२१ बैशाख २०८१, शुक्रबार

बैवाहिक बन्धनमा बाँधिइन् गायिका एलिना चौहान

कोलोराडोखबर संवाददाता , April 18th, 2024

नेपाल । चर्चित गायिका एलिना चौहानले बुधबार बैवाहिक बन्धनमा बाँधिएकी छिन् ।

बागलुङ घर भई अष्ट्रेलिया निवासी विष्णु सापकोटासँग उनी बैवाहिक बन्धनमा बाँधिएकी हुन् । झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजित बैवाहिक समारोहमा उनले प्रेमी सापकोटालाई वरमाला पहिराइन् ।

बेहुला बेहुलीको पहिरनमा ठाँटिएका उनीहरुले खुसी हुँदै औंठी साटासाट गरे । आफन्त र एलिना निकट कलाकारहरु रचना रिमाल, मेलिना मैनाली लगायत विवाहमा उपस्थित थिए ।

लिनाको धोकेवाज, मिनरल वाटर, छुनुमुनु, मेरो परान, दुई पाइला, भाग्यमा खोट छ, पानी पानी, पानी पँधेरोजस्ता थुप्रै गीत हिटको सूचीमा पर्छन् ।

प्रतिक्रिया दिनुहोस्