८ कार्तिक २०८३, आईतवार

एक अर्ब रुपियाँ बराबरको खसीबोका र च्याङ्ग्राको कारोबार

कोलोराडोखबर संवाददाता , October 25th, 2026

नेपाल । यसपालि दसैँमा काठमाडौं उपत्यकामा करिब एक अर्ब रुपियाँ बराबरको खसीबोका र च्याङ्ग्राको कारोबार भएको छ ।

दसैैँको एक सातामा बजारमा ९७ करोड रुपियाँ बराबरको ४० हजार खसीबोका र च्याङ्ग्रा कारोबार भएको चौपाया खरिदबिक्री संघले जनाएको छ । गत वर्ष एक अर्ब १६ करोड रुपियाँ बराबरको कारोबार भएकोमा यो वर्ष बजारमा माग कम हुँदा कारोबारमा समेत कमी आएको हो ।

सङ्घका अध्यक्ष जीवनराज खड्काले गत वर्षभन्दा यसपालि १५ हजार सङ्ख्यामा खसीबोकाको बिक्री कम भएको बताउनुभयो । गत वर्षको दसैँमा ५५ हजार च्याङ्ग्रा बिक्री भएकोमा यो वर्ष ४० हजारमा सीमित रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्