१८ कार्तिक २०८३, बुधबार

अन्तराष्ट्रिय/प्रवास

एनआरएनएद्वारा परराष्ट्रमन्त्री शिशिर खनाललाई बधाईसहित बुझाइयो माग पत्र

एनआरएनएद्वारा परराष्ट्रमन्त्री शिशिर खनाललाई बधाईसहित बुझाइयो माग पत्र

मितिः २०८२ /१२/ २० माननीय परराष्ट्र मन्त्री श्री शिशिर खनाल ज्यू परराष्ट्र मन्त्रालय, सिंहदरबार, काठमाण्डौ । विषयः हार्दिक बधाई तथा शुभकामना सहित सहजीकरणका लागि सादर अनुरोध । माननीय मन्त्रीज्यू, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको माननीय परराष्ट्र मन्त्रीको रूपमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै यहाँको कार्यकाल सफल, प्रभावकारी तथा ऐतिहासिक रहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं । यहाँको कार्यकालमा गैरआवासीय नेपाली संघ र विदेशमा रहेका नेपालीहरूले सरकारसँग रचनात्मक सहकार्य गर्दै नेपालको विकास प्रक्रियामा दरिलो र विश्वसनीय साझेदारका रूपमा काम गर्न सहज वातावरण बन्ने अपेक्षा राखेका छौँ। विशेष गरी, विदेशमा रहेका नेपालीले आर्जन गरेको अनुभव, ज्ञान, सीप र पूँजीलाई प्रभावकारी रूपमा उपयोग गर्दै समृद्ध, समावेशी र आत्मनिर्भर नेपाल निर्माणमा उनीहरूलाई साझेदार बनाउनेमा ...
विदेशस्थित नेपालीको योगदान उच्च, ठूला लगानी र नीतिगत सहकार्य आवश्यक : परराष्ट्रमन्त्री

विदेशस्थित नेपालीको योगदान उच्च, ठूला लगानी र नीतिगत सहकार्य आवश्यक : परराष्ट्रमन्त्री

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरेको छ। मन्त्रालयमा भएको उक्त भेटका क्रममा परराष्ट्रमन्त्री खनाललाई बधाई तथा शुभकामना दिँदै विदेशमा रहेका नेपालीका विभिन्न मुद्दामा सहजीकरण गर्न अनुरोध गरिएको छ । अध्यक्ष डा. हेमराज शर्मा अध्यक्ष डा. हेमराज शर्माले माननीय परराष्ट्रमन्त्री शिशिर खनालसँगको भेटमा विदेशमा रहेका नेपालीहरूको योगदानको उच्च प्रशंसा गर्दै सरकारले उनीहरूको अधिकार र सुविधा सुनिश्चित गर्न पहल गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष शर्माले भन्नुभयो "विदेशमा रहेका नेपालीहरूले आफ्नो अनुभव, ज्ञान र पूँजी नेपालको विकासमा योगदान पुर्‍याउन सक्ने क्षमता राख्छन् र त्यसका लागि सहजीकरण आवश्यक छ।" उहाँले, गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्यन गर्न, र यस सम्बन्धी कानुनी र संवैधानिक पहल अघि ...
अमेरिकाद्वारा नेपाल भ्रमणसम्बन्धी ‘ट्राभल एडभाइजरी’ परिमार्जन, सतर्कताको तह घटायो

अमेरिकाद्वारा नेपाल भ्रमणसम्बन्धी ‘ट्राभल एडभाइजरी’ परिमार्जन, सतर्कताको तह घटायो

