१३ कार्तिक २०८२, बिहीबार

स्वास्थ्य

एनआरएनएद्वारा सेती प्रादेशिक अस्पताललाई १ करोड २५ लाखको अक्सिजन प्लान्ट हस्तान्तरण

एनआरएनएद्वारा सेती प्रादेशिक अस्पताललाई १ करोड २५ लाखको अक्सिजन प्लान्ट हस्तान्तरण

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सेती प्रादेशिक अस्पताललाई १ करोड २५ लाख रुपैयाँको अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । बिहीबार एनआरएनए अध्यक्ष डा. बद्री केसीले धनगढीमा आयोजित एक समारोहकाबीच उक्त अक्सिजन प्लान्ट अस्पतालका अध्यक्ष नरबहादुर शाहलाई हस्तान्तरण गर्नुभयो । प्लान्टको बिहीबार सामाजिक विकास मन्त्री झपटबहादुर साउदले उद्घाटन गर्नुभयो । अक्सिजन स्थापनाका लागि एनआएरएनएबाट ठुलो सहयोग भएको भन्दै मन्त्री साउदले धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले सुदूरपश्चिमको स्वास्थ्यलाई सेती प्रादेशिक अस्पतालले थेगेको बताउनुभयो । मन्त्री साउदले प्रदेशको बेरोजगारी र गरिबी अन्त्यका लागि सुदूरपश्चिममा केही परियोजना सञ्चालन गर्न एनआरएनएलाई आग्रह गर्नुभएको छ । उहाँले सुदूरपश्चिममा जनशक्तिको अभाव नरहेको उल्लेख गर्नुहुँदै बेरोजगारी समस्याका कारण प्रदेशको श्रम भारत पलायन भइरहेको उल्लेख गर्नुभयो । अध्य...
बीडीए मासाच्युसेट्स च्याप्टरद्वाराआयोजित कार्यक्रममा ४४ जनाले गरे रक्तदान

बीडीए मासाच्युसेट्स च्याप्टरद्वाराआयोजित कार्यक्रममा ४४ जनाले गरे रक्तदान

सुपेन्द्र बस्नेत (बोस्टन, अमेरिका) । अमेरिकाको बोस्टन सहरमा ब्लड डोनर्स अफ अमेरिका (बीडीए), मासाच्युसेट्स च्याप्टरद्वारा आयोजित रक्तदान कार्यक्रममा ४४ जनाले रक्तदान गरेका छन्। कार्यक्रम गत जनवरी २० तारिख शनिवारका दिन 594 Washington Street, Braintree, MA-02184 स्थित पशुपतिनाथ बुद्ध मन्दिर रहेको सामुदायिक भवनमा आयोजना गरिएको थियो । रक्तदान, जीवन दान’ भन्ने कथनलाई आत्मसात् गर्दै आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा, मासाच्युसेट्स जनरल हस्पिटलको ‘रक्तदान, जीवन दान’ भन्ने भनाइलाई चरितार्थ पार्ने उद्देश्यले आयोजित उक्त कार्यक्रमलाई मासाच्युसेट्स जनरल हस्पिटलले प्राविधिक सहयोग गरेको थियो । प्रतिकूल मौसमका बावजूद पनि बिहान ९ बजेदेखि अपरान्ह २ बजेसम्म सञ्चालन भएको कार्यक्रममा रक्तदाताहरुको उत्साहजनक उपस्थिति रहेको आयोजकले जनाएको छ । बीडीए मासाच्युसेट्स च्याप्टरका अध्यक्ष राम थापाले मौसम प्रतिक...
मधेश प्रदेशमा पनि मोबाईल ब्लड बस हस्तान्तरण, ‘अब प्रत्येक प्रदेशमा एक मोबाइल ब्लड बस’

मधेश प्रदेशमा पनि मोबाईल ब्लड बस हस्तान्तरण, ‘अब प्रत्येक प्रदेशमा एक मोबाइल ब्लड बस’

नेपाल । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए, आइसीसी) ले मधेश प्रदेशमा मोबाईल ब्लड बस हस्तान्तरण गरेको छ । संघले विहीवार जनकपुरमा आयोजित एक समारोहकाबीच गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले मधेश प्रदेश स्वास्थ्य मन्त्री विरेन्द्र सिहं र नगरप्रमुख मनोजकुमार शाहको उपस्थितिमा स्थानीय नेपाल रेडक्रस सोसाईटी धनुषालाई सो बसको चावी हस्तान्तरण गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डा. केसीले जानकी मन्दिरले गर्दा मधेश प्रदेश पुन्यभूमि रहेको बताए । उनले मोबाइल ब्लड बसको सानो सहयोगले मानिसहरुको ज्यान जोगाउन ठूलो सहयोग पुग्ने विश्वास गरे । कार्यक्रममा प्रदेश स्वास्थ्य मन्त्री विरेन्द्र सिहले एनआरएनएले प्रदान गरेको मोबाइल ब्लड बसको सहयोगको लागि धन्यवाद दिए । कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेमराज शर्माले गैरआवासीय नेपाली संघको...
एनआरएनएद्वारा कोशी प्रदेशमा ७० लाख रुपैयाँको मोबाईल ब्लड बस हन्तान्तरण

