३ आश्विन २०८१, बिहीबार

कोलोराडोस्थित नेपाली घरको निर्वाचन सम्पन्न गर्न तीन सदस्यीय निर्वाचन समिति गठन

कोलोराडोखबर संवाददाता , April 2nd, 2024

नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । अमेरिकाको कोलोराडोमा क्रियाशील नेपालीहरुको साझा र सशक्त संस्था नेपाली घरको आगामी कार्यकालका लागि नयां कार्यसमिति चयनका लागी तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ ।

संस्थाका अध्यक्ष जगदिशचन्द्र ढकालकको अध्यक्षतामा आइतबार सम्पन्न कार्यसमितिको पूर्ण बैठकको सर्वसम्मत निर्णयले निर्वाचन समिति गठन गरेको हो ।

डा. संगीता श्रोत्रियको संयोजकत्वमा गठित निर्वाचन समितिका सदस्यहरुमा भुषणलाल श्रेष्ठ र कपिलदेव सुवेदी रहेका छन् । संस्थाको बिधान अनुसार सातौं कार्यकालको लागी कार्यसमिति चयन गर्न निर्वाचन समिति गठन गरिएको हो ।

वर्तमान कार्यसमितिको कार्यकाल गत जनवरीमा सकिए पनि तिब्रताका साथमा चलिरहेको नेपाली सास्कृतिक केन्द्रको निर्माण, मर्मत संभार तथा बिबिध प्रक्रियागत सहजताका लागी संस्थाको बिधान अनुसार ६ महिना कार्यकाल थप गरिए थियो । थप गरिएको अबधि आगामी जुन महिनासम्म क़ायम रहने भएको हुँदा नेपाली घरको विधान अनुसार ९० दिन भित्रमा निर्वाचन प्रक्रिया सम्पन्न गरी नयाँ कार्यसमिति चयन गर्न निर्वाचन समितिलाई अधिकार प्रदान गरिएको संस्थाका अध्यक्ष ढकालले बताएका छन् ।

नेपाली घरमा हाल ७ सयको हाराहारीमा आजीवन सदस्य, परिवारिक सदस्य , व्यक्तिगत सदस्य, विद्यार्थी सदस्य र मानार्थ सदस्य रहेका छन् । यस संस्थाको सदस्य बन्न सधै सबैलाई ढोका खुल्ला रहेको छ, तर निर्वाचन प्रक्रियाको हकमा निर्वाचन समिति गठन हुँदा सम्मको अवस्थामा सदस्यता प्राप्त गरी सकेका सदस्यहरुलाई मात्र मताधिकार रहने संस्थाका उपाध्यक्ष बसन्त लम्सालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्