१८ मंसिर २०८२, बिहीबार

मनोरन्जन

कोलोराडो नेपाली सामुदायिक केन्द्रको सहयोगार्थ देउसी भैलो कार्यक्रम हुँदै

कोलोराडो नेपाली सामुदायिक केन्द्रको सहयोगार्थ देउसी भैलो कार्यक्रम हुँदै

कोलोराडो । अमेरिकाको कोलोराडो नेपाली सामुदायिक केन्द्रको सहयोगार्थ आगामी नोभेम्बर १० तारिकका दिन देउसी भैलो कार्यक्रम आयोजना गरिने भएको छ । नेपाली साँस्कृतिक केन्द्रमा साँझ ४ः३० बजेदेखि ८ः३० बजेसम्म देउसी भैलो कार्यक्रम सञ्चालन हुने कार्यक्रम संयोजक बासुदेव खनालले बताउनु भयो । सो कार्यक्रममा सहभागी हुन र यथासक्य सहयोग गरिदिनु हुन संयोजक खनालले अनुरोध गर्नु भयो । ‘यो कार्यक्रम सम्पूर्ण कोलोराडोवासीहरुको कार्यक्रम हो, तसर्थः यसलाई भव्यरुपमा सफल पारौं’– अध्यक्ष खनालले आह्वान गर्नु भयो ।...
कोलोराडोस्थित नेपाली भाषा पाठशालाको सहयोगार्थ नोभेम्बर ११ मा च्यारिटी शो हुँदै

कोलोराडोस्थित नेपाली भाषा पाठशालाको सहयोगार्थ नोभेम्बर ११ मा च्यारिटी शो हुँदै

कोलोराडो । नेपाली भाषा पाठशालाको सहयोगार्थ अमेरिकाको कोलोराडोमा च्यारिटी शो हुने भएको छ । कोशेली कोलोराडोको प्रस्तुती सो कार्यक्रम यही नोभेम्बर १० तारिकका दिन डेनभर साउथ हाई स्कूलमा साँझ ५ बजेबाट शुरु हुनेछ । उक्त कार्यक्रममा चर्चित गायक÷संगीतकार न्हयू बज्राचार्य, कालिप्रसाद बास्कोटा र चर्चित गायिका इन्द्रिरा जोशीले आ–आफ्नो प्रस्तुति दिने छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखा, एनआरएनए कोलोराडो, सिस्टर्स ग्रुप अफ कोलोराडो, र टुकी इभेन्टसको संयुक्त आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । सो कार्यक्रममार्फत नेपाली भाषा पाठशाला सञ्चालनको लागि १० हजार डलर संकलन गर्ने लक्ष्य राखिएको अनेसास कोलोराडो शाखाका अध्यक्ष राजु सिटौलाले जानकारी दिनुभयो । नेपाल भाषा पाठशाला हाल २ स्थानमा सञ्चालन गरिएको र आगामी वर्ष थप १ स्थानमा बिस्तार गरिने अध्यक्ष सिटौलाले बताउनु...