२९ बैशाख २०८१, शनिबार

अर्थतन्त्र

सरकारले पेसा व्यवसायको संरक्षण गर्नुपर्ने, भारतबाट भित्रिने खसी-बोका रोक्न माग

सरकारले पेसा व्यवसायको संरक्षण गर्नुपर्ने, भारतबाट भित्रिने खसी-बोका रोक्न माग

काठमाडौँ । नेपाल व्यावसायिक बाख्रापालक महासङ्घले सरकारले पेसा व्यवसायको संरक्षण गर्नुपर्ने माग गरेको छ । महासङ्घले आफूहरुको पेसा–व्यवसायको संरक्षणका लागि हाल भइरहेको सरकारी प्रयास न्यून उपलब्धि दिने, नाम मात्रैका र वास्तविक किसानको पहुँचभन्दा बाहिर रहेको जनाएको छ । सरकारले किसानलाई उचित अनुदानको व्यवस्था गर्न नसक्दा अहिले खसी–बोकाबाट घाटा व्यहोर्नुपरेको महासङ्घको भनाइ छ । साथै, अवैध रुपमा भित्र्याइने भारतीय खसी बोकाका कारण सङ्क्रामक रोगको मारमा किसान पर्ने गरेका छन् । नेपाली बजारमा भारतीय खसी बोकाको मासुले प्रश्रय पाउँदा किसान मारमा परेका छन् । यसले नेपालको अर्थतन्त्रमा समेत असर परेको महासङ्घको भनाइ छ । बाख्रापालक किसानलाई राज्यले उचित अनुदानको व्यवस्था गर्नुपर्ने, पेसाको विस्तार, ऋण सुविधा, सरकारी तहबाट किसानका लागि उच्च जातका बोका, पाठीहरु वितरण कार्यलाई अभियानको रुपमा सञ्चालन गरिन...
तिहारको चहलपहलः असन, इन्द्रचोकमा भीड बढ्यो

तिहारको चहलपहलः असन, इन्द्रचोकमा भीड बढ्यो

काठमाडौँ । काठमाडौँको मुख्य व्यापारिक क्षेत्र असनचोकमा तिहार सामग्री बेच्दै गर्नुभएकी रेश्मा तुलाधर नेपालीको दोस्रो ठूला पर्व नजिकिएसँगै व्यापार उल्लासमय बन्दै गएको बताउनुहुन्छ । “केही समय पहिला सुनसान बनेको व्यापार चाडवाड नजिकिएसँगै चहलपहल बढ्दो छ । विशेष गरी तिहार केन्द्रित सामग्री यस ठाउँमा बिक्री हुनाले उपत्यकावासी र उपत्यकाबाट तिहारको लागि बाहिरिने सर्वसाधारणको किनमेलको चाप अहिले उल्लेख्य छ । व्यापार पनि उल्लासमय बन्दै गएको छ”, उहाँ भन्नुहुन्छ । शुभ दिपावली नजिकिएसँगै काठमाडौँ उपत्यकाका असन, इन्द्रचोक, भोटाहिटी लगायतका प्रमुख व्यापारिक क्षेत्रमा झिलिमिली बत्ती, दियो, मखमली तथा सयपत्री फूल, सप्तरङ्गी टिका, तामा, पित्तलका भाँडा, भाइमसला लगायतका सामग्री किन्ने मानिसको घुइँचो देखिन्छ । तीन वर्षदेखि भाइ मसालाका सामग्री बजारबाट ल्याई आफैँ प्याकेजिङ गर्दै आउनुभएकी तुलाधर दिउँसोको समयमा...
देउराली सहकारीबाट ठगिएका बचतकर्तालाई जाहेरी दिन सिआईबीको आग्रह

