२८ बैशाख २०८१, शुक्रबार

बेलायतका राजा चार्ल्सलाई क्यान्सर देखियो

कोलोराडोखबर संवाददाता , February 7th, 2024

बेलायत । राजा चार्ल्सलाई एक प्रकारको क्यान्सर भएको पत्ता लागेको बकिङ्गम दरबारले जनाएको छ ।

प्रस्टेट बढेपछि परीक्षण गराउँदा क्यान्सर पत्ता लागेको भए पनि यो प्रस्टेट क्यान्सर नभएको जनाइएको छ ।

क्यान्सरको प्रकार खुलाइएको छैन। तर दरबारले प्रकाशित गरेको वक्तव्यअनुसार राजाले सोमवारबाट ‘नियमित उपचार’ थालेका छन् ।

पचहत्तर वर्षीय राजा सार्वजनिक गतिविधिमा सहभागी हुने छैनन् । उनको उपचारको समयमा रानी कमिला एवं राजकुमार विलियमले राजकीय दायित्वहरू निर्वाह गर्ने छन् । –बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्