१५ कार्तिक २०८३, आईतवार

अर्थतन्त्र

५ अर्ब ९ करोड २४ लाख रुपियाँभन्दा बढीको विद्युत् निर्यात

५ अर्ब ९ करोड २४ लाख रुपियाँभन्दा बढीको विद्युत् निर्यात

नेपाल । नेपालले भदौ महिनामा ५ अर्ब ९ करोड २४ लाख रुपियाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त अवधिमा भारत र बंगलादेशतर्फ कुल ५६ करोड ५६ लाख ६ हजार ४ सय ४३ युनिट विद्युत् निर्यात भएको हो । प्राधिकरणले द्विपक्षीय सम्झौता र विद्युत् बजार (एक्सचेन्ज मार्केट) मार्फत विद्युत् बिक्री गरेको जनाएको छ । द्विपक्षीय सम्झौतामार्फत ४२ करोड १६ लाख युनिटभन्दा बढी विद्युत् ३ अर्ब ६४ करोड रुपियाँभन्दा बढीमा बिक्री भएको छ भने एक्सचेन्ज मार्केटमार्फत १४ करोड ३९ लाख युनिटभन्दा बढी विद्युत् निर्यातबाट १ अर्ब ४४ करोड ९९ लाख रुपियाँ आम्दानी भएको छ । भोटेकोशी बाढीबाट चिलिमे तथा त्रिशूली जलविद्युत् केन्द्रका संरचनामा क्षति पुगेपछि हाल बंगलादेशतर्फको विद्युत् निर्यात रोकिएको प्राधिकरणले जनाएको छ । अन्य आयोजनाबाट बंगलादेशतर्फ निर्यात पुनः सुरु गर्न भारतीय पक्षसँग आवश्यक स्वीक...
अर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता

अर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किनुभएको छ। भारत सरकारको निमन्त्रणामा बिहीबार छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ तीनदिने औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो। भारतका प्रभावशाली मन्त्रीस्तरीय दुई भेटवार्ता, एक कूटनीतिक, एक सामाजिक, एक आर्थिक–व्यावसायिक र एक प्राज्ञिक मञ्चमा प्रमुख अतिथिका रूपमा सहभागी भएर अर्थमन्त्री वाग्ले आज स्वदेश फर्कनुभएको हो। भ्रमणका क्रममा रसुवामा गएको भोटेकोशी बाढीपछिको उद्धार र राहतमा भारत सरकारले पुर्‍याएको सहयोगप्रति सरकारका तर्फबाट भारत सरकारलाई धन्यवाद ज्ञापन गरिएको अर्थमन्त्री डा। वाग्लेले बताउनुभयो। साथै, बाढीपछिको पुनर्निर्माणमा भारतसँग थप सहयोग र सहकार्यको प्रस्ताव गरिएको र दुई देशबीचको राजनीतिक, आर्थिक तथा कूटनीतिक सहकार्यलाई नयाँ ढङ्गबाट अघि बढाउने विषयमा पनि भेटघाट फलदायी भएक...
नेपालमा एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स

नेपालमा एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स

नेपाल । चालू आव २०८३–०८४ को पहिलो महिना अर्थात साउनमा नेपालमा दुई खर्ब १५ अर्ब पाँच करोड रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको साउनमा एक खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । त्यस्तै, गत आर्थिक वर्षभरि नेपालमा कुल २३ खर्ब ६३ अर्ब रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरमा भने साउनमा रेमिट्यान्स आप्रवाह १०.२ प्रतिशतले बढेर एक अर्ब ४० करोड डलर पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २५ प्रतिशतले बढेको थियो ।...
नेपाल-भारत आर्थिक तथा रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउनु पर्नेमा जोड

नेपाल-भारत आर्थिक तथा रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउनु पर्नेमा जोड

