१२ बैशाख २०८३, शनिबार

गैरआवासीय नेपाली सम्बन्धी विधेयकको मस्यौदामाथि सुझाव दिन अनुरोध (मस्यौदासहित)

कोलोराडोखबर संवाददाता , April 25th, 2026

अमेरिका । नेपाल सरकारको परराष्ट्र मन्त्रालयबाट प्राप्त गैरआवासीय नेपाली सम्बन्धी विधेयकको मस्यौदा माथि आफ्ना अमूल्य राय तथा सुझावहरू दिन अनुरोध गरिएको छ ।

यो विधेयक गैरआवासीय नेपाली संघले ल्याएको नभई नेपाल सरकारकै पहलमा तयार गरिएको हो । नेपाल सरकारले उक्त मस्यौदाका सम्बन्धमा गैरआवासीय नेपालीहरूबाट राय तथा सुझाव माग गरिरहेको छ ।

यसै सन्दर्भमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाले आफ्ना सम्पूर्ण सदस्यहरूबाट सुझाव संकलन गर्न सूचना प्रकाशित गरेको एनआरएनए एनसीसी युएसएका अध्यक्ष सतेन्द्र शाहले उल्लेख गरेका छन् ।

मस्यौदाको पूर्णपाठका लागि तलको लिंकमा क्लिक गर्नुहोस्ः

https://drive.google.com/…/1CfZWeRIjga5liUKyVtn…/view…

प्रतिक्रिया दिनुहोस्