भक्तपुरमा अमेरिका र नेपालका सेरामिक्स कलाकारहरुको कार्यशालाको आयोजना
नेपाल । अमेरिका र नेपालका सेरामिक्स कलाकारहरुको भक्तपुरको पोटरीस्क्वायरमा पाँचदिने कार्यशालाको आयोजना गरिएको छ ।
नेपालस्थित अमेरिकी राजदूतावासको संयोजनमा कला अनुभव आदानप्रदान गर्ने योजनाअन्तर्गत गरिएको कार्यशालामा अमेरिकाका दुई अग्रज सेरामिक्स कलाकार मार्क न्याफ्जिगर तथा जोसी न्यफ्जिगर र नेपालका विभिन्न जिल्लाका १० जना महिला सेरामिक्स कलाकार सहभागिता रहेका कार्यक्रमका स्थानीय संयोजक एवं कलानिर्देशक कैलाशकुमार श्रेष्ठले बताउनुभयो ।
मौलिक कला सम्पदालाई कसरी आधुनिक स्वरुपमा लगि यसमा संलग्न समुदायको आर्थिक सशक्तीकरण गर्न सकिन्छ भन्नेबारेमा अमेरिका र नेपालका सहभागीबिच गहन परामर्श गरिएको अमेरिकी कलाकार मार्क न्याफ्जिगरले बताउनुभयो ।
कार्यशालामा उहाँहरूबिच संयुक्त स्थलगत कलाअभ्यास हुनुका साथै सहभागी सबैले आआफ्नो ठाउँको विशेषता झल्कने गरी माटोका विभिन्न सामग्री बनाएका छन् । मौलिक कला सम्पदा राज...









