२० बैशाख २०८३, आईतवार

अर्थतन्त्र

थाई एयर एसियाले भैरहवाबाट शुरु गर्यो व्यवसायिक उडान

थाई एयर एसियाले भैरहवाबाट शुरु गर्यो व्यवसायिक उडान

नेपाल । थाई एयर एसियाले पुनः उडान सुरु गरेको छ । उक्त कम्पनीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबारदेखि व्यावसायिक उडान सुरु गरेको हो । थाई एयर एसियाले आइतबारदेखि भैरहवा र काठमाडौँमा एकसाथ उडान सञ्चालन गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो । उक्त एयरलाइन्सले काठमाडौँ गन्तव्यमा आइतबार, सोमबार, बुधबार र शुक्रबार उडान भर्नेछ । यस्तै भैरहवामा सोमबार र बिहीबार उडान भर्नेछ । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान गर्ने थाई एयर एसिया चौथो हवाईसेवा कम्पनी भएको छ । यसअघि कुवेतको जजिरा एयर, नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्स र राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले व्यावसायिक उडान सञ्चालन गरेका थिए । उक्त विमानस्थलमा यही कात्तिक २४ गते शनिबारदेखि कुवेतको जजीरा एयरले पुनः उडान सञ्चालन गर्दै...
अमेरिकाबाट ११ दिनपछि स्वदेश फर्किए अर्थमन्त्री पौडेल

अमेरिकाबाट ११ दिनपछि स्वदेश फर्किए अर्थमन्त्री पौडेल

नेपाल । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल ११ दिनपछि अमेरिकाबाट स्वदेश फर्किएका छन् । पौडेल अमेरिकामा सम्पन्न विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को वार्षिक बैठकमा सहभागी भइ बिहीबार स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजस्व सचिव दिनेशकुमार घिमिरेले स्वागत गरेका थिए । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा अर्थमन्त्री पौडेलले जलवायु वित्तका क्षेत्रमा सहायता परिचालन गर्न स्थापित विश्वव्यापी वित्तीय कोषको परिचालन प्रणालीलाई सरल र पहुँचयोग्य बनाउन विश्व समुदायसँग आग्रह गरेको बताए । उनले उक्त बैठकमा जलवायु न्यायका लागि विकास साझेदार र सिङ्गो अन्तर्राष्ट्रिय समुदायलाई जिम्मेवार र संवेदनशील बन्न आग्रह गर्नुका साथै जलवायु न्यायका लागि स्थापित हानी नोक्सानी तथा क्षतिपूर्ति कोषलाई प्रभावकारीरूपमा सञ्चालन गर्न अनुरोध गरेक...
डिजेल र मट्टितेलको मूल्य रु. १ ले घट्यो

डिजेल र मट्टितेलको मूल्य रु. १ ले घट्यो

नेपाल । शुक्रबारबाट नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य रु. १ ले घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आएकाले समायोजन गरिएको निगमका प्रवक्ताले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । बढेको मूल्य शुक्रबारदेखि लागू भएको छ । अन्य इन्धनको मूल्य भने यथावत राखिएको छ ।
नेपालमा सुनको मूल्य तोलाकै १ लाख ७१ हजार !

नेपालमा सुनको मूल्य तोलाकै १ लाख ७१ हजार !

नेपाल । बिहीबार नेपालमा सुनको मूल्य हालसम्मकै महँगो भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा सुनको मूल्यमा उच्च वृद्धि भई कीर्तिमान कायम गरेको छ । बुधबार प्रतितोला रु. दुई हजार दुई सयले वृद्धि भई रु. एक लाख ७० हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु. एक लाख ७१ हजार निर्धारण भएको छ । बुधबारको तुलनामा आज प्रतितोला रु. तीन सयले वृद्धि भएको हो । यस्तै चाँदीको मूल्य तोलामा रु। ३० ले घटेको छ । बुधबार प्रतितोला रु। दुई हजार एक सय २० मा कारोबार भएको चाँदी आजका लागि रु. दुई हजार ९० निर्धारण भएको छ ।...
लक्ष्मीपूजाको अघिल्लो दिन नेपाली शेयर बजारमा गिरावट

लक्ष्मीपूजाको अघिल्लो दिन नेपाली शेयर बजारमा गिरावट

नेपाल । नेपालमा लक्ष्मीपूजाको अघिल्लो दिन बुधबार नेप्से परिसूचक १४ अंकले घटेको छ । नेप्से १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा झरेको हो । कुल ३०५ कम्पनीका एक करोड २० लाख ६९ हजार ८७८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९५ करोड ३९ लाख बराबरको कारोबार भएको थियो ।
नेपालमा सुनको मूल्य तोलाकै १ लाख ७० हजार ७०० रुपैयाँ !

