नेपाल । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘नमेटिने घाउ’मा अभिनय गरेका छन् ।
बैशाख ११ गते मंगलवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष ओलीले चलचित्रमा आज अभिनय गरेका हुन् । फिल्ममा अध्यक्ष ओलीको भूमिका प्रधानमन्त्रीको रहेको छ । चलचित्र ‘नमेटिने घाउ’ एसिड आक्रमणमा परेकी मुस्कान खातुनको जीवन कथामा बन्न लागेको हो ।
फिल्मका अभिनेता रमित ढुङ्गाना छन् । केही दिनअघि मात्रै फिल्ममा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि अभिनय गरेका थिए ।
सामाजिक कथावस्तुमा आधारित फिल्म पोखरा, नवलपरासी, वीरगञ्ज, रौतहट, बनेपा, पनौती र भक्तपुरमा छायांकन भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्