एनआरएनलाई अर्थमन्त्री वाग्लेको आग्रह: ‘ढुक्कसँग नेपालमा लगानी गर्नुहोस्’
नेपाल । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशमा रहेका नेपालीलाई नेपालमा ढुक्कसँग लगानी गर्न आग्रह गर्नुभएको छ।
चीनको ग्वाङझाउमा शनिबारदेखि सुरु भएको एनआरएनएको ११औँ एसिया–प्यासिफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत शुभकामना दिँदै उहाँले पर्यटन, सूचना प्रविधि, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषि तथा आयात प्रतिस्थापन हुने क्षेत्रमा लगानी बढाउन आग्रह गर्नुभएको हो।
सरकारले लगानीको अनुकूल वातावरण निर्माण, स्वदेशमै मर्यादित रोजगारी सिर्जना तथा कृत्रिम बौद्धिकता (एआई) र सूचना प्रविधि क्षेत्रलाई प्रोत्साहन गर्ने गरी नीतिगत रणनीति कार्यान्वयन गरिरहेको वाग्लेले बताउनुभएको छ।
सरकारले चालु बजेटमार्फत २७ वटा ऐन–कानुन संशोधन गरी लगानीमैत्री वातावरण निर्माण गरेको तथा कर प्रणालीमा समेत व्यापक सुधार गरिएको उहाँले जानकारी दिनुभएको छ। सुधारको पहिलो वर्ष सुरुआत, दोस्रो वर्ष थप विस्तार र त्यसपछिका वर्षमा त...