नेपाल । संयुक्त राज्य अमेरिकाले नेपालका लागि जारी गर्दै आएको यात्रा मार्गनिर्देशन (ट्राभल एडभाइजरी) मा सुधार गर्दै सतर्कताको तह घटाएको छ । सन् २०२५ सेप्टेम्बरदेखि सुरु भएको देशव्यापी प्रदर्शनहरू साम्य भई सुरक्षा अवस्था स्थिर बनेपछि अमेरिकाले आफ्नो नागरिकका लागि ‘एडभाइजरी’ अपडेट गरेको हो । अमेरिकी विदेश मन्त्रालयद्वारा जारी नयाँ सार्वजनिक सूचना अनुसार नेपालमा सुरक्षा स्थिति सामान्य बन्दै गएको उल्लेख छ । यसअघि उच्च जोखिम देखाइएकोमा अहिले यसलाई घटाएर ‘थप सावधानी अपनाउनु पर्ने’ तहमा झारिएको छ । अद्यावधिक गरिएको सारांशमा भनिएको छ, ‘सेप्टेम्बर २०२५ बाट सुरु भएका प्रदर्शनहरू रोकिएका छन् र सुरक्षा अवस्था स्थिर छ । तर, सहरहरूमा अझै पनि स्थानीय स्तरमा सानातिना विरोध प्रदर्शन हुनसक्ने सम्भावनालाई नकार्न सकिँदैन ।’ अमेरिकी नागरिकहरूलाई चेतावनी दिँदै भनिएको छ– प्रदर्शनहरू कुनै पूर्वसूचना बिना हुनसक्...
प्रधानमन्त्री नियुक्त हुनुभएकोमा बालेन्द्र शाहलाई एनआरएनएको बधाइ

प्रधानमन्त्री नियुक्त हुनुभएकोमा बालेन्द्र शाहलाई एनआरएनएको बधाइ

बधाई तथा शुभकामना संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको धारा ७६(१) अनुसार नेपालको सम्मनानीय प्रधानमन्त्रीको रूपमा नियुक्त हुनुभएकोमा श्री बालेन्द्र शाहज्यू लाई गैरआवासीय नेपाली संघको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछौं र यहाँको सफल, प्रभावकारी तथा ऐतिहासिक कार्यकालको शुभकामना व्यक्त गर्दछौं। यहाँको कार्यकालमा गैरआवासीय नेपाली संघ र विदेशमा रहेका नेपालीहरूले सरकारसँग रचनात्मक सहकार्य गर्दै नेपालको विकास प्रक्रियामा दरिलो र विश्वसनीय साझेदारका रूपमा योगदान पुर्याउने अपेक्षा राखेका छौँ। विशेष गरी, विदेशमा रहेका नेपालीले आर्जन गरेको अनुभव, ज्ञान, सीप र पूँजीलाई प्रभावकारी रूपमा उपयोग गर्दै समृद्ध, समावेशी र आत्मनिर्भर नेपाल निर्माणमा उनीहरूलाई साझेदार बनाउनेमा विश्वस्त छौँ। यस महत्वपूर्ण जिम्मेवारीमा यहाँको नेतृत्वले सुशासन, भ्रष्टाचारमुक्त पारदर्शिता र दिगो विकासत...
एनआरएनए लक्जेम्बर्गमा नयाँ कार्यसमिति गठन

एनआरएनए लक्जेम्बर्गमा नयाँ कार्यसमिति गठन

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) लक्जेम्बर्गको राष्ट्रिय समन्वय परिषद् (एनसीसी) नयाँ कार्यसमिति गठन गरिएको छ। संघका अध्यक्ष डा. हेमराज शर्मा को प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा दुर्गा थापाको अध्यक्षतामा कार्यसमिति चयन गरिएको हो। अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) सदस्यमा युद्ध थापा लाई चयन गरिएको छ। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष शर्माले नवगठित समितिले लक्जेम्बर्गस्थित नेपाली समुदायलाई एकताबद्ध गर्दै सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले महिलाको नेतृत्व र दोस्रो पुस्ताको सहभागितालाई विशेष रूपमा सराहना गर्नुभयो। कार्यक्रममा निवर्तमान तथा पूर्व पदाधिकारीहरू र विभिन्न व्यक्तित्वहरूको सम्मानजनक उपस्थिति रहेको थियो।...
इरानसँग द्वन्द्व अन्त्य गर्ने उद्देश्यले १५ बुँदे अमेरिकाद्वारा युद्धविराम प्रस्ताव

