एनआरएनए अमेरिकाको आयोजनामा नारी दिवस मनाईँदै, तयारीमा जुट्यो कोलोराडो च्याप्टर
कोलोराडो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आयोजनामा यस वर्ष कोलोराडोमा अन्तराष्ट्रिय नारी दिवस मनाइने भएको छ । ९ मार्च २०२४ (शनिबार) का दिन कोलोराडोस्थित नेपाली घरमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो ।
एनआरएनए एनसीसी अमेरिकाको आयोजनामा कोलोराडोमा पहिलोपटक राष्ट्रियस्तरको कार्यक्रम हुन लागेको हो ।
एनसीसी अमेरिकाकी महिला उपाध्यक्ष सुनिता कँडेल, महिला सचिव शान्ति वाग्ले पौडेल, महिला संयोजक सुनिता खत्री, एनसीसी अमेरिकाका बोर्ड सदस्यहरु सिर्जना शर्मा, दुर्गा तिवारी, सरु शर्मा र रितादेवी प्रधान, कोलोराडो च्याप्टरकी महिला उपाध्यक्ष दिलकुमारी श्रेष्ठ, महिला सचिव संगिता लामा, महिला संयोजक श्रृति पाण्डे, कोलोराडो च्याप्टरकी बीओडी सुनन्दा डंगोल र शर्मिला शर्मा तथा कोलोराडो नेपाली महिला फोरमकी संयोजक श्रृजना भट्टको नेतृत्वमा कार्यक्रम सम्पन्न गर्न लागिएको हो ।
व...









