२१ बैशाख २०८१, शुक्रबार

व्यवसायी प्रसाईंको पक्षमा सर्वोच्चको फैसला, मेडिकल कलेजको लाइसेन्स दिन आदेश

कोलोराडोखबर संवाददाता , March 26th, 2024

नेपाल । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्षमा सोमबार सर्वोच्च अदालतले फैसला सुनाएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पक्षमा फैसला गरेको छ ।

झापाको विर्तामोडस्थित बीएण्डसी अस्पताललाई चिकित्सा शिक्षा आयोगले मेडिकल कलेज सञ्चालनको स्वीकृति नदिएपछि प्रसाईंले २०७७ सालमा रिट दायर गरेका थिए ।

न्यायाधीशहरु कुमार चुँडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासले सोमबार गरेको निर्णयसँगै प्रसाईंले मेडिकल कलेजको लाइसेन्स पाउन बाटो खुला भएको छ ।

आफूले लाइसेन्स नपाएर अन्यायमा परेको भन्दै उनी आक्रोशित र आन्दोलित हुँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्