नेपालमा सुनको मूल्य तोलाकै १ लाख ७० हजार ७०० रुपैयाँ !

नेपाल । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको १ लाख ७० हजार ७०० रुपैयाँमा कारोबार भयो । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैबीच आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा २ हजार १०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार १५ रुपैयाँ बढेर २ हजार १२० रुपैयाँ कायम भएको थियो ।...
नेपाली शेयर बजार ४६.६९ अंकले उचालियो

नेपाली शेयर बजार ४६.६९ अंकले उचालियो

नेपाल । नेपालमा शेयर कारोबार मापक नेप्से परिसूचक बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार नेप्से परिसूचक ४६ दशमलव ६९ अंकले उकालो लागेर दुई हजार छ सय ९२ दशमलव ०५ मा पुगेको छ । कूल एक करोड ३३ लाख ७३ हजार चार सय ८१ कित्ता शेयर रु छ अर्ब १२ करोड ८२ लाख ६४ हजार पाँच सय ८० मा खरिद बिक्री भएका छन् ।
नेपालमा प्रतितोला १ लाख ६८ हजार ५ सय पुग्यो सुनको मूल्य

नेपालमा प्रतितोला १ लाख ६८ हजार ५ सय पुग्यो सुनको मूल्य

नेपाल । नेपालमा मंगलबार सुनको मूल्य वृद्धि भई नयाँ रेकर्ड कायम भएको छ । मंगलबार १ हजार ५ सयले वृद्धि भएर प्रतितोला १ लाख ६८ हजार ५ सय पुगेको हो । चाँदीको मूल्य भने ४० रुपियाँले बढेर २ हजार १ सय ५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
भूमि समस्या समाधान गर्न रिजालको अध्यक्षतामा आयोग गठन

भूमि समस्या समाधान गर्न रिजालको अध्यक्षतामा आयोग गठन

नेपाल । सरकारले भूमि समस्या समाधान गर्न आयोग गठन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को मंगलवारको बैठकले प्युठानका हरिप्रसाद रिजालको अध्यक्षतामा ८ सदस्यीय भूमि समस्या समाधान आयोग गठन गरेको हो । आयोगको उपाध्यक्षमा जाजरकोटका सनत कार्की, सदस्यमा महोत्तरीका गुञ्जबहादुर खड्का, झापाका अनिलकृष्ण प्रसाईं, विज्ञतर्फ सिन्धुपाल्चोकाका डा जगतबहादुर बस्नेत, कैलालीका टेकबहादुर शाह, दार्चुलाका गोवर्द्धन कोली र तनहुँकी आरती भण्डारी छन् । यसैबीच नेपाल प्रहरीका दुईजना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले डीआईजी किरण राणा र डा. सुन्दरप्रसाद ह्योजु (प्राविधिकतर्फ)लाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।...
१० अर्बको एनआरएनए डेभलपमेन्ट फण्ड कार्यान्वयन हुँदै

१० अर्बको एनआरएनए डेभलपमेन्ट फण्ड कार्यान्वयन हुँदै

नेपाल । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले नेपालमा गैरआवासीय नेपालीले साधरण सेयर मार्फत (आईपिओ) बाटै लगानी गर्न सक्नेगरी १० अर्बको एनआरएनए डेभलपमेन्ट फण्ड कार्यन्वयन हुने अन्तिम अवस्थामा पुगेको बताउनुभएको छ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले आयोजना गरेको एनआरएन दिवस र वार्षिक साधारणसभाको नेपालमा आर्थिक रुपान्तरका लागि पूर्वाधार निर्माण सत्रमा सम्बोधन गर्दै विदेशमा बस्ने नेपालीले वैैधानिक लगानी कसरी गर्न सकिन्छ भन्ने खोजीमा एनआरएनए फण्ड स्थापना भएको बताउनु भयो । अध्यक्ष डा केसीले नेपाल धितोपत्र बोर्डले निर्देशिका जारी गरेसंगै लगानी भित्राउन बाटो खुल्ने बताउनुभयो । ‘विदेशबाट नेपालीले लुकेरै लगानी गर्नुपर्ने अवस्था हुँदा फण्डको परिकल्पना गरिएको हो,’ अध्यक्ष केसीले भन्नुभयो,‘ पछिल्लो ६ महिनामा नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंकको सहजिकरणमा केही दिनमै कार...