५ आश्विन २०८३, सोमबार

मनोरन्जन

काठमाडौँको छायाँ सेन्टरमा तीन वटा रुसी चलचित्रको प्रदर्शनी

काठमाडौँको छायाँ सेन्टरमा तीन वटा रुसी चलचित्रको प्रदर्शनी

नेपाल । रुसी चलचित्र दिवसका अवसरमा पहिलो पटक रुसी चलचित्रको प्रदर्शनी सम्पन्न भएको छ । उक्त दिवसमा शनिबार काठमाडौँको छायाँ सेन्टरमा तीन वटा रुसी चलचित्रको प्रदर्शनी गरिएको हो । रोस्किनोद्वारा आयोजित र रुसी संस्कृति मन्त्रालयको सहयोगमा तीन वटा रुसी चलचित्र प्रदर्शनी गरिएको हो । प्रदर्शन भएका चलचित्रमा ‘चार चौथाइ, ‘न्युरेम्वर्ग’ र ‘हामी तीन जना’ रहेका छन् । कार्यक्रममा निफका अध्यक्ष केपी पाठकले चलचित्र महोत्सवले विभिन्न देशसँग चलचित्रमा सहकार्य कायम गर्न र संसारका चलचित्र नेपालीसहित विश्वमाझ चिनाउने बाटो खुल्ने बताउनुभयो । उहाँले भन्नुभयो “यस वर्ष निफमा रसियन समाज, रसियन चलचित्र र रसियन गतिविधिलाई अगाडि बढाउने लक्ष्य रहेको छ ।” रसियन कल्चर सेन्टरका निर्देशक एनथम मास्लोवले, “नेपाली दर्शकले रसियाका बारेमा र रसियाको चलचित्रका बारेमा देखाउनुभएको उत्साह सराहनीय भएको बताउनुभयो ।” “रसियन राजदूत...
पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव हुँदै, ५ देशका ६ नाटक मञ्चन हुने

पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव हुँदै, ५ देशका ६ नाटक मञ्चन हुने

नेपाल । पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव २०८१ को तयारी पूरा गरिएको छ । चैतको ९ गतेबाट पाँच दिनसम्म चल्ने नाटकको तयारी पूरा भएको महोत्सव निर्देशक परिवर्तनले जानकारी दिनुभयो । पोखरालाई अन्तर्राष्ट्रिय सांस्कृतिक तथा नाट्य पर्यटनको केन्द्रका रुपमा स्थापित गर्ने उद्धेश्यले पोखरा थिएटरले महोत्सवको आयोजना गरिएको परिवर्तनले बताउनुभयो । ‘महोत्सवमा नेपालका साथै चीन, ट्युनिसिया, नर्वे र जापानका ६ वटा नाटक महोत्सवमा मञ्चन हुनेछन् । महोत्सवमा नेपालसँगै बाहिर देशका कलाकारहरुको पनि बाक्लो उपस्थिति रहनेछ अपेक्षा गरिएको छ । महोत्सवमा नाटक देखाउनको लागि सय बढी नाटकले आवेदन दिएका थिए’, उहाँले भन्नुभयो । पोखरालाई सांस्कृतिक तथा पर्यटन गन्तव्यका रुपमा अन्तर्राष्ट्रिय पहिचान दिलाउन महोत्व महत्वपूर्ण हुने उहाँको अपेक्षा छ । पोखरा थिएटरले ६ वर्षपछि अन्तर्राष्ट्रिय नाटक महोत्सवका गर्न लागेको हो। ूयस्तै परम्पर...
कर्णाली प्रदेशको सुर्खेतमा राष्ट्रिय देउडा प्रतियोगिता हुँदै

कर्णाली प्रदेशको सुर्खेतमा राष्ट्रिय देउडा प्रतियोगिता हुँदै

नेपाल । कर्णाली प्रदेशको सुर्खेतमा हुम्ला जिल्लाको संस्कृति संरक्षण समाजले प्रथम राष्ट्रिय देउडा प्रतियोगिता आयोजना गर्न लागेको छ । लोप हुँदै गएको लोकसंस्कृति, वेशभूषा र चालचलनको संरक्षणका लागि प्रतियोगिता आयोजना गर्न लागिएको समाजका अध्यक्ष तीर्थराज रोकायाले जानकारी दिनुभयो । चैत १६ देखि २० गतेसम्म सुर्खेत जिल्लाको घण्टाघरमा हुने प्रतियोगितामा चर्चित देउडा गायक नन्दकृष्ण जोशी, देउडा गायिका रेखा जोशी, छत्र शाही, देउडा गायक नवराज भण्डारी, इब्सन सन्ज्यालको सहभागिता रहने आयोजकले जनाएको छ ।...
दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज’ शुक्रबारदेखि प्रदर्शन हुँदै

दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज’ शुक्रबारदेखि प्रदर्शन हुँदै

नेपाल । दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज’ शुक्रबारदेखि प्रदर्शन हुँदैछ । उक्त चलचित्रलाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले प्रदर्शन अनुमति दिएसँगै शुक्रबारबाट प्रदर्शनमा आउन लागेको हो । यसअघि बोर्डले फिल्ममा प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालमा गरेको भाषणको भिडियो समावेश र हिन्दी भाषा प्रयोग गरिएकै आधारमा प्रदर्शन अनुमति दिएको थिएन । बोर्डले राखेका सबै सर्तहरू मान्न तयार भएपछि प्रदर्शन अनुमति दिएको निर्देशक दीपक रौनियारले बताए । फिल्ममा अब प्रधानमन्त्रीले गरेको भाषणको उक्त अंश हटाइने तथा हिन्दी भाषामा म्युट गरिने उनले जानकारी दिए । फिल्मलाई सेन्सर बोर्डले अनुमति नदिँदा फिल्मकर्मीहरूले आपत्ति जनाएका थिए । सामाजिक सञ्जालमा सेन्सर बोर्डको निर्णयविरुद्ध उनीहरूले असन्तुष्टि पोखेका थिए । ...
चलचित्र ‘महाभोज’को प्रदर्शन मिति घोषणा

चलचित्र ‘महाभोज’को प्रदर्शन मिति घोषणा

नेपाल। चलचित्र ‘महाभोज’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले मंगलबार चलचित्रको पोस्टरसँगै रिलिज मिति घोषणा गरेको हो । यो चलचित्र आगामी जेठ १५ गते बिहीबार गणतन्त्र दिवसको अवसर पार्दै प्रदर्शनमा आउने भएको छ। सामाजिक तथा यथार्थपरक विषयमाथि बनेको ‘महाभोज’लाई दिनेश राउतले निर्देशन गरेका हुन। यसमा आर्यन, दयाहाङ, खगेन्द्र, अञ्जना, गौमाया, मलिकासहित वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतका कलाकारहरूको अभिनय रहेको छ ।...
दुबईमा इन्गेजमेन्ट गरेका गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले गरे बिवाह

दुबईमा इन्गेजमेन्ट गरेका गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले गरे बिवाह

नेपाल । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले बिहीबार काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा विवाह गरेका छन् । केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले गत असारमा दुबईमा इन्गेजमेन्ट गरेका थिए । विवाह समारोहमा दुवै तर्फका परिवार, आफन्त र केही संगीतकर्मी उपस्थित थिए । अस्मिता र महेशले सँगै विभिन्न गीतहरूमा सहकार्य गरिसकेका छन् र कतिपय कन्सर्टमा पनि एकसाथ प्रस्तुति दिएका छन्। यी दुई गायक गायिकालाई स्रोता र दर्शकले निकै रुचाएका छन् ।...
‘महिला चलचित्र महोत्सव’ मा सात महिला स्रष्टा सम्मानित

‘महिला चलचित्र महोत्सव’ मा सात महिला स्रष्टा सम्मानित

नेपाल । ‘महिला चलचित्र महोत्सव’ मा चलचित्र पत्रकार एवं लेखक गीता अधिकारीसहित सात महिला स्रष्टालाई सम्मान गरिएको छ । बिहीबार सम्पन्न महोत्सवमा वरिष्ठ सामाजिक अभियन्ता अनुराधा कोइरालाको प्रमुख आतिथ्यतामा आत्यिथ्तामा अधिकारीसहित सात नारी स्रष्टालाई सम्मान गरिएको हो । गत मंगलबारबाट सरस्वतीनगर, चाबहिलस्थित चलचित्र विकास बोर्डमा सुरु भएको महोत्सव ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर बोर्डअन्तर्गत रहेको महिला चलचित्रकर्मी सशक्तिकरण समितिले आयोजना गरेको थियो । महोत्सवको उद्घाटन काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले गर्नुभएको थियो । त्यसपछि ४२ वर्ष पुरानो चलचित्र ‘सिन्दूर’ प्रदर्शन गरिएको थियो । ‘सिन्दूर’ प्रदर्शनसँगै सुरु भएको महोत्सव बिहीबार अन्तिम दिन महिलाप्रधान नाटक ‘दृश्य परिदृश्य’ मञ्चनसँगै सकिएको हो । महोत्सवमा अभिनेत्री करिश्मा मानन्धर, रश्मी भट्ट, शोभा श्रेष्ठ (श्रृंगा...
चलचित्र ‘होस्टेल ३’ शुक्रबारदेखि देशव्यापी रूपमा प्रदर्शन

चलचित्र ‘होस्टेल ३’ शुक्रबारदेखि देशव्यापी रूपमा प्रदर्शन

नेपाल । चलचित्र ‘होस्टेल ३’ शुक्रबारदेखि देशव्यापी रूपमा प्रदर्शनमा आएको छ । चलचित्रले उल्लेखनीय सो पनि पाएको छ । चलचित्रले नेपालकै सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजमा करिब ८० सो, दोस्रो ठुलो चेन आइएनआई सिनेमाजमा १५ सो, वन सिनेमाजमा नौ सो पाएको हो । हलहरूले उपलब्ध गराएको सो सङ्ख्या हेर्दा चलचित्रले आक्रामक ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । ‘होस्टेल’ शृङ्खलाका अघिल्ला दुई संस्करण बक्स अफिसमा सफल भएका थिए । चलचित्रमा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुलीलगायत रहेका छन् । अभिनेता प्रवीण खतिवडा वार्डेनको भूमिकामा देखिनुभएको छ भने आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँको पनि चलचित्रमा अभिनय रहेको छ ।...
यौनकर्मीको कथामा आधारित फिल्म ‘अनोरा’ ले ओस्कारमा जित्यो उत्कृष्ट चलचित्रको अवार्ड

यौनकर्मीको कथामा आधारित फिल्म ‘अनोरा’ ले ओस्कारमा जित्यो उत्कृष्ट चलचित्रको अवार्ड

अमेरिका । अमेरिकाको लस एन्जलसमा ओस्कर अवार्ड समारोहमा फिल्म ‘अनोरा’ ले आफ्नो दबदबा कायम गरेको छ । यौनकर्मीको कथामा आधारित फिल्म ‘अनोरा’ले उत्कृष्ट चलचित्रको अवार्ड सहित पाँच विधामा ओस्कार अवार्ड जितेको छ । फिल्मकी अभिनेत्री मिकी म्याडिसनले उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छिन् । यस फिल्मका लागि शन बेकरले उत्कृष्ट निर्देशकको पुरस्कार पाए। यो फिल्मले उत्कृष्ट सम्पादनको अवार्ड पनि पाएको छ । अभिनेत्री म्याडिसनले अनोराको लागि ओस्कार जितेपछि हलिवुडमा परिवर्तनको सुरुवात गर्ने बताएकी छन् । उनले सम्पूर्ण यौनकर्मीहरुलाई आफ्नो अवार्ड समर्पित गर्दै यौनकर्मीहरूलाई आफ्नै क्षेत्रमा काम गर्ने कामदारको रूपमा सम्मान हुनुपर्ने बताएकी छन् । त्यस्तै उत्कृस्ट निर्देशकको अवार्ड जितेपछि शन बेकरलेले ‘साँच्चै स्वतन्त्र फिल्म’ बनाएको प्रतिक्रिया दिएका छन् । साथै उनले यस फिल्मलाई मान्यता दिएकोमा एकेडेमील...
चलचित्र ‘उफ यो मन’ अमेरिकाको बोस्टन शहरमा प्रदर्शन हुने

चलचित्र ‘उफ यो मन’ अमेरिकाको बोस्टन शहरमा प्रदर्शन हुने

अमेरिका । गीतकार, साहित्यकार तथा चलचित्र निर्मात्री अनु शाहको चलचित्र ‘उफ यो मन’ मार्च १६, २०२५ आइतबार अमेरिकाको बोस्टन शहरको एपल सिनेमा फ्रेशपण्ड क्याम्ब्रिजमा साँझ ६ः०० बजे प्रदर्शन हुने भएको छ । दार्जीलिङमा छायांकन गरिएको चलचित्र ‘उफ यो मन’ त्रिकोणात्मक प्रेम कथामा आधारित छ । फिल्ममा नेपाल बाहिर बस्ने नेपालीहरुको माया प्रेमको कथा समेटिएको छ। चलचित्रलाई पहिलो पटक अमेरिकाबाट प्रदर्शन सुरु गरिएको निर्माता शाहले जानकारी गराउनुभयो । ‘हामी यो चलचित्रलाई अमेरिकाबाट प्रदर्शन सुरु गर्नेछौ त्यसपछि नेपाललगायत विश्वभर प्रदर्शन गर्ने तयारी गरेका छौँ,’ अनुले भन्नुभयो । बोस्टन पछि अमेरिकाको विभिन्न मुख्य शहरहरुमा चलचित्र प्रदर्शनको तयारीमा रहेको छ । अनुराधा फिल्मस् इन्टरनेशनलको निर्माण रहेको यो चलचित्रलाई निर्देशक सुरज चन्दले निर्देशन गर्नुभएको हो । चलचित्रमा नायक एसराज गराच, नायक रोहित रुम्बा, यमी...