देउराली सहकारीबाट ठगिएका बचतकर्तालाई जाहेरी दिन सिआईबीको आग्रह

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ललितपुरको देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट रकम हिनामिनामा परेका बचतकर्तालाई सम्पर्कमा आएर जाहेरी दिन आग्रह गरेको छ । प्रहरीले उजुरी दिनका लागि शुक्रबारसम्मको समयसीमा तोकेको छ । केही पीडित उजुरी लिएर आएका र उनीहरुको उजुरी दर्ता भएको जानकारी गराउँदै सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले रकम प्राप्त गर्न नसकेका भए जाहेरी दिन बचतकर्तालाई आग्रह गर्नुभयो । उक्त सहकारीबाट अहिलेसम्म झण्डै रु ५० करोड बिगो बराबरको रकम हिनामिहना भएको भनी जाहेरी परेको छ । जाहेरीका आधारमा तीन जनालाई पक्राउ गरिएको उहाँले बताउनुभयो । निक्षेपकर्ता सदस्यले ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यालय रही भक्तपुर र काठमाडौँको सेवा केन्द्रमार्फत समेतमा बचत तथा मुद्दति खाता खोली जम्मा गरेको रकमको साँवा तथा ब्याज समयावधि सकिँदासमेत पनि ...
खुद्रा किराना पसलेले पाउने भए २० बोरा चिनी, अब अभाव नहुने

खुद्रा किराना पसलेले पाउने भए २० बोरा चिनी, अब अभाव नहुने

काठमाडौँ । साल्टट्रेडिङ कर्पोरेशनले खुद्रा किराना पसलेलाई बिक्रीका लागि प्रदान गर्दै आएको चिनीको ‘कोटा’ बढाएको छ । कर्पोरेशनले गत मङ्गलबारदेखि उनीहरुलाई व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा प्रतिपसल १० बोराबाट २० बोरा पुर्याएको हो । प्रतिबोरा चिनीको मात्रा ५० केजी हुन्छ । कर्पोरेशनका व्यवस्थापक ब्रजेश झाका अनुसार हालसम्म चार सय ५० भन्दाबढी खुद्रा पसलले पाँच हजार बोराभन्दा बढी चिनी बिक्रीका लागि कर्पोरेशनबाट लगिसकेका छन् । उहाँले भन्नुभयो, “काठमाडाँै उपत्यकासहित अन्यत्रका खुद्रा किराना पसलेले कर्पोरेशनबाट चिनी लिन सक्छन् ।” उहाँका अनुसार सरकारले नै निर्धारण गरिदिएको प्रतिकेजी एकसय १२ रुपैयाँ ५० पैसामा खुद्रा बिक्री कर्तालाई चिनी बिक्री गरेको हो । कर्पोरेशनले चाडबाड लक्षित सहुलियत दरको चिनी प्रतिकेजी रु ९७ मा प्रतिव्यक्ति दुई केजीका दरले बिक्री गर्दै आएको छ । सरकारले नियन्त्रणमा लिएको सात...
विद्युत् महशुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटियो

विद्युत् महशुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटियो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले समयमा विद्युत् महशुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटेको छ । प्राधिकरणले विद्युत् महशुल बक्यौता असुलीलाई देशभरि अभियानकै रुपमा चलाइरहेको छ । विद्युत् लाइन काटेर करिब ५० करोड रुपैयाँ असुल गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारपछि वक्यौता असुलीलाई अझै सशक्त बनाइने बताउनुभयो । असूलउपर गर्नुपर्ने विद्युत् महशुल बक्यौता बृद्धि हुँदै गएपछि प्राधिकरणका देशभरिका वितरण केन्द्रहरुले महशुल नतिर्ने ग्राहकहरुको लाइन काटिरहेका छन् । विद्युत महशुल संकलन विनियमावली, २०७८ बमोजिम मिटर रिडिङ भएको १६औं दिनदेखि थपदस्तुर आकर्षित हुने व्यवस्था छ । मिटर रिडिङ भएको मितिले १६औं दिनदेखि ३०औं दिनसम्म ५ प्रतिशतका दरले र ३१औं दिनदेखि ४०औं दिनसम्म १० प्रतिशतका दरले थपदस्तुर लाग्ने प्रावधान छ । मिटर रिडिङ भएको मितिले ४०औं दिनसम्म पनि विद्युत महशुल नबुझाउ...
शेयर बजारमा सामान्य सुधार

