१९ मंसिर २०८१, बुधबार

नेपाली रियल स्टेट डेभलपमेन्ट फण्ड कर्पोरेशन अमेरिकाको अध्यक्षमा थापा चयन

कोलोराडोखबर संवाददाता , January 29th, 2024

अमेरिका । नेपाली रियल स्टेट डेभलपमेन्ट फण्ड कर्पोरेशनको अध्यक्षमा पुनः सञ्जय थापा चयन हुनुभएको छ ।

गत शनिवार सम्पन्न कर्पोरेशनको साधारण सभावाट थापा सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका हुन् । त्यस्तै महासचिवमा कृष्णप्रसाद लामिछाने चयन भएका छन् ।

अनुभवी व्यवसायीहरुलाई समेटेर २५ सदस्यीय कार्यकारिणी समिति चयन गरिएको छ । नेपाली रियल इस्टेट डेभलपमेन्ट फण्ड कर्पोरेशन अमेरिकामा विगत ४ वर्षदेखि घर जग्गाको कारोवार गरिरहेको प्रतिष्ठित संस्था हो । कुल १२८ जना शेयर सदस्यहरुवाट स्थापना भएको संस्था हो ।

नेपाली रियल इस्टेट डेभलपमेन्ट फण्ड कर्पोरेशनले विगतदेखि पुराना घर खरिद गर्ने, त्यसको मर्मत गरी विक्री गर्ने र केही घरहरु खरिद गरी भाडामा पनि लगाइरहेको नवनिर्वाचित अध्यक्ष थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्