नेपाल । अर्थमन्त्रालयले रासायनिक मल खरिद गर्न १० अर्ब बराबरको स्रोत सहमति दिएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले गरेको प्रस्तावमा अर्थमन्त्रालयले सो सहमति दिएको हो ।
स्रोत सहमति प्राप्त भएसँगै सो रकमबाट आवश्यक मल खरिदका लागि टेन्डर आह्वान गर्ने प्रक्रिया अघि बढाउने तयारी गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्री गीता चौधरीले आगामी सिजनमा किसानलाई आवश्यक पर्ने रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्न तयारी अघि बढाएको जानकारी दिनुुभयो ।
मन्त्री चौधरीले समयमै मलको व्यवस्थापन गरी किसानले खेतीको मुख्य सिजनमा मल अभाव व्यहोर्न नपरोस् भन्ने उद्देश्यले खरिद प्रक्रिया र आपूर्ति व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिएको जानकारी दिनुभयो ।
सरकारले बजेटमार्फत चालुु आर्थिक वर्ष २०८३।८४ मा रासायनिक मल खरिद गर्न ३२ अर्ब ४६ करोड १९ लाख रुपैयाँ विनियोजन गरेको छ । चालु आवमा पाँच लाख ५० हजार मेट्रिक टन मल खरिद गर्ने लक्ष्य रहेकोमा १ असोज सम्म दुुई लाख ४० हजार मेट्रिक टन मल खरिदका लागि टेन्डर आह्वान गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रीपरिषदले तीन साता अघि कृषि सामाग्री कम्पनी लिमिटेडलाई हिउँदै सिजनको लागि २५ हजार मेट्रिक डिएपी मल ल्याउन स्वीकृति दिएको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्