१५ आश्विन २०८३, बिहीबार

भारतबाट इन्धनको मूल्य बढेर आए पनि नेपालमा भने यथावत्

कोलोराडोखबर संवाददाता , October 1st, 2026

नेपाल । इन्धनको मूल्य बढेर आए पनि नेपाल आयल निगमले आम उपभोक्ताको हित र चाडपर्वलाई मध्यनजर गर्दै हालको खुद्रा बिक्री मूल्यमा वृद्धि नगर्ने निर्णय गरेको छ ।

भारतबाट इन्धनको मूल्य बढेर आए पनि मूल्य यथावत राखिएको निगमले जानकारी दिएको छ ।

पेट्रोलियम पदार्थको मूल्य यथावत राख्दा निगमलाई आर्थिक भार थपिएको छ। निगमले दिएको जानकारीअनुसार मूल्य समायोजन नगर्दा निगमलाई पाक्षिक रूपमा करिब ३ अर्ब २० करोड ३८ लाख रुपियाँ घाटा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्