नयाँ दिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल र भारतबीचको आर्थिक तथा रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउनु पर्नेमा जोड दिनुभएको छ । भारतको औपचारिक भ्रमणमा रहनुभएका उहाँले दुई देशबीचको साझेदारीलाई समयसापेक्ष बनाउन भौतिक, डिजिटल तथा ऊर्जा सञ्जालको विस्तार अपरिहार्य रहेको बताउनुभयो । नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टर (आईआईसी) मा शुक्रबार आयोजित उच्चस्तरीय कूटनीतिक गोलमेच (Diplomatic Roundtable) संवादलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले नेपालले हालै बेहोरेको प्राकृतिक विपद् र त्यसले पुर्‍याएको जनधनको क्षतिबारे चर्चा गर्दै संकटको घडीमा भारत सरकार तथा जनताले देखाएको तदारुकता एवं उल्लेखनीय सहायताप्रति आभार व्यक्त गर्नुभयो। विपद्पछिको पुनर्निर्माणलाई दिगो र सुरक्षित बनाउन नेपाल 'बिल्ड ब्याक बेटर' (Build Back Better) को अवधारणा दृढतापूर्वक लागू गरिरहेको उ...
अर्थमन्त्री वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबिच भेटवार्ता

अर्थमन्त्री वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबिच भेटवार्ता

नेपाल । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबिच भेटवार्ता भएको छ। बिहीवार अपराह्न ५ बजे नयाँ दिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा उहाँहरूबिच भेटवार्ता भएको हो। भेटमा दुवै देशका सरकारी प्रतिनिधिमण्डलका सदस्यहरू सहभागी हुनुहुन्थ्यो।...
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने भारत भ्रमणमा जानुहुने भएको छ। बुधवार बसेको मन्त्रिपरिषद् बैठकले उहाँको भारत भ्रमण स्वीकृत गरेको हो। उहाँ बिहीवार ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्नुहुनेछ। भ्रमण टोलीमा अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरू सहभागी हुनेछन्। विपद्पछिको पुनर्निर्माण लगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ। बिहीवार साँझ ५ बजे उहाँले आफ्ना भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्नुहुनेछ। यस्तै, शुक्रवार अर्थमन्त्री डा। वाग्लेले भारतीय विदेशमन्त्री डा। एस। जयशंकरसँग भेटवार्ता गर्ने कार्यतालिका छ। सोही दिन भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्नुहुने उच्चस्त...
कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न, बिहीबारदेखि पूर्ण रुपमा यातायात सञ्चालन

कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न, बिहीबारदेखि पूर्ण रुपमा यातायात सञ्चालन

नेपाल । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गको नागढुङ्गा–मुग्लिन सडकखण्डमा पर्ने कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ। उक्त खण्डमा यही भदौ २८ गतेदेखि परीक्षणका रुपमा यातायात सेवा सुरु भइसकेको छ भने आगामी असोज १ गतेदेखि पूर्ण रुपमा यातायात सञ्चालन सुरु हुनेछ। प्रधानमन्त्री बालेन्द्र शाहले यही भदौ १७ गते सङ्घीय संसद्मा सम्बोधनका क्रममा रसुवाको बाढीले क्षतिग्रस्त कृष्णभीर खण्ड भदौ महिनाभित्रै सञ्चालनमा ल्याउने बताएका थिए।...
नेपाल वायुसेवा निगमको वाइडबडी सी-चेकका लागि एक महिनादेखि इटालीमा

