२१ बैशाख २०८३, सोमबार

अर्थतन्त्र

नेपालमा चार महिनामा पाँच खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

नेपालमा चार महिनामा पाँच खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

नेपाल । नेपालमा विदेशी मुद्रा सञ्चितिमा महत्वपूर्ण योगदान पुर्‍याउने विप्रेषण आप्रवाह उल्लेख्य बढेको देखिन्छ । चालु आव २०८१/८२ को चार महिनासम्म नेपालले विप्रेषणबापत पाँच खर्ब २१ अर्ब रुपैयाँ भित्र्याएको राष्ट्र बैंकको तथ्याङ्क छ । जुन अघिल्लो आवको कात्तिकसम्मको तुलनामा ९.१ प्रतिशतले बढी हो । अमेरिकी डलरमा भने चार महिनाको अवधिमा तीन अर्ब ८७ करोड डलर विपे्रषण भित्रिएको देखिन्छ । यसबीचमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ४७ हजार ४७८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ९४ हजार १०५ रहेको छ । गत वर्ष कात्तिकसम्म श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ३७ हजार ४७५ र पुनः श्रम स्वीकृतिको ६८ हजार ८४१ थियो । राष्ट्र बैंकका अनुसार कात्तिकसम्म मुलुकसँग १६ अर्ब ७० करोड डलर बराबरको विदेशी मुद्रा सञ्चित छ । २०८० कात्तिकको तुलनामा यो ९.४ प्रतिशतले बढी हो ।...
नेपाल उद्योग वाणिज्य महासंघ पुनः प्रत्यक्ष निर्वाचित अध्यक्ष प्रणालीमा

नेपाल उद्योग वाणिज्य महासंघ पुनः प्रत्यक्ष निर्वाचित अध्यक्ष प्रणालीमा

नेपाल । नेपाल उद्योग वाणिज्य महासंघ पुनः प्रत्यक्ष निर्वाचित अध्यक्ष प्रणालीमा फर्किएको छ । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने विधान संशोधनकै लागि गत मङ्गलबार बसेको महासंघको विशेष साधारण सभाले अध्यक्षको चयन प्रत्यक्ष निर्वाचनबाट हुने व्यवस्था गरेको हो । नयाँ व्यवस्था अनुसार हाल वरिष्ठ उपाध्यक्ष रहनुभएका अन्जन श्रेष्ठ स्वतः अध्यक्षको कार्यभार सम्पन्न भएपछि विधानका नयाँ प्रवाधान कार्यान्वयनमा आउने छ । विगतमा प्रत्यक्ष निर्वाचित अध्यक्ष हुने गरेकामा आठ वर्षपहिले निर्वाचित वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालमा अध्यक्ष बन्ने व्यवस्था गरेको थियो । सोही विधि अनुसार भवानी राणा पहिलो पटक यो विधिबाट अध्यक्ष बन्नुभएको थियो । त्यसपछि शेखर गोल्छा र वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल पनि यही विधिबाट अध्यक्ष बन्नुभएको हो । संशोधित व्यवस्था हाल वरिष्ठ उपाध्यक्ष रहनुभएका अन्जन श्रेष्ठ महासङ्घको अध्यक्ष...
नेपाली शेयर बजारमा ४५.८८ अंकको बृद्धि

नेपाली शेयर बजारमा ४५.८८ अंकको बृद्धि

नेपाल । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा बुधबार भने उच्च अंकको वृद्धि देखिएको छ । नेप्से परिसूचक ४५ दशमलव ८८ अंकले बढेर दुई हजार सात सय १५ दशमलव ७१ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ७१ प्रतिशतको वृद्धि हो । परिसूचक बढे पनि कारोबार रकम भने रु पाँच अर्बमा खुम्चिएको छ । तीन सय आठ कम्पनीको एक करोड १३ लाख ८६ हजार आठ सय ५४ कित्ता शेयर ५६ हजार तीन सय ५० पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब पाँच करोड छ लाख ५४ हजार चार सय ५० बराबरको कारोबार भएको छ ।...
नेपाली बजारमा सुनको मूल्य १ लाख ५२ हजार २०० रुपैयाँ कायम

नेपाली बजारमा सुनको मूल्य १ लाख ५२ हजार २०० रुपैयाँ कायम

नेपाल । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा २१०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ५० हजार १०० रुपैयाँ कायम भएकोमा मंगलबार बढेर तोलामा १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार ८६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।...
बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

नेपाल । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । सोमबार नागरिकताको विवरण हेरफेर गरी व्यक्तिगत लाभ लिएको आरोपमा अख्तियार दुरुपोग अनुसन्धान आयोगले सिलवाल विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । सिलवालले झुट्टा विवरण दिई कुटनीतिक तथा विशेष राहदानीको सुविधा लाभ लिएको, नेपाल बीमा प्राधिकरणको अध्यक्षको ओहदामा बहाल रहन नपाउनेमा हाल पनि बहाल रहेको, अध्यक्षको हैसियतले प्रयोग गर्न नपाउने अधिकार प्रयोग गरेको, झुट्टा विवरण–व्यहोराको आधारमा उल्लेखित हैसियतहरुमा लिन नपाउने लाभ, सुविधा लिएको आयोगको आरोप छ । मुद्दा दर्ता भएसँगै सिलवाल निलम्बनमा परेका छन् ।...
१८ तले ‘दमक बिजनेस कम्प्लेक्स’ उद्घाटन

१८ तले ‘दमक बिजनेस कम्प्लेक्स’ उद्घाटन

नेपाल । १ अर्ब ४५ करोडको लागतमा निर्मित झापाको दमकस्थित बहुपयोगी १८ तले भवन उद्घाटन भएको छ । दमक नगरपालिका–३ दापगाछीस्थित ‘दमक बिजनेस कम्प्लेक्स’ प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार उद्घाटन गरे । प्रधानमन्त्री ओलीले नै पाँच वर्षअघि भवन निर्माणको शिलान्यास गरेका थिए ।
नेपालमा सुन प्रतितोला एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार

नेपालमा सुन प्रतितोला एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार

नेपाल । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधवार तोलामा एक लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तीन सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला एक लाख ५० हजार ७ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । यसअघि प्रतितोला एक हजार ८६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा एक हजार ८८० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।...
नेपाली शेयर बजारमा ४ दशमलव ९७ अंकको गिरावट

नेपाली शेयर बजारमा ४ दशमलव ९७ अंकको गिरावट

नेपाल । बुधबार नेपाली शेयर बजारमा गिरावट देखिएको छ । नेप्से परिसूचक २४ दशमलव ९७ अङ्कले घटेर दुई हजार सात सय ५० दशमलव ८७ को बिन्दुमा कायम भएको हो । बुधबार तीन सय २० कम्पनीको दुई करोड तीन लाख ३२ हजार ६६ कित्ता शेयर ९६ हजार छ सय ७७ पटक खरिदबिक्री हुँदा रू नौ अर्ब १३ करोड २४ लाख ६८ हजार नौ सय छ बराबरको कारोबार भएको छ । जलविद्युत् समूह शून्य दशमलव ५९, उत्पादन तथा प्रशोधन शून्य दशमलव १४ र लघुवित्त शून्य दशमलव १२ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी व्यापार समूह आठ दशमलव ७२ प्रतिशतले घटेको छ । ...
नेपालमा सुनको मूल्य प्रतितोला एक हजार दुई सयले घट्यो

नेपालमा सुनको मूल्य प्रतितोला एक हजार दुई सयले घट्यो

नेपाल । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला रू एक हजार दुई सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला रू एक लाख ५० हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य सोमबार घटेर प्रतितोला रू एक लाख ४९ हजार तीन सयमा कारोबार भयो । नेपाली बजारमा सोमबार चाँदीको मूल्य पनि घटेको थियो । चाँदी प्रतितोला रू २५ ले घटेर रू एक हजार आठ सय १५ मा कारोबार भएको महासंघले जनाएको छ ।...
अमेरिकाबाट नोभेम्बरमा करीब ११ हजार पर्यटक नेपाल घुम्न आए

अमेरिकाबाट नोभेम्बरमा करीब ११ हजार पर्यटक नेपाल घुम्न आए

नेपाल । अमेरिकाबाट १० हजार ९८१ जनासहित सन् २०२४ को नोभेम्बर महिनामा एक लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार यस महिनामा एक लाख १४ हजार ५०१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् । नोभेम्बरमा सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट १९ हजार ९१५ जना पर्यटक नेपाल भित्रिएका छन् । सोही अवधिमा चीनबाट ९ हजार ४५८ जना पर्यटक नेपाल आउँदा संयुक्त राज्य अमेरिकाबाट १० हजार ९८१ जना पर्यटक नेपाल भित्रिएका छन् । बेलायतबाट ६ हजार ६११ जना पर्यटक नेपाल आएका छन् भने बंगलादेशबाट ५ हजार १४८ जना आएका छन् । अष्ट्रेलियाबाट ४ हजार ८२९ जना, थाइल्याण्डबाट ४ हजार ४६२ जना, श्रीलंकाबाट ४ हजार ३९४ जना, जर्मनीबाट ३ हजार ९२६ जना र फ्रान्सबाट ३ हजार ८४१ जना पर्यटक नेपाल भित्रिएको बोर्डले जनाएको छ ।...