२४ बैशाख २०८३, बिहीबार

नेपाली बजारमा सुनको मूल्य रु ५८०० बढेर दुई लाख ९६ हजार ८०० मा कारोबार

कोलोराडोखबर संवाददाता , May 7th, 2026

नेपाल । मङ्गलबारको तुलनामा नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा रु पाँच हजार ८०० र चाँदी रु १७५ ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९६ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार ५५ कायम भयो । मङ्गलबार एक तोला छापावाल सुन रु दुई लाख ९१ हजार र त्यति नै परिमाणको चाँदी रु चार हजार ८८० मा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार बुधबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६३० र त्यति नै परिमाणको चाँदी ७४ अमेरिकी डलरमा कारोबार भयो ।

प्रतिक्रिया दिनुहोस्