१५ कार्तिक २०८३, आईतवार

अर्थतन्त्र

भारतबाट इन्धनको मूल्य बढेर आए पनि नेपालमा भने यथावत्

भारतबाट इन्धनको मूल्य बढेर आए पनि नेपालमा भने यथावत्

नेपाल । इन्धनको मूल्य बढेर आए पनि नेपाल आयल निगमले आम उपभोक्ताको हित र चाडपर्वलाई मध्यनजर गर्दै हालको खुद्रा बिक्री मूल्यमा वृद्धि नगर्ने निर्णय गरेको छ । भारतबाट इन्धनको मूल्य बढेर आए पनि मूल्य यथावत राखिएको निगमले जानकारी दिएको छ । पेट्रोलियम पदार्थको मूल्य यथावत राख्दा निगमलाई आर्थिक भार थपिएको छ। निगमले दिएको जानकारीअनुसार मूल्य समायोजन नगर्दा निगमलाई पाक्षिक रूपमा करिब ३ अर्ब २० करोड ३८ लाख रुपियाँ घाटा हुनेछ । ...
अमेरिका-नेपाल सहयोगी समाजद्वारा बाढीपीडितका लागि ९२ हजार ९६४ अमेरिकी डलर सहयोग

अमेरिका-नेपाल सहयोगी समाजद्वारा बाढीपीडितका लागि ९२ हजार ९६४ अमेरिकी डलर सहयोग

अमेरिका । अमेरिकाको भर्जिनियामा सक्रिय अमेरिका–नेपाल सहयोगी समाजले नेपालमा हालै आएको रसुवा–भोटेकोशी बाढीपहिरोबाट प्रभावित समुदायको राहत तथा पुनस्र्थापनाका लागि संकलन गरेको ९२ हजार ९६४ अमेरिकी डलर (अनुमानित १ करोड, ४२ लाख नेपाली रुपियाँ) नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुन न्यूयोर्क आउनुभएका नेपाल सरकारका परराष्ट्रमन्त्री शिशिर खनालसँग भर्जिनियाबाट न्यूयोर्क पुगेर नेपाली महावाणिज्य दूतावास, न्यूयोर्कमा आयोजित भेटघाट र अन्तरक्रिया कार्यकममा संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुले उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गरिएको चेक ग्रहण गर्ने क्रममा परराष्ट्रमन्त्री खनालले संस्थालाई धन्यवाद दिँदै यसरी प्राप्त भएको रकमलाई सहि ढंगले सदुपयोग गरिने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले एएनएचएसका प्रतिनिधिहरुले दिएको सुझाव र विदेशमा बस्...
नेपाली डायस्पोरालाई आर्थिक रूपान्तरणका लागि उपयोग गर्ने सरकारको नीति र प्राथमिकता

नेपाली डायस्पोरालाई आर्थिक रूपान्तरणका लागि उपयोग गर्ने सरकारको नीति र प्राथमिकता

अमेरिका । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका लागि महत्त्वपूर्ण साझेदारको रूपमा उपयोग गर्ने सरकारको नीति र प्राथमिकताबारे जानकारी गराउनुभएको छ । अमेरिकामा रहेका गैरआवासीय नेपाली (एनआरएनए) तथा विभिन्न नेपाली डायस्पोरा संस्थाले आयोजना गरेको भेटघाट कार्यक्रममा सहभागी हुनुहुँदै मन्त्री खनालले डायस्पोरासम्बन्धी सरकारका नीति तथा प्राथमिकताबारे जानकारी गराउनुभएको हो । कार्यक्रममा उहाँले नेपाली डायस्पोराको ज्ञान, सीप, पुँजी, प्रविधि तथा सम्पर्क सञ्जाललाई नेपालको आर्थिक विकास र रूपान्तरणमा उपयोग गर्ने विषयमा सरकारको दृष्टिकोण प्रस्तुत गर्नु भएको थियो । मन्त्री खनालले नेपाल र नेपाली डायस्पोराबीचको सम्बन्धलाई थप सुदृढ गर्दै नेपालको आर्थिक रूपान्तरणमा डायस्पोराको योगदानलाई प्रभावकारी रूपमा परिचालन गर्ने सरकारको प्राथमिकता रहेको बताउनुभयो ।...
अर्थमन्त्री वाग्ले पूर्वाधार लगानी विकास बैंकको वार्षिक बैठकमा सहभागी हुन कतार प्रस्थान