इरानसँग द्वन्द्व अन्त्य गर्ने उद्देश्यले १५ बुँदे अमेरिकाद्वारा युद्धविराम प्रस्ताव

अमेरिका । अमेरिका सरकारले इरानसँग जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले १५ बुँदे युद्धविराम प्रस्ताव अघि सारेको छ । यो प्रस्ताव पाकिस्तानमार्फत इरानसम्म पुर्‍याइएको बताइएको छ, जसले अमेरिका र इरानबिच वार्ता पुनः सुरु गराउन मध्यस्थताको भूमिका खेल्ने सङ्केत दिएको छ । यसैबिच, अमेरिका मध्यपूर्व क्षेत्रमा आफ्नो सैन्य उपस्थिति थप सुदृढ बनाउने तयारीमा देखिएको छ । करिब ५० हजार सैनिक पहिले नै क्षेत्रमा तैनाथ रहेका बेला थप करिब एक हजार सैनिक पठाउने तयारी गरिएको छ । साथै, समुद्री सैनिकहरूको ठुलो सङ्ख्या पनि परिचालन गरिँदैछ । यसलाई भविष्यमा आवश्यक निर्णय लिन लचिलोपन कायम राख्ने रणनीतिका रूपमा हेरिएको छ । यद्यपि कूटनीतिक प्रयास तीव्र बने पनि परिस्थिति जटिल नै रहेको छ ।...
एनआरएनएभित्र एनसीसी एकता प्रक्रिया सुरु, फ्रान्सबाट शुभारम्भ

एनआरएनएभित्र एनसीसी एकता प्रक्रिया सुरु, फ्रान्सबाट शुभारम्भ

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र राष्ट्रिय समन्वय परिषद् (एनसीसी) एकता प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । नवनिर्वाचित अध्यक्ष डा. हेमराज शर्माले यूरोप भ्रमणका क्रममा एनसीसी एकताको शुभारम्भ फ्रान्सबाट गर्नुभएको हो । काठमाडौंमा ‘फेस–टु–फेस’ बैठक सम्पन्न गरिसकेपछि अध्यक्ष शर्मा फ्रान्स पुग्नुभएको थियो । त्यहाँ लामो समयदेखि समानान्तर रूपमा सञ्चालन हुँदै आएका दुई समूहबीच सहमति जुटाउँदै एकीकृत कार्यसमिति गठन गरिएको छ । भेलाले दिलीप गुरुङको नेतृत्वमा एनआरएनए फ्रान्सको नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्ष डा शर्मा ले “आईसीसी एकता पश्चात् एनसीसी एकता आफ्नो प्राथमिकतामा रहेको” उल्लेख गर्नुहुँदै फ्रान्सबाट सुरु भएको एकता प्रक्रिया अन्य देशहरूमा समेत क्रमशः विस्तार हुने विश्वास व्यक्त गर्नुभएको छ ।...
NRNA र वैदेशिक रोजगार व्यवसायी संघबीच महत्वपूर्ण भेटघाट

