मनमोहन मेमोरियल क्याम्पसको १७औं बार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न
नेपाल । मनमोहन मेमोरियल इन्स्टिच्यूट अफ हेल्थ साइन्सेज क्याम्पसको १७औं बार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष डा. बंशीधर मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि संघीय संसद शिक्षा तथा स्वास्थ्य समितिका सभापति भानुभक्त जोशीले हाल बिद्यार्थी बिदेश जाने खालको प्रकृयामा उल्लेख्य सुधार हुने गरि शिक्षा समितिले कार्य गरिरहेको कुरा व्यक्त गर्नु हुँदै क्याम्पसको १७औ बार्षिकोत्सवको सफलताको शुभकामना दिदै संस्थाले गुणस्तरीय शैक्षिक पठन पाठन गरेकोमा सस्थामा सम्लग्न सम्पूर्णमा हार्दिक धन्यवाद ब्यक्त गरे ।
त्यस्तै चिकित्सा शास्त्र अध्ययन सस्थानका निमित्त डिन प्राडा प्रदिप बैधले क्याम्पस हाम्रो सम्वन्धनमा संचालन रहेको र क्याम्पस परिवारको एउटा हिस्साको रुपमा लिएको र यहाँका बिद्यार्थीहरु अव्वल रहेको र यहाँको शिक्षा गुणस्तरिय रहेको बताए ।
त्यस्तै नेपाल स्वास्थ सेवा ...









