NRNA र वैदेशिक रोजगार व्यवसायी संघबीच महत्वपूर्ण भेटघाट
नेपाल । गैरआवासीय नेपाली संघ (NRNA) र वैदेशिक रोजगार व्यवसायी संघबीच सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले महत्वपूर्ण भेटघाट सम्पन्न भएको छ। भेटघाटमा विशेषगरी मध्यपूर्व क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमका कारण समस्यामा परेका नेपाली नागरिकको उद्धार, राहत तथा समन्वयका विषयमा विस्तृत छलफल भएको छ।
गैरआवासीय नेपाली संघ (NRNA) का वरिष्ठ उपाध्यक्ष रोबिन शेरचनले संकट व्यवस्थापनलाई प्रभावकारी बनाउन NRNA भित्र समर्पित संयन्त्र निर्माण गरिने जानकारी दिनुभयो। उहाँले संकटका बेला छिटो आपतकालीन उद्धार कार्य र सहयोग पुर्याउन संस्थागत सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो।
त्यसैगरी, संघका अध्यक्ष भुवन गुरुङले मध्यपूर्वमा रहेका नेपालीहरूको अवस्था संवेदनशील रहेको उल्लेख गर्दै उनीहरूको सुरक्षा र उद्धारका लागि दुवै संस्थाबीच समन्वित प्रयास आवश्यक रहेको बताउनुभयो।
छलफलका क्रममा दुवै पक्षले विदेशमा संकट...