नेपाल वायुसेवा निगमको वाइडबडी सी-चेकका लागि एक महिनादेखि इटालीमा

नेपाल । नेपाल वायुसेवा निगमको वाइडबडी नाइन एन एलजेट ‘मकालु’ जहाज एक महिनादेखि इटालीमा रोकिएको छ । नियमित विस्तृत परीक्षण (सी–चेक) का लागि साउन २४ गते इटाली पुगेको उक्त जहाजको दायाँ इन्जिनको अटो ब्रेकिङ सिस्टममा समस्या देखिएपछि समयमै मर्मत हुन नसक्दा ३५ दिनदेखि उतै रोकिएको हो । निगमका प्राविधिक प्रवक्ता देवेन्द्र पुनका अनुसार साउन २४ गते इटाली पुगेको उक्त जहाज भदौ १५ गते नेपाल फर्किने तालिका थियो तर सी–चेकका क्रममा जहाजको दायाँ इन्जिनको अटो ब्रेकिङ सिस्टममा समस्या देखिएपछि आवश्यक पार्ट फेर्नुपर्ने अवस्था आएको र उक्त पार्ट तत्काल इटालीमा उपलब्ध नभएपछि जहाजको मर्मत अवधि लम्बिएको हो । विस्तृत परीक्षणका क्रममा अतिरिक्त खराबी भेटिने गरे पनि समस्या पहिचान भएपछि आवश्यक पार्ट तत्काल उपलब्ध गराउन नसक्दा जहाजको ग्राउन्डिङ अवधि लम्बिएको उहाँको भनाइ छ । इटालीको एसपी एटिटेक कम्पनीमा सी–चेक गराउन उक्त...
नौविसे-मुग्लिन खण्डमा पर्ने कृष्णभीरमा असोज १ गतेदेखि यातायात पूर्ण रूपमा सञ्चालन हुने

नौविसे-मुग्लिन खण्डमा पर्ने कृष्णभीरमा असोज १ गतेदेखि यातायात पूर्ण रूपमा सञ्चालन हुने

नेपाल । पृथ्वी राजमार्गको नौविसे–मुग्लिन खण्डमा पर्ने धादिङको कृष्णभीरमा असोज १ गतेदेखि यातायात पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ । आइतबार परीक्षणका रूपमा यातायात सञ्चालन गरिएको यो राजमार्ग सर्वसाधरणका लागि असोज १ गतेबाट खुला गरिने सडक विभागले जनाएको छ । त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण कृष्णभिर क्षेत्रमा करिब एक सय मिटर सडक कटान गरेपछि सो राजमार्ग भदौ १४ गते देखि अवरूद्ध छ । सडक विभागले आवश्यक स्रोत, साधन, जनशक्ति तथा उपकरण परिचालन गरी नयाँ ट्र्याक निर्माण गरी सडक पुनःस्थापनाको काम अघि बढाएकाले राजमार्ग सञ्चालनको अवस्थामा पुगेको हो । सडक विभागले आइतबार राति विज्ञप्ति जारी गर्दै निर्माणाधीन ट्र्याकको अवस्था र सवारी आवागमनको सम्भाव्यता परीक्षण गरिएकाले असोज १ गतेबाट सञ्चालनमा ल्याइने उल्लेख छ । उक्त राजमार्ग आइतबार परीक्षण गरिएको थियो । सोमबार ९आज० परीक्षणलाई पनि निरन्तरता दिद...
काठमाडौंमा पाँच दिनमा दुई लाख ३३ हजार ६६२ सिलिण्डर ग्यास बिक्री

काठमाडौंमा पाँच दिनमा दुई लाख ३३ हजार ६६२ सिलिण्डर ग्यास बिक्री

नेपाल । पछिल्लो पाँच दिनमा काठमाडौँ उपत्यकामा विभिन्न कम्पनीका दुई लाख ३३ हजार ६६२ सिलिण्डर ग्यास बिक्री गरिएको छ । पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा गएको पहिरोको कारण राजमार्ग अवरुद्ध भएपछि नेपाल आयल निगमको समन्वयमा तराईका उद्योगमा सिलिण्डर रिफिल गरी बैकल्पिक बाटोबाट ती सिलिण्डर काठमाडौँमा ल्याई बिक्री गरिएका हुन् । निगमका अनुसार सोमबार ४८ हजार १०९, मङ्गलबार ४६ हजार २१८, बुधबार ५३ हजार ४६९, बिहीबार ४५ हजार २३० र बिहीबार ४० हजार ६३६ थान सिलिण्डर काठमाडौँ ल्याएर बिक्री गरिएका छन् । मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले यही भदौ १४ गतेदेखि काठमाडौँ, धादिङ र काभ्रेपलाञ्चोकस्थित उद्योगका सिलिण्डर बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीमा रहेका उद्योगमा भरेर बैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाएको थियो । पृथ्वी राजमार्ग नियमित सञ्चालन नहुँदासम्म वैकल्पिक मार्गबाट ग...