NRNA र वैदेशिक रोजगार व्यवसायी संघबीच महत्वपूर्ण भेटघाट

नेपाल । गैरआवासीय नेपाली संघ (NRNA) र वैदेशिक रोजगार व्यवसायी संघबीच सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले महत्वपूर्ण भेटघाट सम्पन्न भएको छ। भेटघाटमा विशेषगरी मध्यपूर्व क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमका कारण समस्यामा परेका नेपाली नागरिकको उद्धार, राहत तथा समन्वयका विषयमा विस्तृत छलफल भएको छ। गैरआवासीय नेपाली संघ (NRNA) का वरिष्ठ उपाध्यक्ष रोबिन शेरचनले संकट व्यवस्थापनलाई प्रभावकारी बनाउन NRNA भित्र समर्पित संयन्त्र निर्माण गरिने जानकारी दिनुभयो। उहाँले संकटका बेला छिटो आपतकालीन उद्धार कार्य र सहयोग पुर्‍याउन संस्थागत सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो। त्यसैगरी, संघका अध्यक्ष भुवन गुरुङले मध्यपूर्वमा रहेका नेपालीहरूको अवस्था संवेदनशील रहेको उल्लेख गर्दै उनीहरूको सुरक्षा र उद्धारका लागि दुवै संस्थाबीच समन्वित प्रयास आवश्यक रहेको बताउनुभयो। छलफलका क्रममा दुवै पक्षले विदेशमा संकट...
ट्रान्जिटमा रोकिएका ३३ नेपालीको साउदीमार्फत गन्तव्यतर्फ प्रस्थान

ट्रान्जिटमा रोकिएका ३३ नेपालीको साउदीमार्फत गन्तव्यतर्फ प्रस्थान

नेपाल । कुवेतमा हवाई सेवा अवरुद्ध भएपछि ट्रान्जिटमा अलपत्र परेका नेपाली यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्दै गन्तव्यतर्फ पठाइएको छ। सो क्रममा ३३ जना नेपालीलाई साउदी अरेबियामार्फत गन्तव्यमा पठाइएको छ । कुवेतस्थित नेपाली कूटनीतिक नियोगको समन्वयमा ती यात्रुहरूलाई स्थलमार्ग प्रयोग गरी साउदीतर्फ पठाइएको हो। हवाई उडान प्रभावित भएपछि विभिन्न देशतर्फ प्रस्थान गर्ने क्रममा ट्रान्जिटमै रोकिएका यात्रुहरूलाई साउदीस्थित नेपाली नियोगसँगको सहकार्यमा व्यवस्थापन गरिएको जनाइएको छ। साउदी अरेबियामा नियमित हवाई सेवा सञ्चालनमा रहेकाले त्यही मार्ग प्रयोग गरी यात्रुहरूलाई अन्तिम गन्तव्यतर्फ पठाउने व्यवस्था मिलाइएको हो। यसअघि पनि कुवेत ट्रान्जिटमा अड्किएका ६९ जना नेपालीलाई रियादस्थित नेपाली नियोगसँगको समन्वयमा स्थलमार्ग हुँदै साउदी पुर्‍याएर त्यसपछि हवाई मार्गबाट गन्तव्यतर्फ पठाइएको उल्लेख छ। कुवेत र कतार द...
एनआरएनका लागि त्रिभुवन विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा अलग्गै डेस्क राखिने

एनआरएनका लागि त्रिभुवन विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा अलग्गै डेस्क राखिने

नेपाल । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवम् गैर आवासीय नेपालीहरुका लागि अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा एउटा अलग्गै डेस्क राखिने भएको छ । विश्वका विभिन्न मुलुकमा छरिएर रहेका गैरआवासीय नेपाली (एनआरएनए) र नेपाली मूलका विदेशी नागरिकहरुको नेपाली भाषा संस्कृति र नेपाली माटोप्रतिको आत्मियतालाई प्रगाढ बनाउन र नेपालमा पर्यटन एवम् लगानी प्रवर्धन गर्न सो निर्णय गरिएको अध्यागमन विभागले जनाएको छ । सो विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई विमानस्थलको आगमन र प्रस्थान कक्षमा अलग्गै डेस्कको व्यवस्थापन गर्न आइतबार पत्राचार गरेको छ । विश्वमा रहेका नेपाली मूलका नेपालीहरुको संस्था एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले यसका लागि निकै लामो समयदेखि नेपाल सरकारको ध्यानाकर्षण गराउँदै र माग गर्दै आएको थियो । गृह प्रशासनले आइतबार यो निर्णय गरेपछि उक्त संस्थ...