२१ बैशाख २०८३, सोमबार

अर्थतन्त्र

हेटौँडा-काठमाडौँ रोपवे पुनः सञ्चालन गर्न अध्ययन हुँदै

हेटौँडा-काठमाडौँ रोपवे पुनः सञ्चालन गर्न अध्ययन हुँदै

नेपाल (हेटौँडा) । बन्द भएको २५ वर्षपछि हेटौँडा–काठमाडौँ रोपवे सञ्चालनका लागि सरकारले सम्भाव्यता अध्ययन गर्ने भएको छ । सम्भाव्यता अध्ययनका लागि बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८१–८२ को वार्षिक कार्यक्रममा समेटेको छ । मन्त्रालयका प्रवक्ता भूपेन्द्रकुमार यादवले पूर्व सम्भाव्यता अध्ययनका लागि ५ लाख बराबर बजेट विनियोजन गरिएको बताए । अहिले आन्तरिक रूपमा छलफल भइरहेको र छिटोभन्दा छिटो अध्ययन थालिने उनले बताए । यादवका अनुसार यो रोपवे सञ्चालनमा ल्याउनका लागि बागमती प्रदेश सरकारले २०७६ सालमै चासो देखाएको थियो । तर सञ्चालन गर्नका लागि बजेट अभावका कारण काम अघि बढ्न सकेको थिएन । फेरि आर्थिक वर्ष २०७८–७९ मा यो रोपवे सञ्चालन सम्भाव्यता अध्ययन गर्न १६ लाख बजेट विनियोजन गरेको थियो । बजेट विनियोजन भए पनि बजेटको स्रोत सुनिश्चितता नभएपछि काम अगाडि बढेन ।...
नेपालमा लगानी भित्र्याउन तयार छौंः एनआरएन

नेपालमा लगानी भित्र्याउन तयार छौंः एनआरएन

अमेरिका । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दक्षिण कोरियामा रहेका गैरआवासीय नेपालीलाई कोरियामा सिकेको सिप, गरिरहेको श्रम र आर्जन गरेको सम्पत्तिको नेपालमा सदुपयोग गर्न आग्रह गर्नुभएको छ । दक्षिण कोरियाको भ्रमणमा रहनुभएका भण्डारीले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदद्वारा बुधबार आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा मन्त्री भण्डारीले नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको हो । विदेशी लगानी भित्र्याउन सरकारले कुनै कसर बाँकी नराख्ने जानकारी गराउँदै मन्त्री भण्डारीले लगानी सुरक्षाका लागि कानुनमा भएका सबै असहजतालाई सरकारले संशोधन तथा पुनरवलोकन गर्ने प्रतिबद्धता जनाउनुभयो । गैरआवासीय नेपालीले मन्त्री भण्डारीसमक्ष नेपालमा लगानी भित्र्याउन आफूहरू तयार रहेको र नेपाल सरकारले लगानी संरक्षणको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिएको उहाँको भ्रमण दलमा रहनुभएका स्वकीय सचिव आनन...
औद्योगिक क्षेत्रमा ‘पिक आवर’ मा फेरि लोडसेडिङ !

औद्योगिक क्षेत्रमा ‘पिक आवर’ मा फेरि लोडसेडिङ !

नेपाल । गत असोज दोस्रो साता आएको बाढीपहिरोका कारण क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत् आयोजना पुनःसञ्चालनमा नआउँदासम्म औद्योगिक ग्राहकका लागि साँझको समयमा विद्युत् कटौती हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । राष्ट्रिय प्रसारण लाइनमा जोडिएका जलविद्युत् आयोजनामध्ये सबैभन्दा ठूलो चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीको उत्पादन बन्द हुँदा हिउँदयाममा विद्युत् व्यवस्थापन गर्न कठिनाइ भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । माग व्यवस्थामा समस्या हुँदा विद्युत् बढी खपत हुने साँझको समय (पिक आवर) मा औद्योगिक ग्राहकका लागि विद्युत् आपूर्ति कटौती गर्नुपरेको उनको भनाइ छ । माथिल्लो तामाकोशीबाट उत्पादन शुरु नभएसम्म बढी विद्युत् माग हुने औद्योगिक क्षेत्रको विद्युत् केही कटौती भए पनि अन्य ग्राहकका लागि विद्युत् आपूर्ति हुने प्राधिकरणले जनाएको छ । माथिल्लो तामाकोशी यही पु...
‘आयोजना बैंक’ स्थापना गर्दै बागमती प्रदेश