शेयर बजारमा सामान्य सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक आज पाँच दशमलव १७ अङ्कले घटेर एक हजार आठ सय ६३ दशमलव ९४ को विन्दुमा कायम भएको हो । आज दुई सय ८८ कम्पनीको ३१ लाख ५७ हजार ६२ कित्ता शेयर ३० हजार तीन सय ६४ पटक खरिदबिक्री हुँदा रु ७८ करोड २७ लाख ४३ हजार दुई सय ६४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा विकास बैंक समूह शून्य दशमलव ३८, होटल तथा पर्यटन समूह शून्य दशमलव ६४, लगानी समूह शून्य दशमलव ४३ र निर्जीवन बीमा समूह शून्य दशमलव २३ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह एक दशमलव १६ र अन्य समूह शून्य दशमलव ७३ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकिङ शून्य दशमलव ३५, वित्त शून्य दशमलव ३३, जलविद्युत् शून्य दशमलव ६५, जीवन बीमा शून्य दशमलव ५१ र लघुवित्त समूह शून्य दशमलव २४ प्रतिशत...
लेकसाइड २४ घण्टा खोल्न दिन आदेश

लेकसाइड २४ घण्टा खोल्न दिन आदेश

काठमाडौं । उच्च अदालत पोखराले पोखराको पर्यटकीय क्षेत्र लेकसाइडलाई २४ घण्टानै खुला गर्न दिन अल्पकालीन आदेश दिएको छ । उच्चका कायममुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजलासले आज लेकसाइडमा भएका व्यापार व्यवसाय निरन्तर खोल्न दिन जिल्ला प्रशासन कार्यालय कास्कीलाई अन्तरिम आदेश दिएको हो । यसअघि व्यापार, व्यवसाय सञ्चालनमा रोक नलगाउन मागसहित स्थानीय देवीकुमारी बरालले अदालतमा निवेदन दिनुभएको थियो । बरालले दिएको रिट निवेदनउपरमा बहसपछि अदालतले अन्तिम निर्णय नहुञ्जेलसम्मका लागि कानुनविपरीतको कार्य भएको अवस्थामा बाहेक कानुनबमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्न इजलासबाट आदेश भएको अदालतका उपरजिष्ट्रार एवं सूचना अधिकारी विश्वनाथ अर्यालले जानकारी दिनुभयो । अर्यालका अनुसार निवेदकलाई कानुनबमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्नु नगराउनु भनी उच्च अ...
अस्ट्रेलियाद्वारा ब्याजदरमा वृद्धि

अस्ट्रेलियाद्वारा ब्याजदरमा वृद्धि

एजेन्सीहरु । अत्यधिक उच्च मुद्रास्फीतिमाथि नियन्त्रण गर्न अस्ट्रेलियाको केन्द्रीय बैंकले मङ्गलबार प्रमुख ब्याज दरलाई करिब १२ वर्षको उच्चतम स्तरमा बढाएको छ । रिजर्व बैंक अफ अस्ट्रेलियाले नगद दरलाई एक चौथाइ प्रतिशतले कडाइ गरेर चार दशमलव ३५ प्रतिशत बनाएको छ । यो सन् २०११ पछिको उच्चतम स्तर हो । पाँच महिनामा यो पहिलो वृद्धि थियो र सेप्टेम्बरमा केन्द्रीय बैंकको गभर्नर पद सम्हालेपछि मिसेल बुलकको नेतृत्वमा यो पहिलो वृद्धि हो । पछिल्लो आँकडाले सेप्टेम्बर ३० देखि तीन महिनाका अवधिमा वार्षिक मुद्रास्फीति अपेक्षा गरिएको भन्दा बढी पाँच दशमलव चार प्रतिशतले भइरहेको अवस्थामा मुद्रास्फीतिमाथि नियन्त्रण गर्न गभर्नर बुलकले कदम चाल्ने व्यापक अपेक्षा गरिएको थियो । “अस्ट्रेलियामा मुद्रास्फीतिले आफ्नो चरम सीमा पार गरिसकेको छ तर अहिले पनि यो अत्यधिक ठूलो छ, केही महिनाअघिको अपेक्षाभन्दा लगातार बढिरहेको छ”,...
चीनको जिडिपी ५.४ प्रतिशतले बढ्नेछ- आइएमएफ

चीनको जिडिपी ५.४ प्रतिशतले बढ्नेछ- आइएमएफ

एजेन्सीहरु । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले मङ्गलबार चीनको वास्तविक कूल गार्हस्थ्य उत्पादन जिडिपी सन् २०२३ मा पाँच दशमलव चार प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । आइएमएफका प्रथम उपप्रबन्ध निर्देशक गीता गोपीनाथले चीनको भ्रमण गरेपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “चिनियाँ अर्थतन्त्र सरकारको सन् २०२३ को विकास लक्ष्य पूरा गर्ने मार्गमा छ, यसले कोभिडपछिको सुदृढ सुधारलाई दर्शाउँछ ।” चीनका मिसन प्रमुख सोनाली जैन–चन्द्राको नेतृत्वमा आइएमएफको एउटा टोलीले सन् २०२३ आर्टिकल ४ कन्सल्टेसनमा छलफल गर्न अक्टोबर २६ देखि नोभेम्बर ७ सम्म चीनको भ्रमण गरेको थियो । मिसन टोलीले आर्थिक सम्भावना र जोखिम, सुधारको प्रगति र चुनौती तथा नीति प्रतिक्रियाहरूमा विचार आदानप्रदान गर्नका लागि सरकार, जनता तथा निजी क्षेत्रका प्रतिनिधि र शिक्षाविद्हरूसँग रचनात्मक छलफल गरेको थियो ।...
गार्मेन्ट कामदारको ज्यालामा ५६.२५ प्रतिशत वृद्धि

गार्मेन्ट कामदारको ज्यालामा ५६.२५ प्रतिशत वृद्धि

एजेन्सीहरु । बङ्गलादेशले आफ्ना ४० लाख गार्मेन्ट कामदारको न्यूनतम मासिक ज्यालामा मङ्गलबार ५६.२५ प्रतिशतले वृद्धि गरेको छ । सरकारी निर्णयप्रति मजदूर यूनियनले तत्काल विमति राख्दै विद्यमान ज्यालामा तेब्बर वृद्धि गर्नुपर्ने पूर्ववत् अडान कायम रहेको बताएको छ । “गार्मेन्ट फ्याक्ट्रीमा काम गर्ने कामदारहरूको नयाँ न्यूनतम मासिक ज्याला १२ हजार ५०० टाका (११३ अमेरिकी डलर) निर्धारण गरिएको छ,” सरकारले नियुक्त गरेको न्यूनतम ज्याला निर्धारण समितिका सचिव राइशा अफरोजले एएफपीसँग बताउनुभयो । बङ्गलादेशका करिब तीन हजार ५०० गार्मेन्ट कारखानाहरूले दक्षिण एसियाली देशको वार्षिक ५५ अर्ब अमेरिकी डलरको निर्यातको लगभग ८५ प्रतिशत हिस्सा ओगटेका छन् । बङ्गलादेशले लेभिज, जारा र एच एन्ड एमलगायत फेसन ब्राण्डमा विश्वभर तयारी पोशाक आपूर्ति गर्दछ । तर, यस क्षेत्रका ४० लाख कामदारमध्ये अधिकांशको अवस्था दयनीय छ । न्यून ...