२१ बैशाख २०८३, सोमबार

अर्थतन्त्र

नवनिर्मित धरहराको लिफ्ट बिग्रियो

नवनिर्मित धरहराको लिफ्ट बिग्रियो

नेपाल । लिफ्ट बिग्रिएपछि नवनिर्मित धरहरा सञ्चालनमा आएको दुई महिना नबित्दै बन्द भएको छ । धरहराको लिफ्ट बिग्रिएपछि बन्द गरिएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । विभागका उपमहानिर्देशक प्रकृर्ण तुलाधरका अनुसार केहीदिन अघिदेखि नै धरहरा बन्द गरिएको हो । निःशुल्क भएकाले धेरै सर्वसाधारण चढेकाले लिफ्ट बिग्रेको उनको भनाइ छ।...
राष्ट्रिय कर दिवसमा उत्कृष्ट करदाताहरु सम्मानित

राष्ट्रिय कर दिवसमा उत्कृष्ट करदाताहरु सम्मानित

नेपाल । शनिबार ‘राष्ट्रिय कर दिवस, २०८१’ का अवसरमा उत्कृष्ट करदातालाई सम्मानित गरिएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले उत्कृष्ट करदातालाई सम्मानित गर्नुभएको हो । व्यक्तिगत आयकरतर्फ गत आर्थिक वर्ष सबैभन्दा बढी कर व्यवसायी राजबहादुर शाहले तिर्नुभएको छ । यस्तै भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङदेखि नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसम्मलाई उत्कृष्ट करदाताका रुपमा सम्मानित गरिएको थियो ।...
नेपालमा डिजेल र मट्टितेलको मूल्य बढ्यो

नेपालमा डिजेल र मट्टितेलको मूल्य बढ्यो

नेपाल । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट आज मूल्य वृद्धि भएर नयाँ मूल्यसूची प्राप्त भएको जनाउँदै निगमले पनि वृद्धि गरेको हो । वृद्धि भएको मूल्य शनिबार बिहानैदेखि लागू भएको छ ।
बंगलादेशमा नेपालबाट ४० मेगावाट विद्युत निर्यात शुरु

बंगलादेशमा नेपालबाट ४० मेगावाट विद्युत निर्यात शुरु

नेपाल । नेपालले शुक्रबारदेखि बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात सुरु गरेको छ । नेपालबाट भारतको बाटो हुँदै बंगलादेशमा बिजुली निर्यात हुने भएको हो। नेपाल, भारत र बंगलादेशबीच गत असोजको अन्तिम साता भएको त्रिदेशीय सम्झौताअनुसार बिजुली निर्यात गर्न लागिएको हो । नेपालबाट जुन १५ देखि नोभेम्बर १५ सम्म बिजुली निर्यात हुने सम्झौता छ ।...
सहकारी ठगी प्रकरणमा जोडिएका धनराजसँग सिआइबीले बयान लियो

सहकारी ठगी प्रकरणमा जोडिएका धनराजसँग सिआइबीले बयान लियो

नेपाल । सहकारी ठगी प्रकरणमा जोडिएका सत्तारुढ नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङलाई प्रहरीले बयान लिएको छ । मितेरी सहकारी ठगीबारे गुरुङलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) मा बोलाएर बुधबार घटना विवरणको कागज गराइएको हो । सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीका अनुसार गुरुङसँग अनुसन्धान अधिकृतहरुले बुधवार मध्यान्ह १२ बजेदेखि ५ बजेसम्म सोधपुछ गरेका थिए । ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम अपचलन गरेको आरोपमा सहकारीका सञ्चालक ज्योति गुरुङ सहित ५ जना विरुद्ध जाहेरी परेको छ । ज्योति गुरुङ धनराजकी पूर्वपत्नी हुन् ।...
१५ दिनभित्र विद्युतको बक्यौता नतिरे उद्योगीहरूको लाइन फेरि काट्छुः कुलमान

१५ दिनभित्र विद्युतको बक्यौता नतिरे उद्योगीहरूको लाइन फेरि काट्छुः कुलमान

नेपाल । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र विद्युतको बक्यौता रकम नतिरे उद्योगीहरूको लाइन फेरि काट्ने चेतावनी दिएका छन् । बुधवार पत्रकार सम्मेलन गर्दै घिसिङले बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्ने स्पष्ट गरेका हुन् । उनले आफुले लोकप्रियताका लागि कुनै काम नगरेको स्पष्ट गर्दै देशको कानुन अनुसार संस्थाको हित र देशको हितका लागि काम गरिरहेको बताए ।  ...
उद्योगहरूमा काटिएको विद्युत् जोड्न प्राधिकरण व्यवस्थापनलाई निर्देशन