अर्थमन्त्री वाग्ले पूर्वाधार लगानी विकास बैंकको वार्षिक बैठकमा सहभागी हुन कतार प्रस्थान

नेपाल । अर्थमन्त्री डा स्वर्णिम वाग्ले एसियाली पूर्वाधार लगानी विकास बैंक (एआइआइबी)को सञ्चालक समितिको ११औँ वार्षिक बैठकमा सहभागी हुन कतार प्रस्थान गरेका छन्। बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री वाग्ले शनिबार साँझ कतारको राजधानी दोहा प्रस्थान गरेका हुन्। उनीसँग अर्थ मन्त्रालय, अन्तरराष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख, सहसचिव अमृत लम्साल पनि छन्। एघारौँ वार्षिक बैठकका क्रममा अर्थमन्त्रीले बैंकको बोर्ड अफ गभर्नर्सको सत्रमा सहभागिता जनाउँदै नेपालको पूर्वाधार विकास, जलवायु अनुकूलन, नवीकरणीय ऊर्जा, विपद्पछिको पुनर्निर्माण र आर्थिक वृद्धिका प्राथमिकतामा बहुपक्षीय सहयोग तथा लगानी परिचालनबारे छलफल गर्ने मन्त्रीको निजी सचिवालयले जनाएको छ। भ्रमणका क्रममा अर्थमन्त्रीको उपस्थितिमा एसियाली पूर्वाधार लगानी बैंकका अध्यक्षसँगै भारत, बङ्गलादेश, कतार र मालदिभ्सका अर्थमन्त्रीसँ...
ऊर्जामन्त्री श्रेष्ठ र एडिबीका राष्ट्रिय निर्देशकबीच भेट

ऊर्जामन्त्री श्रेष्ठ र एडिबीका राष्ट्रिय निर्देशकबीच भेट

नेपाल । एसियाली विकास बैंक (एडिबी) का नेपाल राष्ट्रिय निर्देशक आर्नो कोशवाले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग भेट गर्नुभएको छ । भेटमा भोटेकोशीको बाढीको वैज्ञानिक अध्ययन र क्षति मूल्याङ्कन, जलवायुमैत्री विद्युत् पूर्वाधार निर्माणमा सहकार्य र सहयोग गर्ने विषयमा छलफल भएको मन्त्री श्रेष्ठको सचिवालयले जानकारी दिएको छ । मन्त्री श्रेष्ठले मन्त्रालयले बाढीको वैज्ञानिक आधार खोज्न विज्ञ समिति गठन गरेर अध्ययन गरिरहेको जानकारी गराउनुभयो । यसैगरी, अबको करिडोर कस्तो हुनुपर्छ भनेर प्राविधिक रुपमा अध्ययन गर्न मन्त्रालयकै प्राविधिक टोली बनाइएको उहाँले जानकारी गराउनुभयो । मन्त्रालयले अध्ययनपश्चात् एकीकृत अवधारणापत्र बनाउन लागेको मन्त्री श्रेष्ठले बताउनुभयो । एडिबीका राष्ट्रिय निर्देशक कोशवाले मन्त्रालयको विज्ञ र प्राविधिक टोलीसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । ऊर्जा क्षेत्रको सम...
फ्लाई दुबईमार्फत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान शुरु

फ्लाई दुबईमार्फत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान शुरु

नेपाल । फ्लाई दुबईमार्फत पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भएको छ । बुधबार साँझ फ्लाई दुबई यात्रु लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । योसँगै उक्त विमानबाट ओर्लिएका यात्रुहरूलाई स्वागत गरिएको छ। अवतरणका क्रममा विमानलाई भने पानीको फोहराले स्वागत गरिएको थियो । फ्लाई दुबईले यहाँ बुधबारदेखि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान शुरू गरेको हो । फ्लाई दुबईले बुधबारदेखि शुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक उडान अन्तर्गत दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको फ्लाई दुबईको जहाज साँझ ६ बजेर १९ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । एक सय १३ यात्रु लिएर आएको बोइङ ७३७ म्याक्स जहाजलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गरिएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए । यात्रुको स्वागतका लागि पोखरा महानगरपालिकाका प्रमुख धन...
सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता सुनिश्चित गरिने

सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता सुनिश्चित गरिने

नेपाल । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बहालवाला सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि बढाइएको जानकारी दिनुभएको छ । बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीका क्रममा सुरक्षाकर्मीले निर्वाह गरेको भूमिका र योगदानको उच्च मूल्यांकन गर्दै उनीहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको बताउनुभयो । कठिन भौगोलिक अवस्था, प्रतिकूल मौसम र सीमित स्रोतसाधनका बीच पनि सुरक्षाकर्मीले खोज, उद्धार तथा पुनःस्थापनाका कार्यमा देखाएको समर्पण प्रशंसनीय रहेको उल्लेख गर्दै उहाँले राष्ट्रसेवामा खटिने सुरक्षाकर्मीको योगदानको सम्मानस्वरूप आईपीओमा सहभागिताको व्यवस्था गर्न आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको ...
डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

नेपाल । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसंघको महासभामा भाग लिन मंगलबार साँझ ७ बजे अमेरिकाको न्यूयोर्क प्रस्थान गरे । उनले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए । उक्त सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका हुन् । प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा यही असोज ८ गते सम्बोधन गर्ने कार्यतालिका छ । उनी यही असोज १० गते स्वदेश फिर्ता हुने तालिका छ।...
रासायनिक मल खरिद गर्न १० अर्ब बराबरको स्रोत सहमति

रासायनिक मल खरिद गर्न १० अर्ब बराबरको स्रोत सहमति

नेपाल । अर्थमन्त्रालयले रासायनिक मल खरिद गर्न १० अर्ब बराबरको स्रोत सहमति दिएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले गरेको प्रस्तावमा अर्थमन्त्रालयले सो सहमति दिएको हो । स्रोत सहमति प्राप्त भएसँगै सो रकमबाट आवश्यक मल खरिदका लागि टेन्डर आह्वान गर्ने प्रक्रिया अघि बढाउने तयारी गरिएको मन्त्रालयले जनाएको छ । मन्त्री गीता चौधरीले आगामी सिजनमा किसानलाई आवश्यक पर्ने रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्न तयारी अघि बढाएको जानकारी दिनुुभयो । मन्त्री चौधरीले समयमै मलको व्यवस्थापन गरी किसानले खेतीको मुख्य सिजनमा मल अभाव व्यहोर्न नपरोस् भन्ने उद्देश्यले खरिद प्रक्रिया र आपूर्ति व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिएको जानकारी दिनुभयो । सरकारले बजेटमार्फत चालुु आर्थिक वर्ष २०८३।८४ मा रासायनिक मल खरिद गर्न ३२ अर्ब ४६ करोड १९ लाख रुपैयाँ विनियोजन गरेको छ । चालु आवमा पाँच लाख ५० हजार...
इन्जिनियर सुमन राईसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

इन्जिनियर सुमन राईसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपाल । सघन सहरी तथा भवन योजना शाखा धनकुटाका तत्कालीन इन्जिनियर सुमन राईसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार राईसहित लेखा अधिकृत इन्द्रबहादुर कार्की र सव–इन्जिनियर रविन श्रेष्ठविरुद्ध भोजपुर जिल्लास्थित विद्यालयको नयाँ भवन निर्माण कार्यको अन्तिम बिल भुक्तानी प्रक्रियामा विभिन्न बहाना गरी दुख हैरानी दिइ सेवाग्राहीसँग घुस माग गरी भ्रष्टाचार गरेको आरोप लागेको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो एक लाख ३५ हजार रुपियाँ कायम गरी कैद र जरिवाना सजाय हुन मागदाबी लिइ सोमबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ । ...