२ आश्विन २०८३, शुक्रबार

अर्थतन्त्र

के के समेटिएको छ १०० बुँदे नीति तथा कार्यक्रममा ?

के के समेटिएको छ १०० बुँदे नीति तथा कार्यक्रममा ?

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आव २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भयो । १०० बुँदामा समेटिएको नीति तथा कार्यक्रमको पूर्णपाठः सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधन प्रतिनिधि सभाका सम्माननीय सभामुख, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष, सङ्घीय संसद्का माननीय सदस्यहरू, सम्वत् २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनपश्चात् जनताबाट प्राप्त स्पष्ट जनादेशसहित गठन भएको सरकारका तर्फबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न पाउँदा म गौरवान्वित छु। नेपालको लोकतान्त्रिक आन्दोलनका प्रेरणाका अग्रजलाई स्मरण गर्दै नागरिक सर्वोच्चता, स्वतन्त्रता, सुशासन, भ्रष्टाचार नियन्त्रण, आर्थिक रूपान्तरण र जनउत्तरदायी शासन प्रणाली स्थापनाको आकाङ्क्षासह...
सोमबारदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु हुँदै

सोमबारदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु हुँदै

नेपाल । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि सुरु हुँदै छ । मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गर्नुभएको छ । सोमबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन सुरु हुनुका साथै सरकारको वार्षिक नीति तथा कार्यक्रम पेसका लागि संयुक्त सदनको बैठकसमेत बस्ने छ । बजेट अधिवेशनमा नियमित विधायिकी कामबाहेक संविधान, कानुन र संसद्को नियमावलीले तोकेको समयसीमाभित्र निश्चित काम सम्पन्न गर्नुपर्ने दायित्व संसद्लाई छ । विगतका वर्षभन्दा केही ढिला गरी अधिवेशन आह्वान भएकाले कार्यतालिकाको दबाबसमेत परेको छ । अधिवेशनमा संवैधानिक दायित्व अनुसार जेठ १५ गते सरकारका तर्फबाट वार्षिक बजेट पेस हुने छ । असार मसान्तसम्म बजेट पारित र प्रमाणीकरणको प्रक्रिया पूरा गर्नुपर्ने छ । यस्तै सरकारका तर्फबाट वार्षिक नीति तथा कार्यक्रम पनि बजेट अधिवेशनमा पेस र स्वीकृत हुने छ । वैशाख २८ गते नीति तथा क...
बजेटका लागि प्रधानमन्त्री बालेनले मागे छुट्टै सुझाव !

बजेटका लागि प्रधानमन्त्री बालेनले मागे छुट्टै सुझाव !

नेपाल । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा ल्याएको छ। आगामी सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षाहरूलाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको सुरुवात गरिएको हो। यस पोर्टलका माध्यमबाट देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिक, विषयविज्ञ र नीति निर्माताहरूले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना महत्वपूर्ण राय-सुझावहरू सिधै सरकारसमक्ष पेश गर्न सक्नुहुनेछ। ​प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारको नीति निर्माण प्रक्रियालाई प्रशासनिक घेरामा मात्र सीमित नराखी आम जनताको भावना र विज्ञतालाई कदर गर्ने प्रधानमन्त्रीज्यूक...
बजार सुशासनका लागि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

बजार सुशासनका लागि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

नेपाल । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले सोमबारदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा ‘मूल्य पारदर्शिता सप्ताह’ आयोजना गर्न लागिएको हो । प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धानविज्ञ दिपा दाहालले आमनागरिकको दैनिक जीवनसँग जोडिएको मूल्यवृद्धिको समस्या समाधान गर्न यो अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो । सप्ताहव्यापी अभियानले बजारमा हुने गलत क्रियाकलाप रोक्न कोसेढुङ्गा सावित हुने विश्वास लिइएको बताउनुभयो । प्रेसविज्ञ दाहालले सबै सरोकार भएका निकाय, नागरिक समाज र सञ्चारकर्मीलाई यस अभियानमा सहयोग र बजारमा हुने अनियमितताको खबरदारी गर्नसमेत आग्रह गर्नुभयो । अभियानको समयसीमा र नेतृत्व यो विशेष अभियान सोमबारदेखि सुरु ...
१६ वटा युरोपेली देशसँग श्रम समझदारी अघि बढाउन पहल गर्दैछौंः मन्त्री यादव