उद्योगहरूमा काटिएको विद्युत् जोड्न प्राधिकरण व्यवस्थापनलाई निर्देशन

नेपाल । मन्त्रीपरिषद्को निर्देशन अनुसार नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगहरूमा काटिएको विद्युत् लाइन जोड्न प्राधिकरण व्यवस्थापनलाई निर्देशन दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । आइतबार बसेको मन्त्रीपरिषद् बैठकले डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादको समाधान निकाल्न लाल आयोगको प्रतिवेदनको सिफारिस अनुसार महसुल निर्धारण गरी १५ दिनभित्र असुल गर्ने गरी उद्योगमा काटिएको लाइन जोड्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको थियो । डेडिकेटेड र ट्रङ्क लाइन महसुलबापतको प्रिमियम रकम नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले गत असोज २४ गते ४९ उद्योगको सूची र रकमसहित १५ दिने म्यादसहितको सूचना जारी गरेको थियो । सोही अनुसार कात्तिक ८ गते ३४ उद्योगको विद्युत् आपूर्ति विच्छेद गरिएको थियो ।...
नेपाली बजारमा सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँ घट्यो

नेपाली बजारमा सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँ घट्यो

नेपाल । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सुनको भाउ तोलामै २४ सय रुपैयाँले घटेको हो । मंगलबार छापावाला सुनको मूल्य तोलाको एक लाख ६२ हजार ६ सय रुपैयाँ निर्धारण भएको थियो । सोमबार छापावाला सुन तोलाको एक लाख ६५ हजारमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घटेको छ । सोमबार प्रतितोला १९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १९ सय २५ रुपैयाँ तोकिएको थियो ।...
त्रिभुवन विमानस्थल शुक्रबार देखि राति १० घण्टा बन्द हुने

त्रिभुवन विमानस्थल शुक्रबार देखि राति १० घण्टा बन्द हुने

नेपाल । नेपालको काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबारदेखि दैनिक १० घण्टासम्म बन्द हुने भएको छ । विमानस्थल बन्द हुँदा धावनमार्ग बिस्तारका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ३५ प्रतिशतसम्म कटौती हुने भएका छन् । विमानस्थलभित्र रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे निर्माण गर्न यही कात्तिक २३ देखि चैत १८ गतेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द गर्न लागिएको हो। राति १० बजेबाट बिहान ८ बजेसम्म विमानस्थल पूर्ण रुपमा बन्द गरिने छ ।...
अमेरिकाबाट घुम्न जाने पर्यटकको सङ्ख्या बढ्यो, अक्टोबरमा १६ हजार २३ जना नेपाल गए

अमेरिकाबाट घुम्न जाने पर्यटकको सङ्ख्या बढ्यो, अक्टोबरमा १६ हजार २३ जना नेपाल गए

अमेरिका । अक्टोबरमा अमेरिकाबाट नेपाल घुम्न जाने पर्यटकको सङ्ख्या अघिल्लो महिनाको तुलनामा १२ दशमलव ८८ प्रतिशतले बढेर कूल १६ हजार २३ पुगेको छ । सेप्टेम्बरमा १० हजार ८४ अमेरिकी पर्यटक नेपाल घुम्न गएका थिए । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार बेलायतबाट आठ हजार १९ पर्यटक नेपाल भित्रिएका छन् । अष्ट्रेलियाबाट छ हजार नौ सय २९, जर्मनीबाट छ हजार १८ र फ्रान्सबाट पाँच हजार चार सय ८५ पर्यटक आएका छन । बङ्गलादेशबाट चार हजार चार सय ७६, श्रीलङ्काबाट तीन हजार एक सय १२ र इटालीबाट दुई हजार छ सय ३५ पर्यटक आएका छन् । बोर्डका अनुसार अगष्ट, सेप्टेम्बार र अक्टोबरमा भारतबाट आउने पर्यटक घटेका छन् । पछिल्ला दुई महिनामा चीनबाट आउने पर्यटक पनि घटे । अक्टोबरमा भारतबाट १६ हजार तीन सय १३ पर्यटक आएका छन् । गत सेप्टेम्बरमा भारतबाट २२ हजार नौ सय ८४ पर्यटक आएका थिए । यो करिब १३ प्रतिशत गिरावट हो । अगस्टमा २५ हजार आठ सय ३...