ब्लड डोनर्स अफ अमेरिका (बीडीए) को बार्षिक साधारण सभा सम्पन्न
नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । ब्लड डोनर्स अफ अमेरिका (बीडीए) को केन्द्रीय बार्षिक साधारण सभा नेभाडाको लस भेगासमा सम्पन्न भएको छ । गत शनिबार अगष्ट १७ का दिन होटेल पालेश स्टेसनको सभा कक्षमा विभिन्न राज्यहरुबाट आएका सहभागीहरु बिच सम्पन्न भएको हो ।
बीडीएको इतिहासमा पहिलो पटक सदस्यहरु प्रत्येक्ष उपस्थित भै सम्पन्न बार्षिक साधारण सभा बिहान १० बजे देखि बेलुका ५ः३० बजे म्म संचालन भएको थियो । अध्यक्ष भुषणलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रम महासचिब डा. सिरोज पोखरेले संचालन गरेका थिए । अध्यक्ष भुषणलाल श्रेष्ठ र पूर्व अध्यक्ष डा. नन्दन रेग्मीद्धारा संयुक्त रुपमा पानसमा बत्ति बालेर कार्यक्रम उद्धाटन गरेपछि अध्यक्ष्य श्रेष्ठले सम्पूर्ण उपस्थित सहभागीहरुलाई स्वागत गरेका थिए ।
कार्यक्रमको पहिलो सत्रमा उपस्थित सहभागीहरुको माझ वर्तमान कार्य समितिका केन्दीय सदस्य तथा टेक्सास राज्यका चाप्टर अध...









