भारतमा २८३ मेगावाट विद्युत् निर्यातको अनुमति नवीकरण
नेपाल । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालका आठ जलविद्युत् आयोजनाको २८३ मेगावाट विद्युत् निर्यातको अनुमति नवीकरण गरेको छ ।
भारतको विद्युत् मन्त्रालय अन्तर्गत रहेको प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज (आइइएक्स) का लागि चार र मध्यकालीन सम्झौता अन्तर्गत हरियाणा राज्यमा निर्यात हुने चार आयोजनाका लागि निर्यात अनुमति करिब एक वर्षका लागि नवीकरण गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले देशभित्र खपत गरी बचेको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज ९आइएक्स० को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम हरियाणा र विहार राज्यमा बिक्री गरिरहेको छ । भारतको प्रसारण संरचना प्रयोग गरी बङ्गलादेशमा पनि विद्युत् निर्यात भइरहेको छ ।
आइइएक्सका लागि १०३ र विहारका लागि १८० मेगावाट विद्युत् निर्यातको अनुमति नवीकरण भएको हो । सबै आयोजनाक...









