२१ बैशाख २०८१, शुक्रबार

मनमोहन मेमोरियल क्याम्पसको १७औं बार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

कोलोराडोखबर संवाददाता , February 21st, 2024

नेपाल । मनमोहन मेमोरियल इन्स्टिच्यूट अफ हेल्थ साइन्सेज क्याम्पसको १७औं बार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष डा. बंशीधर मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि संघीय संसद शिक्षा तथा स्वास्थ्य समितिका सभापति भानुभक्त जोशीले हाल बिद्यार्थी बिदेश जाने खालको प्रकृयामा उल्लेख्य सुधार हुने गरि शिक्षा समितिले कार्य गरिरहेको कुरा व्यक्त गर्नु हुँदै क्याम्पसको १७औ बार्षिकोत्सवको सफलताको शुभकामना दिदै संस्थाले गुणस्तरीय शैक्षिक पठन पाठन गरेकोमा सस्थामा सम्लग्न सम्पूर्णमा हार्दिक धन्यवाद ब्यक्त गरे ।

त्यस्तै चिकित्सा शास्त्र अध्ययन सस्थानका निमित्त डिन प्राडा प्रदिप बैधले क्याम्पस हाम्रो सम्वन्धनमा संचालन रहेको र क्याम्पस परिवारको एउटा हिस्साको रुपमा लिएको र यहाँका बिद्यार्थीहरु अव्वल रहेको र यहाँको शिक्षा गुणस्तरिय रहेको बताए ।

त्यस्तै नेपाल स्वास्थ सेवा सहकारी संस्था लिमिटेडका उपाध्यक्ष जीवनप्रकाश शर्माले नेपालको हालको उच्च शिक्षालाई सिप संग जोड्न पर्ने र देशमा केहि हुँदैन भन्ने नकारात्मक भाष्य परिवर्तन गर्न आआफ्नो ठाउंवाट भूमिका खेल्न अनुरोध गर्नु भयो ।कार्यक्रममा क्याम्पस प्रमुख डा. धर्मप्रसाद खनालले क्याम्पसको शैक्षिक गतिविधि सहित कार्यक्रममा पाल्नु हुने सम्पूर्णमा स्वागत मन्तव्य राख्नु भयो भने कार्यक्रमको समापन सस्थाका अध्यक्ष डा. वंशीधर मिश्रले क्याम्पसले १७ बर्षको छोटो अबधीमा गरेका महत्वपूर्ण उपलब्धिहरुको चर्चा गर्दै संस्थालाइ उत्कृष्ट शैक्षिक सस्था बनाउन तथा बिदेशी सस्थाहरुसंग सहकार्य गर्न सहयोग पुर्याउनु हुने सबैलाइ धन्यवाद व्यक्त गरे ।

सोहि अवसरमा यस बर्षको बर्ष शिक्षकको रुपमा सहप्राध्यापक बमिता बुढाथोकी र बर्ष कर्मचारीको रुपमा लेखा प्रमुख राधिका लुइटेललाई सम्मानित गरिएको थियो । त्यस्तै सोही कार्यक्रममा बार्षिक परीक्षामा उत्कृष्ट हुने बिद्यार्थीहरु सम्मान तथा मनमोहन स्मृति, हरि देउसा राई, बिष्णु भट्टराइ छात्रवृत्ति प्रदान गरिएको थियो ।

क्याम्पसको बार्षिक रुपमा निरन्तर प्रकाशन हुने सोभिनियरको समेत बिमोचन गरिएको थियो भने स्नातकोतर तहका प्रथम बर्षमा उत्कृष्ट अंक ल्याउने बिद्यार्थीहरुलाई अनुसन्धान कार्यमा सहयोग पुराउने उद्धेश्यले रिसर्च ग्राण्ट समेत वितरण गरिएको थियो । क्याम्पसले आफ्नो वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताह व्यापी खेलकुद र रक्तदान कार्यक्रम समेत सफलतापूर्वक सम्पन्न गरिसकेको र अन्तिम दिन बिद्यार्थीहरुले सास्कृतिक कायक्रमको आयोजना गरेका थिए ।

कार्यक्रममा पूर्व सांसद शंकर पाण्डे, नेपाल स्वास्थ्य सेवा सहकारी सस्थाका उपाध्यक्ष इ. गम्भिरलाल श्रेष्ठ, सहसचिव हरिकुमार श्रेष्ठ, लेखा समिति संयोजक दुर्गा आर्चाय, मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका डीन प्रा. दुर्गा मिश्र, नर्सिङ परिषद्का अध्यक्ष सरला केसी, नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिष्टार लिलानाथ भण्डारी, मनमोहन मेमोरिय शिक्षण अस्पताल निर्देशक डा. मुज श्रेष्ठ, क्याम्पस व्यवस्थापन समितिका सदस्यहरु प्रा बिष्णु भट्टराइ, डा रामराज पन्थी, नेको नेपाल का प्रमुख कार्यकारी अधिकृत गोपाल कृष्ण श्रेष्ठ, मनमोहन मेमोरियल शिक्षण अस्पतालका मेटोन बिभा श्रेष्ठ समेत आतिथ्यता रहेको थियो ।

उक्त कार्यक्रममा एमपीएच दोस्रो वर्षमा अध्ययनरत प्रतिक्षा पान्डले हार्वर्ड युनिभर्सिटी अमेरिकामा उच्च अध्ययन गर्ने अवसर प्राप्त गरेकोमा निजलाई हार्दिक वधाई दिइयो ।

उक्त कार्यक्रमको संचालन फार्मेसी बिभागका बिभागीय प्रमुख मिजला बज्राचार्य, र नर्सिङ बिभागका सह प्राध्यापक बमिता बुढाथोकीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्