२१ बैशाख २०८१, शुक्रबार

नेपाली नयाँवर्ष २०८१ को उपलक्ष्यमा अमेरिकाको कोलोराडोमा रक्तदान कार्यक्रम सम्पन्न

कोलोराडोखबर संवाददाता , April 10th, 2024

नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेपाली नयॉंवर्ष २०८१ को अवसरमा कोलोराडोमा सम्पन्न रक्तदान कार्यक्रमा ११ जनाले रक्तदान गरेका छन् ।

ब्लड डोनर्स अफ अमेरिका कोलोराडो शाखा र रकी माउन्टेन फ्रेन्डस अफ नेपालको संयुक्त आयोजनामा कोलोराडो, वेस्टमिनिस्टर स्थीत Vitalint मा अप्रिल ७ तारिख, आईतवार सम्पन्न रक्तदान कार्यक्रमा ११ जना नेपाली दाजुभाइ दिदीबहिनीहरूबाट रक्तदान सम्पन्न भएको हो ।

एक पटकको एक ब्यक्तिको रक्तदानबाट तीनजना व्यक्तिको जीवन बॉंच्न सक्छ । यस्तो पूण्य कार्यमा धेरै भन्दा धेरै ब्यक्तिलाई जागरुक बनाउंदै रक्तदान कार्यमा अभिप्रेरित गराउने मुल उद्देश्यका साथ आयोजित कार्यक्रममा ५ जना रक्तदाताहरुलाई पहिलोपटक सहभागी गराउन सक्नु कार्यक्रमको प्रमुख सफलता रहेको ब्लड डोनर्स अफ अमेरिका, कोलोराडो च्याप्टरका अध्यक्ष डा. शारदा त्रिपाठीले बताएकी छन् ।

यसरी पहिलो पटक रक्तदान गर्नेहरूमा बिकाश त्रिपाठी, अरुण गुरागाइ , लिजा श्रेष्ठ, दिनेश भट्टराई र श्रीजना भट्ट रहेका छन् । त्यस्तै अन्य रक्तदाताहरुमा टीका पौडेलले , मनोज श्रेष्ठ, रमीता तुलाधर, श्रीराम लुंईटेल, बिनिता वाग्ले र तेज ढकाल रहेका छन् ।

कार्यक्रममा बिडिए कोलोराडो च्याप्टरका सल्लाहकार टीका पौडेलले ३५औं पटक रक्तदान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्