एनआरएनएद्वारा कोशी प्रदेशमा ७० लाख रुपैयाँको मोबाईल ब्लड बस हन्तान्तरण

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोशी प्रदेशको धरान रेडक्रस सोसाईटीलाई मोबाईल ब्लड बस हस्तान्तरण गरेको छ । धरानमा बुधबार एक कार्यक्रम गरि गैरआवासीय नेपाली संघले सुनसरी जिल्ला शाखाद्वारा संचालित रक्तसंचार सेवा केन्द्र धरानको लागि ब्लड मोबाइल बस हस्तान्तरण गरिएको हो । ७० लाख रुपैयाँको लागतमा खरिद गरिएको सो मोबाइल ब्लड बस संघका अध्यक्ष डा. बद्री केसी र कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले रेडक्रस सोसाइटी सुनसरीका अध्यक्ष उमेश थापालाई हस्तान्तरण गर्नुभएको हो । ब्लड बस हस्तान्तरणमा कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्कीले गैरआवासीय नेपालीहरुलाई कोशी प्रदेशको समृद्धिको लागि सहकार्य गर्न आग्रह गर्नुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले कोशी प्रदेशमा लगानीका प्रशस्त सम्भवना रहेको बताउदै समृद्ध कोशीको लागि लगानीका सम्भावित क्षेत्रमा सहकार्य गर्न गैरआवासीय नेपालीहरुसंग मिलेर...
अनेसास स्वास्थोपचार कोषको घोषणाः पूर्व केन्द्रीय सचिव मानन्धरलाई सहयोग प्रदान

अनेसास स्वास्थोपचार कोषको घोषणाः पूर्व केन्द्रीय सचिव मानन्धरलाई सहयोग प्रदान

नेपाल । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का पूर्व सचिव हरि मानन्धरलाई २ हजार अमेरिकी डलर आर्थिक सहयोग गरिएको छ । विगत तीन वर्षदेखि किड्नीमा समस्या आई डाइलासिस गराइरहेका मानन्धरलाई अनेसासले दाताहरूबाट संकलित रकम सहयोग गरेको हो । विभिन्न देश विदेशमा रहनुभएका अनेसासका पदाधिकारी, सदस्यहरू, च्याप्टर अध्यक्ष एवं अन्य पदाधिकारी एवं सदस्यलगायतका साहित्यानुरागीहरूबाट संकलित २००० डलर प्रदान गरिएको हो । अनेसासको स्थापना दिवसको आरम्भ वर्षको अवसरमा अनेसासका केन्द्रीय महासचिव विमला निरौला, अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसी सहितको टोलीले मानन्धरको निवासस्थानमा गई हस्तान्तरण गरेको थियो । अनेसासका अध्यक्ष गोवर्द्धन पूजा तथा महासचिव विमला निरौला हस्ताक्षरित स्वास्थ्यलाभको कामनाको पत्रसहित सहयोग हस्तान्तरण गरिनुका साथै महासचिव निरौलाद्वारा सहयोगी दाताहरुको नाम पढेर सुनाइएको थियो ...
चिकित्सक डा. गोविन्द केसी माइतीघरबाट पक्राउ

चिकित्सक डा. गोविन्द केसी माइतीघरबाट पक्राउ

नेपाल । चिकित्सक डा. गोविन्द केसीलाई मंगलबार प्रहरीले माइतीघरबाट पक्राउ गरेको छ । केसीले विगतमा भएका सहमति पालना गनुपर्ने, निषेधित क्षेत्र हटाउनुपर्ने, संक्रमणकालीन न्याय प्रक्रिया तत्काल टुंगोमा पुर्‍याउनुपर्ने र चिकित्सा शिक्षा आयोगका निर्देशकहरुको नियुक्ति अगाडि बढाउनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिंदा उनी पक्राउ परेका हुन् । ...
कोरोनाको नयाँ भेरिएन्ट नेपालमा पनि देखियो

