कोलोराडोमा दिदीबहिनी समुहको आयोजनामा सामुहिक दरखाने कार्यक्रम आयोजना हुँदै
-नातिबाबु भट्ट (कोलोराडो अमेरीका) । महिला दिदी बहिनीहरुको महान चाड तिज नजिकिदै गर्दा कोलोराडो निवासी दिदीबहिनीहरु एकै ठाउमा भेला भई नाचगान तथा शुभकामना साटासाट गर्दै सामुहिक रुपमा दरखाने भएका छन् ।
माइती घरबाट टाढा रहेका महिला दिदी बहिनिहरुलाई आफु एक्लो भएको महसुश नहोस, एकै ठाउमा जम्मा भई सुख दुख साटासाट गर्दै दरखादा माईतीको झल्को मेटाउन सकियोस् र चेलीबेटीबाट टाढा रहेका दाजुभाइका लागी आत्मिय वाताबरण सिर्जना गर्न सकियोस् भन्ने उद्धेश्यले यसबर्ष पनि दरखाने कार्यक्रम आयोजना गर्न लागिएको सिष्टर्स ग्रुप दिदी बहिनी समुह कोलोराडोका अध्यक्ष शान्ति भुषालले बताएकि छन् ।
तीजको अवसरमा सबै आमा, दिदीबहिनी, बालबालिका तथा दाजुभाइहरू एकै ठाउँमा भेला भएर स्वादिष्ट दरको स्वाद लिनुका साथै भेटघाट, शुभकामना आदानप्रदान र नाचगानमार्फत खुसी साटासाट गर्ने अवसर मिल्ने यस्ता सांस्कृतिक कार्यक्रमले प्रवासमा जन्म...