१६ वटा युरोपेली देशसँग श्रम समझदारी अघि बढाउन पहल गर्दैछौंः मन्त्री यादव

नेपाल । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले १६ वटा युरोपेली देशसँग श्रम समझदारी अघि बढाउन परराष्ट्र मन्त्रालयमार्फत पहल गर्न लागेको जानकारी दिनुभएको छ । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले श्रम समझदारीका लागि मन्त्रालयबाट पहल गर्दा सम्बन्धित देशबाट जवाफ आउन ढिलाइ भएकाले परराष्ट्र मन्त्रालयमार्फत पहल गर्न लागेको जानकारी दिनुभएको हो । मन्त्रालयका अनुसार जिटुजी र बिटुबी गरी हाल १३ देशसँग मात्रै श्रम समझदारी गरेको छ तर नेपाली भने रोजगारीका लागि १७८ वटा देशमा श्रम स्वीकृति लिएर गएका छन् । श्रम समझदारी नभएका देशमा जाने श्रमिक आर्थिक शोषणमा पर्ने गरेका छन् । अझै युरोप जाने नेपालीमाथि हुने ठगी अझै डरलाग्दो रहेको छ । श्रममन्त्री यादवले युरोपमा वैदेशिक रोजगार प्रक्रियामा भइरहेको आर्थिक ठगी र श...
पूर्वअर्थमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पूर्वअर्थमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपाल । पोखरा विमानस्थलको अर्को भ्रष्टाचार काण्डमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध बिहबिार भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अर्थमन्त्री कार्की र २ सचिवसहित १४ जनाविरुद्ध आज मुद्दा दायर गरेको हो। उनीहरूमाथि ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो बराबरको भ्रष्टाचार भएको उल्लेख गर्दै सोही बराबरको जरिवाना समेत असुल गरी कैद सजायको मागदावीसहित मुद्दा दर्ता गरिएको छ। तत्कालीन अर्थमन्त्री कार्कीसहित अर्थसचिव शंकरप्रसाद अधिकारी, तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपाने, तत्कालीन सहसचिवद्वय सुरेश आचार्य र दुण्डुराज घिमिरे, पूर्वसचिव ९तत्कालीन सहसचिव० केवल भण्डारी, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जिव गौतम र निवर्तमान महानिर्देशक प्रदीप अधिकारी, उपसचिव युवराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी, इन्जिनियर य...
नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वमा को को आए ?

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वमा को को आए ?

नेपाल । नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ कार्यसमिति चयन भएको छ । विद्यमान विधानको प्रावधान अनुसार महासंघ नेतृत्वमा अञ्जन श्रेष्ठ स्वतः पुगेका छन् । उनी चन्द्रप्रसाद ढकाल नेतृत्वको निवर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष थिए । महासंघको ६०औं साधारणसभा तथा निर्वाचनबाट नयाँ कार्यसमिति चयन भएको हो । अध्यक्ष श्रेष्ठको कार्यकाल तीन वर्षको हुनेछ । कार्यसमितिमा अरु पदाधिकारी र सदस्यमा को को आए ? महासंघको निर्वाचनमा निर्वाचन समितिको तर्फबाट सार्वजनिक अन्तिम मतपरिणाम: ...
नेपाली बजारमा सुनको मूल्य रु ५८०० बढेर दुई लाख ९६ हजार ८०० मा कारोबार

नेपाली बजारमा सुनको मूल्य रु ५८०० बढेर दुई लाख ९६ हजार ८०० मा कारोबार

नेपाल । मङ्गलबारको तुलनामा नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा रु पाँच हजार ८०० र चाँदी रु १७५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९६ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार ५५ कायम भयो । मङ्गलबार एक तोला छापावाल सुन रु दुई लाख ९१ हजार र त्यति नै परिमाणको चाँदी रु चार हजार ८८० मा किनबेच भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार बुधबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६३० र त्यति नै परिमाणको चाँदी ७४ अमेरिकी डलरमा कारोबार भयो ।...
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाममा सार्वजनिक गर्न सुरु

समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाममा सार्वजनिक गर्न सुरु

नेपाल । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाममा सार्वजनिक गर्न सुरु गरेको छ । समितिका अनुसार बुधबार समस्याग्रस्त घोषित १० वटा सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक गरिएको छ । अन्य समस्याग्रस्त सहकारीका ठुला ऋणीको नाममा क्रमशः सार्वजनिक गर्ने समितिले जनाएको छ । समितिले सूचना जारी गर्दै सम्बन्धित ऋणीहरूले यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न भनेको छ । अन्यथा कानुन बमोजिम असुली गरिने जनाएको छ । साथै अन्य ऋणीहरूको नामावली समेत क्रमिकरुपमा प्रकाशित हुने भएकाले त्यस्ता ऋणीहरूले पनि कार्यालयमा यथाशीघ्र सम्पर्क गरी ऋण तिर्न आग्रह गरेको छ । ...
पर्यटकवाहक सवारी साधनको दर्ता अब अनलाइनबाटै

पर्यटकवाहक सवारी साधनको दर्ता अब अनलाइनबाटै

नेपाल । सरकारले स्थलमार्गबाट नेपाल भित्रिने भारतीय तथा अन्य देशका पर्यटकलाई सहज बनाउन अनलाइन सेवा सुरु गरेको छ । अर्थ मन्त्रालय मातहतको भन्सार विभागले विदेशी सवारी साधनको विवरण भर्न र राजस्व तिर्न सक्ने गरी ‘अस्थायी सवारी आयात (टीआईभी) प्रणाली सञ्चालनमा ल्याएको हो । उक्त प्रणालीको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एक कार्यक्रमबीच शुभारम्भ गर्नुभयो । नयाँ प्रणाली कार्यान्वयनमा आएसँगै अब आफ्नै सवारी साधन लिएर आउने विदेशी पर्यटकले घरैबाट विवरण भर्न र अनलाइनमार्फत शुल्क बुझाउन सक्नेछन् । यसअघि भन्सार नाकामै पुगेर भौतिक रूपमा अस्थायी इजाजत लिनुपर्ने र नवीकरणका लागि पुनः नाकामै धाउनुपर्ने वा जरिबाना तिर्नुपर्ने बाध्यता थियो। प्रणालीको शुभारम्भ गर्दै अर्थमन्त्री डा. वाग्लेले सीमा क्षेत्रमा पर्यटकले पाउने सास्ती अब हट्ने बताउनुभयो। “सरकारले अनुशरण गरेको सुशासन र छरितो सार्वजनिक सेवा दिने घोषणा...