कोरोनाको नयाँ भेरिएन्ट नेपालमा पनि देखियो

नेपाल । विश्वका विभिन्न देशमा देखिएको कोभिड–१९ को नयाँ सब–भेरिएन्ट ‘जेएन. १’ नेपालमा पनि देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा पहिलो पटक जेएन. १ को संक्रमण पुष्टि भएको जानकारी दिएको हो । ७ वटा नमुनामा जेएन. १ पुष्टि भएको छ । मन्त्रालयले कोभिड–१९ को सब–भेरिएन्टको बढ्दो संक्रमणलाई ध्यान दिँदै सीमा नाकाका हेल्थ डेस्कलाई आवश्यक स्क्रिनिङ गराउन अनुरोधसमेत गरेको छ ।...
बंगलादेशमा यो वर्ष एचआईभी/ एड्सबाट २६६ जनाको मृत्यु

बंगलादेशमा यो वर्ष एचआईभी/ एड्सबाट २६६ जनाको मृत्यु

एजेन्सी । बंगलादेशमा सन् २०२३ मा एचआईभी/ एड्स सङ्क्रमणका कारण २६६ जनाको मृत्यु भएको छ। बंगलालादेशको स्वास्थ्य सेवा महानिर्देशनालयको राष्ट्रिय क्षयरोग, कुष्ठरोग तथा एड्स नियन्त्रण कार्यक्रमले बुधबार पत्रकार सम्मेलन आयोजना गरी यो वर्षको डिसेम्बर २७ सम्म एड्सबाट १ हजार २७६ संक्रमितहरू रेकर्ड गरिएको बताएको छ। यो वर्ष संक्रमितमध्ये एक हजार ११८ बंगलादेशी नागरिक र बाँकी १५८ जना म्यानमारका रोहिंग्या बङ्गलादेशको दक्षिणपूर्वी कक्स बजार जिल्लाका विभिन्न शिविरहरूमा बसोबास गरिरहेकाहरू रहेको बताएको बताइएको छ। सन् २०२२ मा देशभर २३२ जनाको मृत्यु र ९४७ संक्रमित पहिचान भएको थियो । बंगलादेशमा एड्सको पहिलो सङ्क्रमित सन् १९८९ मा पत्ता लागेको थियो । हालसम्म १० हजार ९८४ सङ्क्रमितको पहिचान भएको र ती मध्ये २ हजार ८६ जनाको मृत्यु भएको छ।...
मरेपछि खरानी भएर जाने अंगहरु दान गर्न प्रधानमन्त्री दाहालको अपिल

मरेपछि खरानी भएर जाने अंगहरु दान गर्न प्रधानमन्त्री दाहालको अपिल

नेपाल । प्रधानमन्त्री पुष्पकमल दाहालले मरेपछि खरानी भएर जाने अंगहरु दान गर्न अपिल गरेका छन् । अंग प्रत्यारोपणबारे सकारात्मक दृष्टिकोण बनाई आ–आफ्नो ठाउँबाट योगदान गर्न सम्पूर्ण नेपालीहरूमा अपील गरेका हुन् । शनिबार बिहान काठमाडौंमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अंग प्रत्यारोपण समाज नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । ‘सबै दाजुभाइ दिदीबहिनीहरूमा म आह्वान गर्दछु– मरेपछि खरानी भएर जाने अंगहरू दान गर्दा धेरै मानिसले पुनर्जीवन पाउँछन्। मानव हुनुको नाताले कलेजो, मृगौला, मुटु, फोक्सो लगायतका अंग फेल भएर मृत्युको मुखमा पुगेका बिरामीहरूलाई बचाउन प्रयास गर्नु सबै मानवको साझा जिम्मेवारी हो। तसर्थ, अंग प्रत्यारोपणको यस राष्ट्रिय अभियानबारे सकारात्मक दृष्टिकोण बनाई आ–आफ्नो ठाउँबाट योगदान गर्न सम्पूर्ण नेपालीहरूमा हार्द...
दुईवटा पाठेघर भएकी अमेरिकाकी महिलाले जुम्ल्याहा छोरी जन्माइन्

दुईवटा पाठेघर भएकी अमेरिकाकी महिलाले जुम्ल्याहा छोरी जन्माइन्

एजेन्सी । अमेरिकाको अलाबामाकी दुईवटा पाठेघर भएकी ३२ वर्षीया महिलाले जुम्ल्याहा छोरीलाई जन्म दिएकी छन् । ​ केल्सी ह्याचरले आफ्नो इन्स्टाग्राम अकाउन्ट ‘डबलुह्याचलिंग्स’ मा आफ्नो कहानी लेखेकी छन्, “हाम्रा चमत्कारिक बच्चाहरू जन्मेका छन् ।”​ रोक्सी लैला नामकी जेठी छोरीको जन्म गत मङगलवार भएको हो भने अर्की जुम्ल्याहा शिशु रिबेल लेकेनको बुधबार बिहान भएको हो। आमा र छोरीहरूलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।...