‘आयोजना बैंक’ स्थापना गर्दै बागमती प्रदेश

नेपाल (हेटौंडा) । वाग्मती प्रदेशले पनि योजनाहरू ‘आयोजना बैंक’ मार्फत समेट्ने भएको छ । एक महिनाभित्र बैंक स्थापना गरी योजनाहरू समेट्ने तयारी भइरहेको वाग्मती प्रदेश नीति तथा योजना आयोगले जनाएको छ । राजधानीमा हेटौंडामा आयोजित ‘आर्थिक वर्ष २०८२।८३ जिल्लास्तरीय वार्षिक योजना तर्जुमासम्बन्धी गोष्ठी’ कार्यक्रमका अवसरमा आयोगले आयोजना बैंकबारे जानकारी दिएको हो । आयोजना बैंक कार्यान्वयनमा आएसँगै बैंकमा परेका योजनाहरू प्राथमिकताका आधारमा छानिने र छानिएका योजनाको प्रगतिसमेत हेर्न सकिने व्यवस्था हुने आयोगका उपाध्यक्ष गंगादत्त नेपालले बताए । ‘यो सबै भएका योजनाहरूको कति लिस्टिङ गर्न सकिन्छ, ती योजनाहरू प्राथमिकताका आधारमा छान्ने बैंक हो,’ उनले भने, ‘र पछि त्यसको प्रगति पनि हेर्न पाइन्छ ।’ कार्यान्वयनमा गएका योजनाको नियमन गर्ने साधन भएकाले प्रदेशमा वाग्मतीले पहिलो पटक सुरु गर्न लागेको समेत नेपालले जनाए...
नेपाल र चीनबीच डेढ अर्ब अमेरिकी डलर बराबरको राँगाभैँसीको मासु निर्यात गर्ने समझदारी

नेपाल र चीनबीच डेढ अर्ब अमेरिकी डलर बराबरको राँगाभैँसीको मासु निर्यात गर्ने समझदारी

नेपाल । नेपाल र चीनका निजी क्षेत्रबीच नेपालबाट वार्षिक डेढ अर्ब अमेरिकी डलर बराबरको राँगाभैँसीको मासु निर्यात गर्नेसम्बन्धी समझदारी भएको छ । सोमबार आयोजित कार्यक्रममा नेपालको हिमालयन फुड इन्टरनेशनल र चीनको साङ्घाई जियान फुड कम्पनी लिमिटेडबीच सोसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। समझदारीसँगै सो कम्पनीले पहिलो चरणमा वार्षिक उक्त मूल्य बराबरको मासु निर्यात गर्ने लक्ष्य राखेको छ। चीनमा वार्षिक २७ लाख मेट्रिकटन मासु आयात हुने तथ्याङ्क छ। हिमालयन फुड इन्टरनेशनलको सहकार्यमा ६ अर्ब रुपैयाँको लागतमा पूर्ण स्वचालित आधुनिक पशु वधशाला आउँदो ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने समझदारी बनेको छ। हिमालयन फुड प्रशोधित मासु निर्यातका लागि विसं २०६८ मा स्थापना भएको थियो। कम्पनीले विभिन्न मुलुकमा प्रशोधित मासु निर्यात गर्दै आइरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणका क्रममा नेपाल र...
डिसेम्बर १८ मा अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदै

डिसेम्बर १८ मा अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदै

नेपाल । बुधबार डिसेम्बर १८ अर्थात् अन्तर्राष्ट्रिय आप्रवासी दिवस । संयुक्त राष्ट्र संघले १८ डिसेम्बर १९९० मा आप्रवासी श्रमिक र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघको आह्वानमा आप्रवासनका चुनौती र अवसरका बारेमा चेतना जगाउन र विश्वभरका आप्रवासीको योगदानलाई मान्यता दिन विश्वव्यापीरूपमा यो दिवस मनाइन्छ । वर्तमान समयमा आप्रवासन समाजको अभिन्न आयाम बन्न पुगेको छ । यसका विभिन्न कारणमध्ये गरिबी, युद्ध, आन्तरिक द्वन्द्व तथा असुरक्षा, जलवायु परिवर्तनको असर, काम तथा रोजगारीको खोजी, विश्वव्यापीकरण एवं सूचना तथा सञ्चार प्रविधिको तीव्र विकासलाई लिने गरिएको छ। अन्तराष्ट्रिय आप्रवासन सङ्गठन (आईओइम) द्वारा प्रकाशित विश्व आप्रवासन प्रतिवेदन, २०२४ अनुसार विश्वभर अनुमानित २८.१ करोड मानिस आप्रवासीका...
नेपाली शेयर बजारमा उच्च अंकको गिरावट

नेपाली शेयर बजारमा उच्च अंकको गिरावट

नेपाल । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । सोमबार परिसूचक ५१ दशमलव ३७ अङ्कले घटेर दुई हजार छ सय ३० दशमलव ९१ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ९१ प्रतिशतको गिरावट हो । तीन सय चार कम्पनीको एक करोड २७ लाख ४५ हजार सात सय ७७ कित्ता शेयर ६७ हजार छ सय ४८ पटक खरिदबिक्री भएको छ । नेप्सेमा पाँच अर्ब ९३ करोड ५६ लाख चार हजार आठ सय ४७ बराबरको कारोबार भएको छ । सोमबार सबै समूहको उपसूचक रातो देखिएको थियो ।...
नेपालका वायुसेवालाई युरोप उडानमा अझै प्रतिबन्ध !

नेपालका वायुसेवालाई युरोप उडानमा अझै प्रतिबन्ध !

नेपाल । युरोपेली युनियन (ईयू) ले नेपालका सबै वायुसेवा कम्पनीलाई आफ्नो आकाशमा उडान गर्न फेरि प्रतिबन्ध लगाएको छ । ईयूले प्रत्येक वर्ष अद्यावधिक गर्ने ‘ईयू सेफ्टी लिस्ट’ मा नेपालका हवाईजहाज र हेलिकप्टर सेवा प्रदायक सबै कम्पनीलाई युरोप उडानमा प्रतिबन्ध लगाइएको उल्लेख छ । यो लिस्टमा पर्नु भनेको युरोपको आकाशमै प्रवेश गर्न नपाउनु हो । ईयूले करिब ११ वर्षदेखि नेपालका सबै वायुसेवालाई आफ्नो आकाशमा उड्न प्रतिबन्ध लगाउँदै आएको छ ।...
नेपालमा पेट्रोलको मूल्य बढ्दा डिजेल र मट्टितेलको घट्यो

नेपालमा पेट्रोलको मूल्य बढ्दा डिजेल र मट्टितेलको घट्यो

नेपाल । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको हो ।  
नेपालमा सुनको मूल्य एक लाख ५० हजार आठ सय

नेपालमा सुनको मूल्य एक लाख ५० हजार आठ सय

नेपाल । आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । गत शुक्रबारको तुलानामा आइतबार प्रतितोला सुनको मूल्य २ हजार दुई सयले घटेको हो । शुक्रबार प्रतितोला रू. एक लाख ५३ हजारमा कारोबार भएको सुन आइतबार बजार खुलेसँगै रू. एक लाख ५० हजार आठ सयमा खरिदबिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य प्रतितोला रू. २० घटेको छ । शुक्रबार प्रतितोला रू. एक हजार आठ सय ६० मा कारोबार भएको चाँदी आज रू. एक हजार आठ सय ४० मा किनबेच भएको थियो ।...