सिस्नुपानी नेपाल मकवानपुरले गर्यो हास्यव्यङ्ग्यमय गाईजात्रा विशेष कार्यक्रम
-मसान उपासक (नेपाल, हेटौंडा) । हास्यव्यङ्ग्य विशेष कार्यक्रमहरू आयोजना गर्दै आइरहेको सिस्नुपानी नेपाल मकवानपुरले हास्यव्यङ्ग्यमय गाईजात्रा कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा गहन खतिवडा र विशेषता अधिकारीले भीमेश्वरको मेला गीतको चिरञ्जीवि लामिछानेद्वारा लिखित प्यारोडी गीत “जाल अनि झेल” गाएर सुरू भएको कार्यक्रममा सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेको “खाइजात्रे बजेट भाषण” प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा अजर फूयाँलले “सिमसिमे वाटर” प्यारोडी गायन गर्नुभयो जसलाई सुमार्गी हुमागाईँले लेख्नु भएको हो । हुमागाईँको लेखनमा रहेको क्यारिकेचरसहितको प्रहसनमा हुमागाईँले ६ जना राजनीतिज्ञको क्यारिकेचर गर्नुभयो । डीबी बर्तौला, ओमभक्त भण्डारी, सुबास सजल, देव दुलाल, विशेषता अधिकारी, सलिना थापाले विभिन्न भूमिकामा प्रस्तुति दिनुभयो ।
२ वटा कविताहरूमध्ये पुरूषोत्तम आचार्यको “बत्ति नबाल्नु अब” र ...









