत्रको व्यवस्था गर्न माग गरेको छ। परराष्ट्रमन्त्री बालानन्द शर्मालाई मंगलबार भेटेर एएनओको प्रतिनिधिमण्डलले सो माग गरेको हो। एएनओका अन्ताराष्ट्रिय अध्यक्ष डिल्ली अधिकारी, उपाध्यक्ष सुशील पन्त, महासचिव चूडामणि भट्टराई, नेपाल च्याप्टरका अध्यक्ष कृष्णप्रसाद सापकोटा लगायतको प्रतिनिधिमण्डलले मन्त्री शर्मालाई उक्त मागपत्र बुझाएको हो। पत्रमा पुस्तौँदेखि विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिकलाई परिचय पत्रको व्यवस्था गर्न एवं त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थलको आगमन कक्षमा ‘नेपाली ओरिजन’ का लागि छुट्टै डेस्क राख्न पनि माग गरिएको छ। साथै पूर्वी नेपालका विभिन्न शिविरमा बाँकी रहेका झण्डै सात हजारको सङ्ख्याका भुटानी शरणार्थीको मानवअधिकारको रक्षा गरी मानवीय दृष्टिकोणबाट उचित व्यवस...
यी ७ देशमा नेपाली श्रमिकको श्रम स्वीकृति खुल्यो

यी ७ देशमा नेपाली श्रमिकको श्रम स्वीकृति खुल्यो

नेपाल । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), कतार, ओमान, यमन, जोर्डन र टर्कीमा कार्यरत नेपाली श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्ने भएको छ। सो निर्णयले ती देशबाट नेपाल आउन चाहने र बिदामा आएर फर्कन चाहने नेपालीलाई आफ्नो रोजगारदाता देशमा जाने बाटो खुला भएको छ। पश्चिम एसियामा विकसित युद्धका कारण ती देशको श्रम नवीकरण रोकिएको थियो । श्रम मन्त्रालयले इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनानमा कार्यरत नेपालीलाई भने श्रम स्वीकृत स्थगत कायमै छ। ...
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

नेपाल । प्रधानमन्त्री सुशीला कार्कीले प्रवासी नेपालीलाई मातृभूमिमा लगानी गर्न आह्वान गरेकी छिन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ अधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको समापत्र सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले मातृभूमिको माया र जिम्मेवारी सम्झेर नेपालको विकास यात्रामा सक्रिय सहभागिताका साथ लाग्न आह्वान गरेकी हुन् । ‘नेपालको विकास र समृद्धिका लागि सरकारको प्रयास मात्र पर्याप्त हुँदैन । स्वदेश तथा विदेशमा रहेका सबै नेपालीहरूको सहकार्य, लगानी, ज्ञान र नवप्रवर्तन आवश्यक हुन्छ। त्यसैले म सम्पूर्ण गैरआवासीय नेपालीहरूलाई मातृभूमिप्रतिको माया र जिम्मेवारीलाई सम्झेर नेपालको विकास यात्रामा सक्रिय सहभागिताका लागि आह्वान गर्दछु,’ उनले भनिन् । प्रधानमन्त्री कार्कीले एनआरएनएको एकताले नेपालको समृद्धि र विकासका लागि नयाँ मार्गदर्शन दिने विश्वास व्यक्त गरिन् । उनले नेपालको लगानी र अवसरलाई ...
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान

नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान

नेपाल । परराष्ट्रमन्त्री बालानन्द शर्माले नेपालको समृद्धि र विकासका लागि आफ्नो ज्ञान, सीप तथा पुँजीमार्फत योगदान गर्न विश्वभर रहेका गैरआवासीय नेपालीलाई हार्दिक आह्वान गर्नुभएको छ। गैरआवासीय नेपाली संघको १२औँ अधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले सबै गैरआवासीय नेपालीलाई अझै एकताबद्ध भई राष्ट्र निर्माणको अभियानमा सक्रिय रूपमा सहभागी हुन आग्रह गर्नुभयो। मन्त्री शर्माले संघको नयाँ कार्यसमिति अझ सशक्त र प्रभावकारी रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “अब हामी अझ एकताबद्ध भएर अगाडि बढ्नेछौँ र सहकार्य झनै घनिष्ठ हुनेछ।” उहाँले लगानीसँगै ज्ञान, सीप र प्रविधिको आदान–प्रदानमार्फत नेपालको विकासमा योगदान पुर्‍याउन तथा नेपाली भाषा, संस्कृति र पहिचानको अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्न प्राथमिकता दिन गैरआवासीय नेपालीहरूलाई अनुरोध गर्नुभयो। पश...
गैरआवासीय नेपाली विश्व सम्मेलन तथा महाधिवेशन-काठमाडौं घोषणापत्र (दस्तावेज)

गैरआवासीय नेपाली विश्व सम्मेलन तथा महाधिवेशन-काठमाडौं घोषणापत्र (दस्तावेज)

नेपाल । “Our Unity, Base for Prosperity” (हाम्रो एकता, समृद्धिको आधार) भन्ने मूल नाराका साथ २०८२ साल फागुन ३० देखि चैत २ गतेसम्म (१४–१६ मार्च २०२६) काठमाडौंमा आयोजित १२औँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ । ३० नोभेम्बर २०२५ मा प्रधानमन्त्रीको समुपस्थितिमा भएको १० बुँदे सहमतिले संघभित्रको एकता, समझदारी र संस्थागत स्थायित्वको नयाँ आधार तयार गरेको थियो । सोही सहमतिलाई कार्यान्वयन गर्दै आज हामी एकताबद्ध रूपमा यस १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न सफल भएका छौँ। यस प्रक्रियामा मार्गदर्शन र संरक्षकत्व प्रदान गर्नु भएकोमा यो सम्मेलन सम्माननीय प्रधानमन्त्रीप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछ l परराष्ट्रमन्त्री बालानन्द शर्माले उद्घाटन गर्नुभएको सम्मेलन सम्माननीय प्रधानमन्त्री सुशीला कर्कीको उपस्थ...