‘पूजार सार्की’ जस्तो फिल्मलाई राज्यले कर छुट दिएर प्रोत्साहन गर्नुपर्छः बाबुराम
नेपाल । बिहीबार बिहान पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष डा. बाबुराम भट्टराईले पनि चलचित्र पुजार सार्की हेरेका छन् ।
गत जेठ १० गतेबाट प्रदर्शनरत फिल्म ‘पूजार सार्की’ चौथो हप्तामा प्रवेश गरिसकेको छ । फिल्म हेर्दा भावुक भएका उनले अब धार्मिक शास्त्रमा नै परिवर्तन गरी जातीय विभेद अन्त्य गर्नुपर्ने धारणा व्यक्त गरे ।
जातीय विभेद अन्त्यको लागि राज्यले गर्ने पहलमा धर्म गुरुहरुले पनि साथ दिनुपर्ने उनको भनाई छ । ‘मलाई बाबुराम कामी भन्नुस् भनेर मैले संसदमै भनेको थिएँ । फिल्मको पूजारी पात्रले पनि आफ्नो नाम पूजार सार्की लेख्नुभएको छ । यस्तो समस्यामा राज्य र धर्मगुरुहरुले साथ दिनुपर्छ,’ उनले भने । ‘पूजार सार्की’ जस्तो फिल्मलाई राज्यले कर छुट दिएर प्रोत्साहन गर्नुपर्ने उनी बताउँछन् ।
त्यस्तै, ‘पूजार सार्की’ हेर्न श्रीमान् भट्टराईसँग पुगेकी पूर्वमन्त्री हिसिला यमीले नेपाल...









