३ आश्विन २०८१, बिहीबार

साहित्यकार/भ्रष्टाचारविरोधी अभियन्ता भरत जंगमसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोलोराडोखबर संवाददाता , January 15th, 2024

कोलोराडो । अमेरिकाको कोलोराडोमा अग्रज साहित्यकार तथा भ्रष्टाचारविरोधी अभियन्ता भरत जंगमसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखाले उक्त कार्यक्रम आयोजना गरेको हो । अनेसास कोलोराडो शाखा अध्यक्ष राजु सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव किरण अधिकारीले सञ्चालन गरेका थिए ।

अनेसासका पूर्व अध्यक्ष तथा बोर्ड अफ ट्रष्टी (बीओटी) का अध्यक्ष पदम विश्वकर्मा र अनेसासका पूर्व अध्यक्ष तथा गीतकार ज्ञानेन्द्र बरालले भरत जंगमका सिर्जना र उनको अभियानबारे चर्चा गरेका थिए ।

साथै कार्यक्रमका प्रमुख आकर्षण भरत जंगमले आफ्नो अभियानका बारेमा प्रष्ट पारेका थिए । कार्यक्रममा उपस्थित व्यक्तित्वहरुसँग छलफल र अन्तरक्रियासहित कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा एनआरएनए कोलोराडोका पूर्वअध्यक्ष  बासुदेव खनाल, एनआरएनएका अध्यक्ष प्रकाश पौडेल, अनेसासका केन्द्रीय सदस्य तारा अधिकारी, कोलोराडो च्याप्टरका उपाध्यक्ष विजयदेव अधिकारी, लालप्रसाद चौलागाई, मिनप्रसाद बोलखे, रक्षा थापा, एरिका अधिकारी, सुजिता गौतम, समीक्षा लुईँटेल, दामोदर लुईँटेल, राम पौडेल, विकास त्रिपाठी, कृष्णमुरारी ढुंगेल, बिनोद त्रिपाठी, प्रेम थापा, पुष्कर बस्नेत (विष्णु) र जगदीश ढकाल लगायतको उपस्थिति थियो ।

कार्यक्रममा कोलोराडोमा क्रियाशील संस्थाहरु एनआरएनए, रकी माउन्टेन फ्रेन्डस् अफ नेपाल, ब्लड डोनर्स एशोसियशन, मगर संघसहित सक्रिय संघसंस्थाका प्रतिनिधि र गन्यमान्यहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्